टीका सुरु भएसँगै काठमाडौंका सडकमा बढ्यो चहलपहल

काठमाडौं । बडादशैँको मुख्य दिन विजयादशमीमा मान्यजनबाट रातो टीका, पहेँलो जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएसँगै काठमाडौं उपत्यकाका सडकमा सर्वसाधारणको चहलपहल बढेको छ। घटस्थापनादेखि सुनसानप्रायः बनेका राजधानीका मुख्य सडक तथा चोकमा टीका र आशीर्वाद थाप्न आफन्तकहाँ जानेहरूको आवागमन दिउँसोदेखि बाक्लिएको हो। विजयादशमीका दिन बिहान घरघरमा कुलदेवताको पूजाआराधना गरी टीका लगाएपछि सर्वसाधारण नजिकका नातागोता तथा आफन्तकहाँ पुग्ने गरेका छन्। यसले बिहानको तुलनामा दिउँसो उपत्यकाका सडकमा चहलपहल बढाएको छ। घटस्थापनापछि ठूलो संख्यामा नागरिक दशैँ मनाउन गाउँघर फर्किएपछि काठमाडौं उपत्यका केही दिनयता शान्त देखिएको थियो। तर, विजयादशमीको टीका सुरु भएसँगै चक्रपथसहित भित्री सडकमा समेत निजी तथा सार्वजनिक सवारीसाधनको चाप बढेको छ। कोटेश्वर, नयाँ बानेश्वर, कलंकी, चाबहिल र महाराजगञ्जलगायत प्रमुख चोकमा नयाँ पहिरनमा सजिएर टीका लगाउन हिँडेका सर्वसाधारणको बाक्लो उपस्थिति देखिएको छ। दशैँको मुख्य दिन सार्वजनिक सवारीसाधन न्यून संख्यामा सञ्चालन हुँदा सर्वसाधारणलाई आवतजावतमा केही असहजता भएको छ। सार्वजनिक यातायातको विकल्पका रूपमा ट्याक्सी, निजी कार तथा मोटरसाइकलको प्रयोग बढेको छ। यसैबीच, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चाडपर्वका बेला हुन सक्ने दुर्घटना न्यूनीकरण तथा सवारी आवागमन सहज बनाउन विभिन्न रणनीतिक स्थानमा ट्राफिक प्रहरी परिचालन र जाँचलाई तीव्रता दिएको जनाएको छ। विजयादशमीका दिन सुरु हुने टीका तथा आशीर्वाद ग्रहणको क्रम कोजाग्रत पूर्णिमासम्म चल्ने धार्मिक तथा सांस्कृतिक परम्परा छ। टाढा रहेका मान्यजन तथा आफन्तकहाँ पुगेर आशीर्वाद लिने चलन कायम रहेकाले आगामी दिनमा पनि उपत्यकाभित्र र जिल्लाहरूबीचको आवतजावत बढ्ने अपेक्षा गरिएको छ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

पूर्व राष्ट्रपति भण्डारीले लगाइ दिइन् सर्वसाधारणलाई टीका
काठमाडौं।पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला पाण्डेबाट जमरा ग्रहण गरी आर्शीवाद लिएकी छन्। यसैगरी, उनले छोरी–ज्वाईलाई टीका प्रदान गरेकी छन्। पूर्व राष्ट्रपति भण्डारीले बालुवाटरस्थित निवासमा सर्वसाधारण, शुभेच्छुक र पार्टीका कार्यकर्तालाई समेत विजयादशमीको शुभकामना आदानप्रदानसँगै टीका लगाइदिएको पूर्व राष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए। ...

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
भक्तपुर। विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय सर्वसाधरणले टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन्। विजयादशमीको अवसरमा भक्तपुरको तलेजुमा जिवित देवीको रूपमा पुजिँदै आएको एकान्त कुमारी लुनिभा बज्राचायले... ...

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार विजया दशमीको दिन आमा मिथिला पाण्डेबाट जमरा ग्रहण गरी आर्शीवाद लिएकी छन्। यसैगरी, उनले छोरी–ज्वाईलाई टीका प्रदान गरिन्। पूर्वराष्ट्रपति भण्डारीले बालुवाटरस्थित निवासमा सर्वसाधारण, शुभेच्छुक र पार्टीका... ...

कुमारीको हातबाट टीका
भक्तपुर।विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय सर्वसाधरणले टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन्। विजयादशमीको अवसरमा भक्तपुरको तलेजुमा जीवित देवीको रूपमा पुजिँदै आएको एकान्त कुमारी लुनिभा बज्राचायले सबैभन्दा पहिला साइतको टीका लगाएका थिए। त्यसपछि कुमारीको हातबाट तलेजुका मूल पुजारी, नाइके, जोशी, कर्माचार्य, गुरु तथा पुरोहितले साइतको टीका लगाएको यसअघिका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए। यसरी नाइके, गुरु, पुरोहितलगायतले टीका ...


