काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुको सुविधाका लागि विशेष ट्रली सेवा सञ्चालनमा ल्याइएको छ । विमानस्थलको आन्तरिक प्रस्थान कक्ष र आगमन क्षेत्रमा सुरु गरिएको यस सेवाबाट विशेषगरी ज्येष्ठ नागरिक, गर्भवती महिला, शारीरिक रूपमा असहज अवस्था भएका तथा धेरै वा गह्रौँ सामान बोकेका यात्रु लाभान्वित हुनेछन् । विमानस्थलका अनुसार यस सेवाका नाममा कसैले रकम माग गरेमा वा सेवा प्रयोगका क्रममा कुनै समस्या तथा गुनासो भएमा यात्रुले आन्तरिक टर्मिनलका ड्युटी अफिसरको सम्पर्क नम्बर ०१-४११३२९९ मा जानकारी गराउन सक्नेछन् । यात्रुमैत्री सेवा विस्तार गर्ने उद्देश्यले सुरु गरिएको ट्रली सेवालाई यात्रुको आवश्यकता, सुझाव र उपलब्ध स्थानका आधारमा थप व्यवस्थित तथा विस्तार गर्दै लगिने विमानस्थलले जनाएको छ । The post त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा निःशुल्क विशेष ट्रली सेवा सुरु appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा निःशुल्क विशेष ट्रली सेवा सुरु

Read Complete Original Article
Published originally on कर्पोरट खबर






