Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

टेक्सासस्थित डाटा सेन्टर विस्तार गर्ने सम्झौताबाट पछि हट्यो माइक्रोसफ्ट

Share:WhatsAppFacebookX (Twitter)Telegram
टेक्सासस्थित डाटा सेन्टर विस्तार गर्ने सम्झौताबाट पछि हट्यो माइक्रोसफ्ट
Photo / Coverage: टेक्नोलोजी खबर

अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले बेलायती एआई क्लाउड सेवा प्रदायक एनस्केलसँग टेक्सासमा रहेको डाटा सेन्टरको क्षमता विस्तार गर्ने सम्झौता अघि नबढाउने निर्णय गरेको छ। रोयटर्सका अनुसार माइक्रोसफ्टले यसअघि गरेको सम्झौतामा थप कम्प्युटिङ क्षमता भाडामा लिने विकल्प प्रयोग नगर्ने भएको हो। यस विकल्पमार्फत टेक्सासस्थित डाटा सेन्टरको क्षमता हालको तुलनामा दोब्बरभन्दा बढी विस्तार गर्न सकिने व्यवस्था थियो। फाइनान्सियल टाइम्स ले बिहीबार यससम्बन्धी समाचार सार्वजनिक गरेको थियो। यस सम्झौता विस्तार भएको भए एनस्केलका लागि दशौँ अर्ब डलर बराबरको कारोबार हुन सक्ने बताइएको छ। तर माइक्रोसफ्टको निर्णय केही महिनाअघि नै भएको र सेप्टेम्बरमा एनस्केलले प्राथमिक सेयर निष्कासन (आईपीओ) का लागि आवेदन दिनुअघि नै यो टुंगिएको स्रोतले बताएको छ। यद्यपि माइक्रोसफ्टले टेक्सासमा एनस्केलसँग यसअघि गरेको सम्झौता भने यथावत् रहनेछ। रोयटर्सका अनुसार गत वर्ष यी दुई कम्पनीबीच माइक्रोसफ्टका अमेरिका र युरोपस्थित डाटा सेन्टरमा करिब दुई लाख एनभिडियाका एआई चिप जडान तथा प्रयोग गर्ने सम्झौता भएको थियो। बेलायतको डाटा सेन्टर परियोजनाबाट पनि बाहिरिएको थियो माइक्रोसफ्ट टेक्सासको सम्झौता विस्तार नगर्ने निर्णय सार्वजनिक हुनुअघि नै माइक्रोसफ्ट बेलायतको एसेक्सस्थित लफ्टनमा एनस्केलले निर्माण गर्न लागेको प्रमुख डाटा सेन्टर परियोजनाबाट बाहिरिएको थियो। गत अक्टोबरमा सार्वजनिक भएको उक्त घटनामा विद्युत् जडानमा भएको ढिलाइका कारण डाटा सेन्टरमा आवश्यक विद्युत् आपूर्ति सन् २०३० को दशकसम्म धकेलिने भएपछि माइक्रोसफ्टले परियोजनाको प्रमुख ग्राहकका रूपमा रहने सम्झौता रद्द गरेको थियो। एनस्केलले आईपीओसम्बन्धी कागजातमा सन् २०२५ सेप्टेम्बरदेखि २०२६ अप्रिलसम्म माइक्रोसफ्टसँग सन् २०३३ डिसेम्बरसम्मका लागि अधिकतम ४३ अर्ब ८० करोड डलर बराबरका कार्य सम्झौता गरेको उल्लेख गरेको थियो। यसमा थप सम्झौता विस्तार गर्ने विकल्प भने समावेश थिएन। स्रोतका अनुसार टेक्सास परियोजनाको क्षमता विस्तार गर्ने विकल्प प्रयोग नगर्ने माइक्रोसफ्टको निर्णयले एनस्केलले आईपीओ कागजातमा उल्लेख गरेको करिब १०३ अर्ब डलरको कुल सम्झौता मूल्यमा असर पार्नेछैन। एनस्केलले टेक्सासस्थित डाटा सेन्टरको बाँकी क्षमता प्रयोग गर्न इच्छुक अन्य ठूला ग्राहकसँग छलफल गरिरहेको पनि स्रोतले जनाएको छ। यसैबीच, गत अक्टोबरमा एनस्केलले एआई कम्पनी एन्थ्रोपिकसँग करिब ४५ अर्ब डलर बराबरको क्लाउड कम्प्युटिङ सेवा उपलब्ध गराउने विषयमा छलफल गरिरहेको समाचार सार्वजनिक भएको थियो। एन्थ्रोपिक एआई च्याटबट क्लाउडको निर्माता कम्पनी हो। माइक्रोसफ्ट र एनस्केलले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन्। The post टेक्सासस्थित डाटा सेन्टर विस्तार गर्ने सम्झौताबाट पछि हट्यो माइक्रोसफ्ट appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रविधि लाइसेन्सको बदलामा कमकास्ट र चार्टरमा सेयर स्वामित्व लिन जियोको प्रस्ताव
TechnologyJust now

