काठमाडौं । खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा काठमाडौंको टुकुचाबाट ८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार दिउँसो काठमाडौं महानगरपालिका–२८ स्थित टुकुचा खसी बजारमा बाख्री तथा पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्न लागिएको सूचनाका आधारमा प्रहरी टोली पुगेको थियो । प्रहरीले जाँच गर्ने क्रममा ५६७ किलो बाख्रीको मासुसहित ८ जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूले उक्त मासु बा.५६ प.७५६० नम्बरको भ्यान र बा.२० च.६३४६ नम्बरको पिकअप गाडीमा लोड गरिरहेको अवस्थामा फेला परेका थिए । पक्राउ पर्नेहरूमा सिन्धुलीका दिलबहादुर मोक्तान, मुगुका करण बानियाँ, ललितपुरका मनोज थापा, धादिङका सनम तामाङ र राजु लामा, काभ्रेपलाञ्चोकका टेकबहादुर तामाङ र दिनेश महत तथा दोलखाका निखिल उप्रेती रहेका छन् । पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । The post टुकुचाबाट खसीको भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
टुकुचाबाट खसीको भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ

Read Complete Original Article
Published originally on कर्पोरट खबर






