Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

इकाई निरीक्षणलाई औपचारिकतामा सीमित नराख्न सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
इकाई निरीक्षणलाई औपचारिकतामा सीमित नराख्न सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन
Photo / Coverage: नेपालन्युज

काठमाडौं। सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी बल, नेपालका इकाईहरूको वार्षिक निरीक्षणलाई औपचारिकतामा सीमित नराखी व्यावसायिकता, कार्यसम्पादन, सीमा सुरक्षाको प्रभावकारिता र जनविश्वासलाई मूल्याङ्कनको मुख्य आधार बनाउन निर्देशन दिएका छन्। मंसिर १० गते सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित केन्द्रीय निरीक्षणमा खटिने टोलीका सदस्यहरूको अनुशिक्षण तालिम समापन कार्यक्रममा महानिरीक्षक पौडेलले यस्तो निर्देशन दिएका हुन्। उनले निरीक्षण टोलीलाई कुनै पनि पूर्वाग्रह, व्यक्तिगत स्वार्थ वा पहुँचका आधारमा नभई निर्धारित कार्यविधि र निष्पक्ष मापदण्डअनुसार इकाईहरूको मूल्याङ्कन गर्न निर्देशन दिए। साथै, कमान्डर र सुरक्षाकर्मीबीचको समन्वय, गुनासो व्यवस्थापन तथा आन्तरिक अनुशासनको अवस्थालाई सूक्ष्म रूपमा अध्ययन गर्नुपर्नेमा जोड दिए। पौडेलले निरीक्षणका क्रममा अन्य सुरक्षा निकाय, स्थानीय सरकार तथा सरोकारवाला पक्षसँगको समन्वय र संगठनप्रतिको जनविश्वासको अवस्थासमेत मूल्याङ्कन गर्नुपर्ने बताए। निरीक्षणमा खटिने अधिकारीहरूले उच्च नैतिक आचरण र व्यावसायिक अनुशासन कायम गर्नुपर्ने उनको भनाइ थियो। उनका अनुसार विगतका मूल्याङ्कन अभ्यासलाई परिमार्जन गर्दै वाहिनी, गण, गुल्म, तालिम केन्द्र तथा सीमा सुरक्षा बेसहरूको कार्यसम्पादनलाई थप उत्तरदायी र जवाफदेही बनाउन प्रदेशस्तरमा विभिन्न निरीक्षण टोली परिचालन गरिएको छ। यसअघि मंसिर ९ गते सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अञ्जनीकुमार पोखरेलले उक्त अनुशिक्षण तालिमको उद्घाटन गरेका थिए। उनले देशभरका इकाईहरूको मूल्याङ्कनमा एकरूपता कायम गर्न र निरीक्षणका क्रममा हुन सक्ने त्रुटि न्यूनीकरण गर्न तालिम सञ्चालन गरिएको बताए। निरीक्षणलाई पारदर्शी र निष्पक्ष बनाउन उच्च अधिकृतको नेतृत्वमा विशेष टोली परिचालन गरिनेछ। टोलीलाई निर्धारित ढाँचाका अतिरिक्त इकाईको वास्तविक अवस्थाबारे प्रतिवेदन पेस गर्ने अधिकारसमेत दिइएको छ। आर्थिक अनुशासन र सुशासन कायम गर्न निरीक्षण टोलीमा लेखा अधिकृतहरूलाई समेत सहभागी गराइएको छ। उनीहरूले इकाईहरूमा विनियोजित पुँजीगत बजेटअनुसार कार्यक्षेत्रमा वास्तविक काम भए–नभएको अनुगमन गर्नेछन्। निरीक्षणपछि प्राप्त प्रतिवेदन र नतिजाका आधारमा संगठनको नीतिगत परिमार्जन, रणनीतिक योजना निर्माण तथा कार्यविधिगत सुधार गरिने सशस्त्र प्रहरी बलले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
शरद् ऋतुमा ७७ देशका आरोहीलाई हिमाल आरोहण अनुमति, ३३ करोड बढी राजश्व सङ्कलन
Latest NewsJust now

शरद् ऋतुमा ७७ देशका आरोहीलाई हिमाल आरोहण अनुमति, ३३ करोड बढी राजश्व सङ्कलन

काठमाडौँ । शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ७७ देशका एक हजार ६३३ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागले आज दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका... ...

रातोपाटी
टिपताला नाका सञ्चालन र सीमापास नवीकरण सहज बनाउन स्थानीयको माग
Latest NewsJust now

टिपताला नाका सञ्चालन र सीमापास नवीकरण सहज बनाउन स्थानीयको माग

ताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाका स्थानीयवासीले टिपताला नाका सञ्चालन तथा सीमापास परिचयपत्र प्राप्ति र नवीकरणमा सहजीकरण गर्न सरकारसँग माग गरेका छन् । ओलाङ्चुङगोला पुगेका जिल्ला सुरक्षा अधिकारीहरूसँगको छलफलका क्रममा... ...

रातोपाटी
साइन्स एन्ड आईटी एक्जिबिसन मंसिर २३ देखि, २० हजार विद्यार्थी सहभागी हुने अपेक्षा
Latest NewsJust now

साइन्स एन्ड आईटी एक्जिबिसन मंसिर २३ देखि, २० हजार विद्यार्थी सहभागी हुने अपेक्षा

काठमाडौँ । टेक्सास एजुकेसन नेटवर्क तथा यसका एकाइहरूको आयोजनामा ‘साइन्स एन्ड आईटी एक्जिबिसन २०८३’ को सातौँ संस्करण मंसिर २३ देखि २५ गतेसम्म काठमाडौँको मित्रपार्कस्थित टेक्सास परिसरमा हुने भएको छ । प्रदर्शनीमा... ...

रातोपाटी
जर्मनीको आर्थिक वृद्धिदर तेस्रो त्रैमासिकमा घटेर ०.१ प्रतिशतमा सीमित
Latest NewsJust now

जर्मनीको आर्थिक वृद्धिदर तेस्रो त्रैमासिकमा घटेर ०.१ प्रतिशतमा सीमित

बर्लिन । युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीको आर्थिक वृद्धिदर सन् २०२६ को तेस्रो त्रैमासिकमा सुस्त बनेको छ । निर्यात र लगानीमा आएको गिरावटका कारण जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा जर्मनीको कुल गार्हस्थ्य... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement