Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/टी–२० ब्याटिङ वरीयतामा फेरि नम्बर एक बने अभिषेक शर्मा

टी–२० ब्याटिङ वरीयतामा फेरि नम्बर एक बने अभिषेक शर्मा

Share:WhatsAppFacebookX (Twitter)Telegram
टी–२० ब्याटिङ वरीयतामा फेरि नम्बर एक बने अभिषेक शर्मा

काठमाडाैं । भारतका युवा ओपनर अभिषेक शर्मा न्युजिल्यान्डविरुद्ध विस्फोटक शतक प्रहार गरेसँगै आईसीसी टी–२० अन्तर्राष्ट्रिय ब्याटिङ वरीयताको शीर्ष स्थानमा फर्किएका छन्। केवल ३५ बलमा शतक पूरा गरेका अभिषेकले ३८ बलमा ११३ रन बनाएपछि भारतले न्युजिल्यान्डलाई ६ विकेटले हराउँदै शृङ्खला जितेको थियो। ३५ बलमै शतक प्रहार गरेका अभिषेकले ३८ बलमा ११३ रन बनाउने क्रममा ९ चौका र ११ छक्का प्रहार गरेका थिए। न्युजिल्यान्डले दिएको १९९ रनको लक्ष्य भारतले १३.२ ओभरमै चार विकेट गुमाएर पूरा गरेको थियो। यस जितसँगै भारतले पाँच खेलको शृङ्खलामा ३–० को अग्रता लिँदै शृङ्खला आफ्नो पक्षमा पारेको थियो। आईसीसीको वरीयतामा अभिषेक ८९७ रेटिङ अङ्कसहित पहिलो स्थानमा छन्। पाकिस्तानका साहिबजादा फरहान ८८३ अङ्कसहित दोस्रो र भारतकै इशान किशन ८६६ अङ्कसहित तेस्रो स्थानमा झरेका छन्। अभिषेकले यसअघि सन् २०२५ को जुलाईमा पहिलोपटक टी–२० अन्तर्राष्ट्रिय ब्याटिङ वरीयताको शीर्ष स्थान हासिल गरेका थिए। यस वर्ष जुलाईमा इशान किशनले उनलाई पछि पारेका थिए। न्युजिल्यान्डविरुद्धको शतकसँगै अभिषेक फेरि शीर्ष स्थानमा फर्किएका हुन्। यता पुरुष खेलाडी वरीयतामा दक्षिण अफ्रिकाका मार्को यान्सेन टेस्ट क्रिकेटको बलिङ र अलराउन्डर वरीयतामा पहिलो बनेका छन् । दक्षिण अफ्रिकाका २६ वर्षीय बायाँहाते तीव्र गतिका बलर यान्सेनले अस्ट्रेलियाविरुद्ध ग्केबेरहामा भएको दोस्रो टेस्टमा उत्कृष्ट प्रदर्शन गरेपछि दुई विधामा शीर्ष स्थान हासिल गरेका हुन् । उनले ब्याटिङमा ८५ रन बनाउनुका साथै अस्ट्रेलियाको पहिलो इनिङ्समा पाँच विकेट लिएका थिए । यस प्रदर्शनसँगै यान्सेन टेस्ट ब्याटिङ वरीयतामा १३ स्थान सुधार गर्दै ५६औँ स्थानमा पुगेका छन् । टेस्ट बलिङमा पाँच स्थान उक्लिँदै मिचेल स्टार्कलाई पछि पारेर शीर्ष स्थानमा पुगेका छन् । त्यस्तै, टेस्ट अलराउन्डर वरीयतामा एक स्थान सुधार गर्दै भारतका रविन्द्र जडेजालाई पछि पारेका छन् । जडेजाले चार वर्षभन्दा बढी समयदेखि टेस्ट अलराउन्डरको शीर्ष स्थान कायम राखेका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन
ताजा खबरJust now

आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

भोजपुर । आधुनिक सामग्रीको प्रयोग बढ्दै गएपछि भोजपुरका गाउँघरमा परम्परागत काठका सामग्री प्रयोग गर्ने चलन हराउँदै जान थालेको छ । विगतमा दूध, दही तथा घिउ राख्न प्रयोग गरिने काठका ठेकी,... ...

रातोपाटी
कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने
ताजा खबरJust now

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

ललितपुर । नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन आगामी मङ्सिर महिनाभर ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बिहीबार केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन... ...

रातोपाटी
दाङमा तिहारका लागि फूल तयार
ताजा खबरJust now

दाङमा तिहारका लागि फूल तयार

दाङ । तिहार नजिकिएसँगै दाङमा सयपत्री फूल ढकमक्क फुलेका छन् । व्यावसायिक रूपमा फूल खेती गर्दै आएका यहाँका किसानले अहिले फूला तथा माला बिक्रीको तयारी थालेका हुन् । फूल बिक्रीका... ...

रातोपाटी
पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन
ताजा खबरJust now

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ । सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका लागि बागमती प्रदेशमा १५ वटा कार्यदल गठन गरेको छ । पशु सेवा विभागले काठमाडौँ उपत्यकाका लागि आठ सहसचिव सम्मिलित तीन... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play