Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

विश्वकप छनोट : नेपालले पहिलो खेल इटालीसँग खेल्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
विश्वकप छनोट : नेपालले पहिलो खेल इटालीसँग खेल्ने
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपालले आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनाेट २०२७ को पहिलो खेलमा इटालीविरुद्ध खेल्ने भएको छ । शुक्रबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेसँगै नेपालले इटालीसँगको भेट पक्का गरेको हो । इटाली त्यही राष्ट्र हो, जसले नेपाललाई गत फेब्रुअरीमा सम्पन्न आईसीसी टी–२० विश्वकप २०२६ मा हराएको थियो । समूह ‘सी’ अन्र्तगत भएको यो खेलमा इटालीले नेपाललाई १० विकेटले पराजित गरेको थियो । नेपाल प्रतियोगितामा आयोजक राष्ट्रको रूपमा रहेको छ । प्रतियोगिता डिसेम्बर ४ देखि २१ सम्म हुनेछ । प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ । जसमध्ये चार टोलीले क्रिकेट विश्वकप क्वालिफायर्स २०२७ मा स्थान बनाउनेछ । प्रतियोगिता राउन्ड रोबिन प्रणालीका आधारमा हुनेछ । प्रतियोगितामा नेपालका सबै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने तालिका छ । अन्य खेल त्रिवि रंगशालासँगै मूलपानीस्थित माथिल्लो मैदानमा पनि हुनेछ । प्रतियोगितामा नेपालसँगै क्यानडा, कुवेत, जर्सी, युनाइटेड अरब इमिरेट्स, इटाली, नामिबिया र युगान्डा छन् । वेस्ट इन्डिज, आयरल्यान्ड, अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमान प्रतियोगिताको लागि छनोट भइसकेका छन् । अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड र ओमानले हालै मात्र सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग–२ को शीर्ष चारमा स्थान बनाएपछि सोझै स्थान बनाएको थियो । नेपालको तालिका नेपालले इटालीसँग डिसेम्बर ४ मा खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसको दुई दिनपछि, डिसेम्बर ६ मा नेपालले युगान्डासँग दोस्रो खेल खेल्नेछ । त्यसपछि, नेपालले डिसेम्बर १० मा यूएईसँग खेल्नेछ । डिसेम्बर १२ मा जर्सीसँग खेल्ने तालिका छ । डिसेम्बर १४ मा नेपालले क्यानडासँग खेल्नेछ । नेपालले १८ डिसेम्बरमा नामिबियासँग प्रतिस्पर्धा गर्नेछ भने नेपालले अन्तिम खेल २१ डिसेम्बरमा कुवेतसँग खेल्नेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सत्याग्रही डा केसीको २५ औँ अनसन तोडियो, सरकारसँग छ बुँदे सहमति [फोटोफिचर]
Latest NewsJust now

सत्याग्रही डा केसीको २५ औँ अनसन तोडियो, सरकारसँग छ बुँदे सहमति [फोटोफिचर]

सरकार र अनशनरत डा गोविन्द केसीबीच छ बुँदे सहमति भएको छ । सहमतिसँगै डा केसीले आफ्नो २५औँ सत्याग्रह अन्त्य गरेका छन् । ...

हाम्राकुरा
भारतको धार्मिक नगरी अयोध्यासँग रेलले जोडिँदै जनकपुर
Latest NewsJust now

भारतको धार्मिक नगरी अयोध्यासँग रेलले जोडिँदै जनकपुर

जनकपुरधाम । जनकपुरधाम र भारतको अयोध्याबिच रेल सम्पर्क स्थापित गर्ने तयारी तीव्र बनेसँगै मिथिलाको धार्मिक नगरी जनकपुरधामको पर्यटन विकासमा नयाँ सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ । जानकी मन्दिर रहेको सहर... ...

रातोपाटी
धन्वन्तरी जयन्ती आज मनाइँदै
Latest NewsJust now

धन्वन्तरी जयन्ती आज मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस मनाउन लागिएको हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिले शुक्रबार आज धनवन्तरी जयन्ती मनाइने बताएको ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play