प्रविधि लाइसेन्सको बदलामा कमकास्ट र चार्टरमा सेयर स्वामित्व लिन जियोको प्रस्ताव

भारतीय दूरसञ्चार सेवा प्रदायक जियो प्लेटफर्म्सले आफ्नो यूबीआर वायरलेस ब्रोडब्यान्ड प्रविधि लाइसेन्स दिने बदलामा कमकास्ट, चार्टर लगायतका कम्पनीमा सेयर स्वामित्व लिन छलफल गरेको खुलासा भएको छ। यस विषयमा जानकार अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार जियोले अमेरिकी केबल सेवा प्रदायकसहित आफूले छलफल गरेका कुनै पनि कम्पनीसँग निश्चित समयसीमा तोकेर काम गरिरहेको छैन। दक्षिण अफ्रिकाको एमटीएन पनि छलफलमा रहेको कम्पनीको सूचीमा थियो। तर ...

टेक्नोलोजी खबर
एनपीएल सिजन ३ मा पावर र प्रदर्शनको उत्साह थप्दै  बजाज पल्सर
TechnologyJust now

एनपीएल सिजन ३ मा पावर र प्रदर्शनको उत्साह थप्दै बजाज पल्सर

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा बजाज पल्सरले खेलाडीको उत्कृष्ट प्रदर्शनलाई पुरस्कृत गर्नुका साथै दर्शकलाई प्रतियोगिताको हिस्सा बन्ने अवसर प्रदान गर्ने भएको छ। मोटरसाइकल पुरस्कार, प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सम्मान र दर्शकका लागि विभिन्न गतिविधिमार्फत पल्सरले यस सिजन ‘गेम अफ पावर’लाई थप रोमाञ्चक बनाउने भएको हो। एनपीएल सिजन ३ को सहप्रायोजक तथा आधिकारिक दुईपाङ्ग्रे सवारीसाधन साझेदार बजाज पल्सरले ...

टेक्नोलोजी खबर
अतिफ अस्लमको ‘लाइभ इन नेपाल’ कन्सर्टको डिजिटल टिकेटिङ्ग पार्टनरमा खल्ती
TechnologyJust now

अतिफ अस्लमको ‘लाइभ इन नेपाल’ कन्सर्टको डिजिटल टिकेटिङ्ग पार्टनरमा खल्ती

खल्ती बाइ आइएमई पाकिस्तानी गायक अतिफ अस्लमको आगामी लाइभ कन्सर्ट ‘अतिफ अस्लम लाइभ इन नेपाल’को डिजिटल टिकेटिङ्ग पार्टनरका रूपमा आबद्ध भएको छ। डिजिटल टिकेटिङ्ग पार्टनरका रूपमा खल्तीले कन्सर्टको टिकट खरिद प्रक्रियालाई सहज, सुरक्षित र सुविधाजनक बनाउन सहकार्य गरेको हो। यस सहकार्यमार्फत दर्शकले डिजिटल माध्यमबाटै कन्सर्टको टिकट खरिद गर्न सक्नेछन्। जय मिडिया म्यानेजमेन्ट प्राइभेट लिमिटेडको आयोजनामा आगामी डिसेम्बर १९, २०२६ मा इटहरीस्थित इटहरी ...

टेक्नोलोजी खबर
Minister Dr Timilsina directs officials to keep citizens in centre
TechnologyJust now

Minister Dr Timilsina directs officials to keep citizens in centre

Minister for Information and Communications, Dr Bikram Timilsina, directed the ministry officials and subordinate agencies to ensure effective and efficient service delivery that keeps citizens in centre. In his address to the first quarterly review of the current fiscal year 2083/84 and the Ministerial Development Problem Solving Committee (MDEC) meeting held at the Ministry Friday, Minister Dr Timilsina reminded the employees ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play