Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

‘टेक्सास साइन्स एन्ड आईटी एक्जिबिसन’ मंसिर २३ देखि, ७० भन्दा बढी परियोजना प्रदर्शन गरिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘टेक्सास साइन्स एन्ड आईटी एक्जिबिसन’ मंसिर २३ देखि, ७० भन्दा बढी परियोजना प्रदर्शन गरिने
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । विद्यार्थीमा विज्ञान, प्रविधि र नवप्रवर्तनप्रतिको रुचि बढाउने उद्देश्यसहित टेक्सास एजुकेसन नेटवर्कले ‘साइन्स एन्ड आईटी एक्जिबिसन २०८३’ आयोजना गर्ने भएको छ । प्रदर्शनीको सातौँ संस्करण आगामी मंसिर २३ देखि २५ गतेसम्म काठमाडौंको मित्रपार्कस्थित टेक्सास एजुकेसन नेटवर्क परिसरमा सञ्चालन हुनेछ । प्रदर्शनीबारे जानकारी दिन नेटवर्कले बिहीबार पत्रकार सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा विज्ञान, प्रविधि, सिर्जनशीलता र नवीन सोचलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको जानकारी दिइयो । तीन दिनसम्म चल्ने प्रदर्शनी बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म अवलोकन गर्न सकिनेछ । आयोजकका अनुसार प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेका ७० भन्दा बढी नवीन परियोजना प्रस्तुत गरिनेछन् । रोबोटिक्स, कृत्रिम बौद्धिकता अर्थात् एआईलगायतका प्रविधिको प्रत्यक्ष प्रदर्शन तथा विद्यार्थीका विशेष प्रस्तुतिसमेत रहनेछन् । यस वर्ष १५० विद्यालयका करिब २० हजार विद्यार्थी सहभागी हुने आयोजकको अपेक्षा छ । गत वर्ष सम्पन्न छैटौँ संस्करणमा १३० विद्यालयका १८ हजार अवलोकनकर्ता सहभागी भएका थिए । विद्यार्थीलाई आफैँ परियोजना निर्माण गर्ने, त्यसको प्रयोगात्मक ज्ञान हासिल गर्ने र आफ्नो सिर्जना सार्वजनिक रूपमा प्रस्तुत गर्ने अवसर दिनु प्रदर्शनीको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कांग्रेसले भन्यो- होल्डिङ सेन्टर खाली गराउने निर्णय तत्काल फिर्ता गर
Latest NewsJust now

कांग्रेसले भन्यो- होल्डिङ सेन्टर खाली गराउने निर्णय तत्काल फिर्ता गर

नेपाली कांग्रेसले होल्डिङ सेन्टर खाली गराउने निर्णय तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ।  बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले होल्डिङ सेन्टर खाली गराउने निर्णय फिर्ता लिन माग गरेको हो। ‘नेपाली कांग्रेस होल्डिङ सेन्टर खाली गराउने निर्णय तत्काल फिर्ता लिन र विस्थापित परिवारहरूको सुरक्षित, सम्मानजनक एवं दिगो पुनर्वास सुनिश्चित गर्न सरकारसँग... ...

नेपालखबर
इकाई निरीक्षणलाई औपचारिकतामा सीमित नराख्न सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन
Latest NewsJust now

इकाई निरीक्षणलाई औपचारिकतामा सीमित नराख्न सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं। सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी बल, नेपालका इकाईहरूको वार्षिक निरीक्षणलाई औपचारिकतामा सीमित नराखी व्यावसायिकता, कार्यसम्पादन, सीमा सुरक्षाको प्रभावकारिता र जनविश्वासलाई मूल्याङ्कनको मुख्य आधार बनाउन निर्देशन दिएका छन्। मंसिर १० गते सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित केन्द्रीय निरीक्षणमा खटिने टोलीका सदस्यहरूको अनुशिक्षण तालिम समापन कार्यक्रममा महानिरीक्षक पौडेलले यस्तो निर्देशन दिएका हुन्। उनले निरीक्षण टोलीलाई कुनै पनि पूर्वाग्रह, व्यक्तिगत ...

नेपालन्युज
कांग्रेसमा दुई महाधिवेशन, दुई दाबी :  देउवा पक्षले कांग्रेसकै नाम र झन्डामा महाधिवेशन गर्न पाउँछ ?
Latest NewsJust now

कांग्रेसमा दुई महाधिवेशन, दुई दाबी :  देउवा पक्षले कांग्रेसकै नाम र झन्डामा महाधिवेशन गर्न पाउँछ ?

काठमाडौँ । नेपाली कांग्रेसभित्रको आधिकारिकता विवाद पार्टीको आन्तरिक विधानको व्याख्या, राजनीतिक दलसम्बन्धी ऐनको प्रयोग र सर्वोच्च अदालतको न्यायिक प्रक्रियासँग जोडिएको जटिल कानुनी तथा राजनीतिक विषय बनेको छ। गगन थापाले १५औँ नियमित... ...

रातोपाटी
त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा निःशुल्क विशेष ट्रली सेवा सुरु
Latest NewsJust now

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा निःशुल्क विशेष ट्रली सेवा सुरु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुको सुविधाका लागि विशेष ट्रली सेवा सञ्चालनमा ल्याइएको छ । विमानस्थलको आन्तरिक प्रस्थान कक्ष र आगमन क्षेत्रमा सुरु गरिएको यस सेवाबाट विशेषगरी ज्येष्ठ नागरिक, गर्भवती महिला, शारीरिक रूपमा असहज अवस्था भएका तथा धेरै वा गह्रौँ सामान बोकेका यात्रु लाभान्वित हुनेछन् । विमानस्थलका अनुसार यस सेवाका नाममा कसैले रकम माग गरेमा वा सेवा प्रयोगका क्रममा कुनै ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement