Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

टीकामा सम्बन्धको शक्ति

Share:WhatsAppFacebookX (Twitter)Telegram
टीकामा सम्बन्धको शक्ति
Photo / Coverage: नेपालन्युज

दिदीबहिनीको घरमा दाजुभाइ पुग्ने, निधारमा सप्तरङ्गी टीका लगाउने, मखमली र सयपत्रीको माला पहिरिने, ओखर फुटाउने, मिठामसिना परिकार खाने र एकअर्काको सुख, समृद्धि तथा दीर्घायुको कामना गर्ने दिन हो भाइटीका। वर्षभरि आआफ्नै काम र जिम्मेवारीमा व्यस्त रहने दाजुभाइ तथा दिदीबहिनीलाई एउटै ठाउँमा भेला गराउने यो पर्व नेपाली समाजको पारिवारिक जीवनसँग गहिरो गरी जोडिएको छ। भोलि कात्तिक २५ गते बुधबार देशभर भाइटीका मनाइँदै छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष भाइटीका लगाउने उत्तम साइत बिहान ११ बजेर ७ मिनेट तोकेको छ। साइत खोज्नेहरूका लागि यो समय उत्तम भए पनि मध्याह्नकालमा टीका लगाउन कुनै बाधा नरहेको समितिले स्पष्ट पारेको छ। यमपञ्चकको अन्तिम दिन मनाइने भाइटीकासँगै यस वर्षको तिहार औपचारिक रूपमा समापन हुनेछ। विवाहपछि टाढा पुगेका दिदीबहिनीलाई माइतीसँग जोड्ने, दाजुभाइलाई चेलीको घरसम्म पुर्‍याउने र पुस्तौँदेखि टुट्न नदिइएको सम्बन्धलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने अवसर पनि यही हो। तर भाइटीका निधारमा रङ लगाउने, माला पहिरिने र उपहार साटासाट गर्ने एउटा दिनको उत्सव मात्र होइन। यसको पछाडि मृत्युका देवता यमराज र उनकी बहिनी यमुनाको पौराणिक कथा छ। दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्ने धार्मिक विश्वास छ। सप्तरङ्गी टीकाका रङ, मखमली फूलको माला, तेलको घेरा, ओखर फुटाउने चलन र विशेष भोजनका आआफ्नै सांस्कृतिक अर्थ छन्। समाजशास्त्रीय दृष्टिले हेर्दा यो पर्वले परिवारभित्रको सम्बन्धलाई पुनः सक्रिय बनाउने काम गर्छ। विवाहपछि टाढा पुगेका दिदीबहिनीलाई माइतीसँग जोड्ने, दाजुभाइलाई चेलीको घरसम्म पुर्‍याउने र पुस्तौँदेखि टुट्न नदिइएको सम्बन्धलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने अवसर पनि यही हो। कतिपय परिवारमा वर्षौँदेखि भेट नभएका दाजुभाइ र दिदीबहिनी भाइटीकाका दिन भेटिन्छन्। विदेशमा रहेका परिवारका सदस्य भिडियो संवादबाटै भए पनि टीकाको परम्परामा सहभागी हुन्छन्। समयसँगै भाइटीका मनाउने शैली बदलिएको छ। संयुक्त परिवारको ठाउँमा साना परिवारको अभ्यास बढेको छ। विवाहपछि छोरीहरू टाढा बस्ने मात्र होइन, रोजगारी र अध्ययनका कारण दाजुभाइ पनि देश–विदेशमा छरिएका छन्। कतिपय परिवारमा दिदीबहिनीले भाइलाई टीका लगाउँछन् भने कतिपयमा दाजुभाइ र दिदीबहिनी दुवैले एकअर्कालाई टीका लगाएर पर्व मनाउँछन्। दाजुभाइ वा दिदीबहिनी नभएका व्यक्तिले नाता गाँसेर टीका लगाउने चलन पनि छ। दिदीबहिनीको सम्मान, पारस्परिक सहयोग, समानता र परिवारका सबै सदस्यबीचको आत्मीयता पनि यसको महत्त्वपूर्ण पक्ष हो। यसरी हेर्दा भाइटीका एउटा धार्मिक परम्परा मात्रै होइन, बदलिँदो नेपाली समाजमा सम्बन्ध, अपनत्व र पारिवारिक जिम्मेवारीलाई कसरी जोगाउने भन्ने प्रश्नसँग पनि जोडिएको छ। यसको मूल सन्देश दाजुभाइको दीर्घायुको कामनामा सीमित छैन। दिदीबहिनीको सम्मान, पारस्परिक सहयोग, समानता र परिवारका सबै सदस्यबीचको आत्मीयता पनि यसको महत्त्वपूर्ण पक्ष हो। यम-यमुनाको कथा भाइटीकाको धार्मिक आधार यमराज र उनकी बहिनी यमुनाको पौराणिक कथासँग जोडिएको छ। हिन्दु धार्मिक परम्परामा यमराजलाई मृत्युका देवता र यमुनालाई उनकी बहिनीका रूपमा चित्रण गरिएको छ। यमराज आफ्नो जिम्मेवारीका कारण व्यस्त रहने र बहिनी यमुनाले पटकपटक दाजुलाई घरमा भोजनका लागि निम्तो दिने कथा प्रचलित छ। लामो समयसम्म दाजु बहिनीको घर जान नसकेपछि अन्ततः कार्तिक शुक्ल द्वितीयाका दिन यमराज यमुनाको घर पुगेको धार्मिक विश्वास छ। दाजु घर आएको खुसीमा यमुनाले स्वागतसत्कार गरिन्। तेल लगाएर पूजा गरिन्, माला पहिराइन् र विभिन्न परिकार खुवाइन्। बहिनीको आतिथ्यबाट प्रसन्न भएका यमराजले वरदान माग्न आग्रह गरे। यमुनाले हरेक वर्ष यही दिन आफ्नो घर आउनुपर्ने र यस दिन दिदीबहिनीले दाजुभाइलाई पूजा गरी भोजन गराउने परम्परा कायम रहोस् भन्ने वरदान मागेको कथा छ। यमराजले उनको माग स्वीकार गरेपछि भाइटीका गर्ने परम्परा सुरु भएको मानिन्छ। फाइल तस्बिर संस्कृतिविद् सत्यमोहन जोशीले आफ्नो पुस्तक ‘नेपाली चाडपर्व’ मा भाइटीकासँग सम्बन्धित यम–यमुनाको प्रसङ्ग उल्लेख गरेका छन्। उनका अनुसार यमुनाले दाजुलाई घरमा बोलाएर भोजन गराएको र त्यसपछि यो परम्परा मानव समाजमा पनि कायम रहोस् भन्ने वर मागेको कथाले भाइटीकाको धार्मिक आधार तयार गरेको छ। यो कथा केवल दाजु र बहिनीबीचको भेटघाटको प्रसङ्ग होइन। यसले परिवारभित्रको आत्मीयता, आतिथ्य र सम्बन्धको निरन्तरतालाई धार्मिक मान्यतासँग जोडेको छ। मृत्युका देवता मानिने यमराजलाई समेत बहिनीको प्रेम र सत्कारले घरसम्म ल्याएको कथाले पारिवारिक सम्बन्धको महत्त्वलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्छ। संस्कृतिविद् चुन्दा बज्राचार्यका अनुसार यमराजले आफ्नो काम छाडेर बहिनी यमुनाको घरमा पाँच दिन बिताएको प्रसङ्ग विभिन्न वंशावलीमा उल्लेख भएको पाइन्छ। यही कारण तिहारका पाँच दिनलाई यमपञ्चक भनिएको मान्यता पनि छ। चुन्दा बज्राचार्यको व्याख्यामा, “भाइटीकाबारे जेसुकै व्याख्या भए पनि दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै पूजा गर्दै आएका हुन्।” दिदीको श्रद्धा र पूजा विधिबाट प्रसन्न भएर यमराजले भाइलाई नलिई फर्किएको विश्वास गरिन्छ। यसरी भाइटीकालाई अकाल मृत्युबाट रक्षा गर्ने र दीर्घायुको कामना गर्ने पर्वका रूपमा व्याख्या गरिएको छ। भाइटीकासँग जोडिएको अर्को लोककथा अझ रोचक छ। आयु समाप्त भएको एक भाइलाई लिन यमराज आएका थिए। त्यही समयमा उनकी दिदीले भाइको पूजा गर्न थालेकी थिइन्। दिदीले यमराजसँग भाइटीका नसकिएसम्म भाइलाई नलैजान आग्रह गरिन्। तेलको मण्डल नसुकेसम्म, ओखर पानीमा भिजाएर उम्रन नसकेसम्म र फूलको माला नओइलाएसम्म भाइलाई नलैजान गरिएको आग्रहसँग सम्बन्धित कथा विभिन्न समुदायमा प्रचलित छ। कथाअनुसार दिदीले भाइसँगै यमराज र उनका दूतहरूको पनि पूजा गरिन्। दिदीको श्रद्धा र पूजा विधिबाट प्रसन्न भएर यमराजले भाइलाई नलिई फर्किएको विश्वास गरिन्छ। यसरी भाइटीकालाई अकाल मृत्युबाट रक्षा गर्ने र दीर्घायुको कामना गर्ने पर्वका रूपमा व्याख्या गरिएको छ। यी कथालाई ऐतिहासिक घटना वा वैज्ञानिक प्रमाणका रूपमा नभई धार्मिक विश्वास र सांस्कृतिक स्मृतिका रूपमा बुझ्नुपर्छ। लोककथा र पौराणिक प्रसङ्गले समाजको मूल्य, मान्यता र सम्बन्धको संरचना पुस्तौँसम्म हस्तान्तरण गर्ने काम गर्छन्। भाइटीकाको कथामा पनि दिदीबहिनीको माया, दाजुभाइको जिम्मेवारी र परिवारको संरक्षणलाई महत्त्व दिइएको छ। दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई केवल भावनात्मक पक्षबाट होइन, सामाजिक मर्यादा र पारिवारिक संरचनाको दृष्टिले पनि बुझ्न मद्दत गर्छ। समाजशास्त्री अलका आत्रेय चूडालले भाइटीकासँग जोडिएको यम-यमुनाको कथालाई ऋग्वेदमा उल्लेख भएको यम–यमी संवादसम्म पुगेर अध्ययन गरेकी छन्। उनको अध्ययनमा यम र यमीको संवादले वैदिक समाजमा दाजुबहिनीको सम्बन्ध, पारिवारिक मर्यादा र सामाजिक मान्यताबारे विमर्श गरेको देखिन्छ। यम–यमी संवादले दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई केवल भावनात्मक पक्षबाट होइन, सामाजिक मर्यादा र पारिवारिक संरचनाको दृष्टिले पनि बुझ्न मद्दत गर्छ। यस्ता पौराणिक प्रसङ्ग समयसँगै फरक धार्मिक ग्रन्थ, लोककथा र सांस्कृतिक अभ्यासमा रूपान्तरण हुँदै आएका छन्। सप्तरङ्गी टीकाको अर्थ भाइटीकाको सबैभन्दा देखिने आकर्षण निधारमा लगाइने सप्तरङ्गी टीका हो। रातो, पहेँलो, नीलो, हरियो, सेतो, सुन्तला र बैजनीलगायत रङको प्रयोगले टीकालाई विशेष बनाउँछ। कतिपय समुदायमा पाँच रङको टीका लगाउने चलन पनि छ। ठाउँ, समुदाय र पारिवारिक परम्पराअनुसार टीका लगाउने विधि फरक हुन सक्छ। सप्तरङ्गी टीकालाई इन्द्रेणीका सात रङसँग जोडेर व्याख्या गरिन्छ। प्रकृतिमा देखिने रङको विविधता, जीवनको उज्यालो र सुख–समृद्धिको कामना यसमा समेटिएको मानिन्छ। धार्मिक विश्वासअनुसार सात रङले दाजुभाइको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि र दीर्घायुको कामना गर्छन्। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्य सचिव सन्तोष वाशिष्ठले सप्तरङ्गी टीकालाई ज्योतिषशास्त्रमा उल्लेख भएका ग्रहसँग जोडेर व्याख्या गरेका छन्। उनका अनुसार सात रङलाई सात ग्रहको प्रतीकका रूपमा बुझ्ने परम्परा छ। वाशिष्ठका अनुसार, “सप्तरङ्गी टीका तिनै सात ग्रहसँग सम्बन्धित छन्।” राहु र केतुलाई पनि ज्योतिषशास्त्रमा ग्रहका रूपमा लिइए पनि सप्तरङ्गी टीकाको प्रचलित व्याख्यामा सात ग्रहलाई मुख्य मानिएको छ। उनको व्याख्याअनुसार सूर्यले रातो, चन्द्रमा र शुक्रले सेतो, मङ्गलले कलेजी, बृहस्पतिले पहेँलो, शनिले नीलो र बुधले हरियो रङ जनाउँछन्। राहु र केतुलाई पनि ज्योतिषशास्त्रमा ग्रहका रूपमा लिइए पनि सप्तरङ्गी टीकाको प्रचलित व्याख्यामा सात ग्रहलाई मुख्य मानिएको छ। सप्तरङ्गी टीकाको रङको अर्थबारे सबै समुदायमा एउटै व्याख्या पाइँदैन। कतिपयले यसलाई इन्द्रेणीको प्रतीक मान्छन् भने कतिपयले ग्रह र ज्योतिषीय मान्यतासँग जोड्छन्। रङको प्रयोगले मानिसको मनोभाव र सांस्कृतिक प्रतीकलाई अभिव्यक्त गर्ने भएकाले यसलाई एउटै धार्मिक व्याख्यामा सीमित गर्न मिल्दैन। धर्मशास्त्रविद् मुकुन्दराज अर्यालले भाइटीकाको पूजा विधिमा यमराज, यमुना, यमदूत र अष्टचिरञ्जीवीको पूजा गरिने उल्लेख गरेका छन्। उनका अनुसार पूजा सुरु गर्नुअघि मण्डप तयार पारिन्छ। त्यसपछि दिदीबहिनीले दाजुभाइको वरिपरि तेल र जलको घेरा बनाउने विधि अपनाउँछन्। अर्यालको व्याख्यामा, तेल र पवित्र जलको घेरा दाजुभाइलाई अशुभ शक्ति र मृत्युबाट जोगाउने सुरक्षा सीमाको प्रतीक हो। टीकाको रङ र पूजा विधि केवल बाहिरी सजावट होइन। यसले दाजुभाइको जीवनमा सुरक्षा, स्वास्थ्य र दीर्घायुको कामना व्यक्त गर्छ। दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाउँदा गर्ने प्रार्थनामा उनीहरूको जीवन सुखी, सुरक्षित र समृद्ध होस् भन्ने भाव समेटिएको हुन्छ। परम्परागत रूपमा फूल, पात र वनस्पतिबाट रङ तयार गर्ने चलन थियो। अहिले सजिलै उपलब्ध हुने तयारी रङले त्यो अभ्यासलाई विस्थापित गर्दै लगेको छ। टीकाको आधारका रूपमा प्रयोग गरिने चामल, दही र रङको पनि आआफ्नै सांस्कृतिक अर्थ छ। चामललाई अन्न, समृद्धि र जीवनको निरन्तरतासँग जोडिन्छ। दहीलाई शुद्धता र शुभताको प्रतीकका रूपमा लिइन्छ। रङले जीवनको विविधता र उज्यालोको कामना गर्छन्। तर पछिल्ला वर्षमा बजारमा पाइने रासायनिक रङको प्रयोग बढेको छ। परम्परागत रूपमा फूल, पात र वनस्पतिबाट रङ तयार गर्ने चलन थियो। अहिले सजिलै उपलब्ध हुने तयारी रङले त्यो अभ्यासलाई विस्थापित गर्दै लगेको छ। टीकामा प्रयोग हुने रङको गुणस्तर र छालामा पर्न सक्ने असरबारे पनि सचेत हुन आवश्यक छ। मखमली, सयपत्री र ओखर भाइटीकामा दाजुभाइलाई मखमली र सयपत्री फूलको माला लगाइदिने चलन छ। मखमली फूल लामो समयसम्म नओइलाउने भएकाले यसलाई दीर्घायु र स्थायित्वको प्रतीक मानिन्छ। दिदीबहिनीले मखमलीको माला लगाइदिँदा दाजुभाइको जीवन पनि फूलजस्तै ताजा र दीर्घ होस् भन्ने कामना गर्छन्। सयपत्री फूल तिहारको सांस्कृतिक पहिचानसँग जोडिएको छ। घर, मन्दिर र आँगन सजाउनदेखि पूजा सामग्रीसम्म यसको प्रयोग हुन्छ। पहेँलो र सुन्तला रङका सयपत्रीले उज्यालो, उत्साह र समृद्धिको प्रतीकात्मक अर्थ बोकेका छन्। समाजशास्त्री वीणा पौड्यालले भाइटीकाका सामग्रीलाई प्रकृति, कृषि प्रणाली र मानवीय जीवनसँग जोडेर व्याख्या गरेकी छन्। उनका अनुसार तिहारका परम्परामा फूल, फलफूल, पशुपन्छी र स्थानीय वनस्पतिको प्रयोगले मानिस र प्रकृतिबीचको सम्बन्ध देखाउँछ। वीणा पौड्यालको विश्लेषणमा, “भाइटीकाले दाजुभाइ र दिदीबहिनीबीच तथा परिवारका सबै सदस्यबीच आत्मीयता, सद्भाव र समझदारी कायम रहनुपर्छ भन्ने सन्देश दिन्छ।” धेरै परम्परामा ओखर फुटाउने विधि दाजुभाइको सुरक्षा र बाधा हटाउने विश्वाससँग जोडिएको छ। यसको सांकेतिक अर्थ फरक भए पनि साझा भाव दाजुभाइको जीवनमा कुनै दुःख, बाधा वा अनिष्ट नआओस् भन्ने हो। भाइटीकामा प्रयोग हुने ओखरको पनि विशेष अर्थ छ। दिदीबहिनीले पूजा विधिपछि ओखर फुटाउने चलन छ। कतिपय समुदायमा ओखर फुटाउँदा दाजुभाइको जीवनका बाधा, शत्रु र नकारात्मकता हटून् भन्ने कामना गरिन्छ। ओखरको कडा बोक्रा फुटाएर भित्रको गुदी निकाल्ने क्रियालाई जीवनका कठिनाइ हटाउने प्रतीकका रूपमा बुझिन्छ। ओखरबाहेक बिमिरो, भोगटे, कटुस, नरिवल, सुपारी र अन्य फलफूल पनि भाइटीकाको सामग्रीमा समावेश हुन्छन्। यी सामग्रीको प्रयोग समुदायअनुसार फरक हुन सक्छ। पहाडी क्षेत्रमा पाइने रैथाने फलफूललाई पर्वमा समावेश गर्नुले स्थानीय उत्पादन र प्राकृतिक स्रोतसँगको सम्बन्धलाई निरन्तरता दिन्छ। धेरै परम्परामा ओखर फुटाउने विधि दाजुभाइको सुरक्षा र बाधा हटाउने विश्वाससँग जोडिएको छ। यसको सांकेतिक अर्थ फरक भए पनि साझा भाव दाजुभाइको जीवनमा कुनै दुःख, बाधा वा अनिष्ट नआओस् भन्ने हो। मखमली फूलको माला लगाउनु, ओखर फुटाउनु र तेलको घेरा बनाउनुजस्ता विधि हेर्दा सामान्य देखिए पनि तिनमा दीर्घायु, सुरक्षा र सम्बन्धको निरन्तरतासम्बन्धी गहिरो सांस्कृतिक अर्थ छ। यही कारण भाइटीकाको पूजा विधि एउटा निश्चित धार्मिक क्रियाकलापभन्दा बढी सामाजिक र सांस्कृतिक अभिव्यक्ति बनेको छ। तेलको घेरा र सुरक्षा विश्वास भाइटीकाको पूजा विधिमा दिदीबहिनीले दाजुभाइको वरिपरि तेलको घेरा बनाउने परम्परा छ। कतिपय स्थानमा पानी र तेल दुवै प्रयोग गरेर घेरा बनाइन्छ। पूजा गर्ने स्थानमा मण्डप तयार पारिन्छ र दाजुभाइलाई त्यसको अगाडि राखेर विधिपूर्वक पूजा गरिन्छ। तेलको घेरालाई सुरक्षा चक्रका रूपमा व्याख्या गरिन्छ। पानी छिट्टै सुक्छ, तर तेल लामो समयसम्म रहन्छ। त्यसैले तेलको घेराले दाजुभाइको आयु लामो होस् र जीवनमा अनिष्ट नआओस् भन्ने प्रतीकात्मक कामना व्यक्त गर्छ। भाइटीकामा यमराज र यमदूतको पूजा गर्नुको धार्मिक अर्थ पनि मृत्यु र अकाल मृत्युबाट रक्षा हो। दिदीबहिनीले दाजुभाइलाई पूजा गर्दा मृत्युका देवतासँग समेत दाजुभाइको आयु सुरक्षित रहोस् भन्ने कामना गर्ने विश्वास छ। यस क्रममा अष्टचिरञ्जीवीको पूजा गरिन्छ। अष्टचिरञ्जीवीलाई दीर्घजीवन प्राप्त गरेका आठ पात्रका रूपमा धार्मिक परम्परामा उल्लेख गरिएको छ। उनीहरूको पूजा गरेर दाजुभाइलाई पनि दीर्घायु र स्वस्थ जीवनको आशीर्वाद प्राप्त होस् भन्ने कामना गरिन्छ। दिदीबहिनीले दाजुभाइको जीवनमा सुख, समृद्धि र स्वास्थ्यको कामना गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई सम्मान, उपहार र सहयोग प्रदान गर्छन्। यी विधिको मूल भाव दाजुभाइको जीवनमा सुरक्षा र दीर्घायुको कामना गर्नु हो। धार्मिक विश्वासमा आधारित भए पनि यसको सामाजिक अर्थ परिवारका सदस्यप्रति देखाइने माया, चिन्ता र जिम्मेवारीसँग जोडिएको छ। दिदीबहिनीले दाजुभाइको जीवनमा सुख, समृद्धि र स्वास्थ्यको कामना गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई सम्मान, उपहार र सहयोग प्रदान गर्छन्। यसरी भाइटीका एकतर्फी पूजा नभई पारस्परिक सम्बन्धलाई नवीकरण गर्ने अवसर हो। किजा पूजा र नेवार परम्परा नेपालका विभिन्न समुदायमा भाइटीका मनाउने विधि फरक छ। नेवार समुदायमा यसलाई किजा पूजा भनिन्छ। नेपाल भाषामा ‘किजा’ को अर्थ भाइ हो। नेवार समुदायमा तिहारलाई ‘स्वन्ति’ वा ‘स्वन्ती’ नखःका रूपमा मनाइन्छ। यस पर्वमा म्हः पूजा, नेपाल संवत्को नयाँ वर्ष र किजा पूजा महत्त्वपूर्ण सांस्कृतिक अभ्यासका रूपमा रहेका छन्। किजा पूजामा दाजुभाइलाई पूजा गर्ने विधि नेवार समुदायको आफ्नै परम्परासँग जोडिएको छ। हिन्दु परम्परामा सप्तरङ्गी टीका लगाउने चलन व्यापक भए पनि नेवार समुदायमा रातो र पहेँलो टीका तथा सगुनको प्रयोग गरिन्छ। दही, अक्षता र अन्य सामग्रीबाट तयार गरिने टीका तथा सगुनले शुभकामना र सम्मान व्यक्त गर्छ। नेवार समुदायमा किजा पूजाको विधि प्रायः साँझतिर गर्ने परम्परा छ। दाजुभाइलाई घरमा बोलाएर मण्डपअगाडि राखिन्छ। पूजा सामग्री, सगुन र परिकार तयार गरिन्छ। संस्कृतिविद् सुवर्ण शाक्यका अनुसार नेवार समुदायमा भाइटीकालाई किजा पूजाका रूपमा मनाइन्छ। उनका अनुसार दाजुभाइमध्ये जेठोलाई सम्मान गर्ने परम्परा भए पनि कान्छो भाइलाई पनि माया र स्नेह दिनुपर्छ भन्ने सन्देश यसमा छ। सुवर्ण शाक्यको भनाइमा, आफ्नोभन्दा ठूला दाइलाई अरू बेला मान्ने संस्कार त छँदैछ, सानालाई पनि माया, स्नेह तथा ममता राखेर व्यवहार गर्नुपर्छ भनेर यो किजा अर्थात् भाइलाई मात्र पूजा गरिन्छ। नेवार समुदायमा किजा पूजाको विधि प्रायः साँझतिर गर्ने परम्परा छ। दाजुभाइलाई घरमा बोलाएर मण्डपअगाडि राखिन्छ। पूजा सामग्री, सगुन र परिकार तयार गरिन्छ। परिवारका सदस्यहरू सहभागी भएर पूजा गर्छन्। यसरी किजा पूजाले परिवारका सदस्यबीचको सम्बन्धलाई सामूहिक रूपमा पुनः पुष्टि गर्छ। किजा पूजामा प्रयोग हुने ओखर र मखमली फूलको पनि विशेष अर्थ छ। ओखरलाई बलियोपन र बाधा हटाउने प्रतीकका रूपमा लिइन्छ भने मखमलीलाई नओइलाउने प्रेम र दीर्घायुको प्रतीक मानिन्छ। नेवार समुदायको परम्परामा दाजुभाइको पूजा गर्ने विधि मात्र होइन, नयाँ वर्ष र आत्मपूजासँग जोडिएको सांस्कृतिक चक्र पनि महत्त्वपूर्ण छ। नेपाल संवत्को नयाँ वर्ष र म्हः पूजा सम्पन्न भएपछि किजा पूजा गरिन्छ। यसले व्यक्तिगत अस्तित्व, परिवार र सामाजिक सम्बन्धलाई एउटै पर्वचक्रमा जोड्छ। किजा पूजाले नेवार समुदायको सांस्कृतिक विविधता र नेपाली समाजको बहुलतालाई देखाउँछ। भाइटीकाको मूल भावना एउटै भए पनि पूजा विधि, टीकाको रङ, समय र सामग्रीमा भिन्नता हुनु नेपालको सांस्कृतिक विशेषता हो। दिदीबहिनीको घर र पारिवारिक सम्बन्ध भाइटीकाको सामाजिक महत्त्व बुझ्न नेपाली परिवारको संरचनामा आएको परिवर्तनलाई हेर्नुपर्छ। पहिले संयुक्त परिवारको प्रचलन व्यापक थियो। विवाहपछि छोरीहरू माइतीबाट टाढा बस्नुपर्ने अवस्था पनि धेरै थियो। भाइटीकाले दिदीबहिनीलाई माइतीसँग जोड्ने र दाजुभाइलाई चेलीको घरसम्म पुर्‍याउने अवसर प्रदान गर्थ्यो। समाजशास्त्री मीना उप्रेतीले भाइटीकालाई सांस्कृतिक र पारिवारिक दुवै कोणबाट महत्त्वपूर्ण पर्वका रूपमा व्याख्या गरेकी छन्। उनका अनुसार पुरानो समाजमा विवाहपछि छोरीहरू टाढा जाने भएकाले दिदीबहिनी र दाजुभाइबीचको सम्बन्ध कायम राख्न भाइटीकाले विशेष भूमिका खेल्थ्यो। मीना उप्रेतीको भनाइमा,दिदीबहिनी र दाजुभाइबीचको सम्बन्ध, मिलन, मायाममताका लागि यो पर्वको विशेष महत्त्व छ। रोजगारी, अध्ययन र बसाइँसराइका कारण दाजुभाइ र दिदीबहिनी अलगअलग स्थानमा बस्न थालेका छन्। कतिपय परिवारका सदस्य विदेशमा छन्। यो पर्वले परिवारभित्रको सम्बन्धलाई औपचारिकतामा मात्र सीमित नराखी व्यवहारमा पनि सक्रिय बनाउँछ। दिदीबहिनीले दाजुभाइलाई निमन्त्रणा गर्ने, घरमा भोजन गराउने र पूजा गर्ने चलनले पारिवारिक भेटघाटको अवसर सिर्जना गर्छ। दाजुभाइले पनि दिदीबहिनीको घर पुगेर उपहार तथा दक्षिणा दिने परम्पराले सम्बन्धको पारस्परिकता देखाउँछ। समयसँगै परिवारको संरचना बदलिएको छ। रोजगारी, अध्ययन र बसाइँसराइका कारण दाजुभाइ र दिदीबहिनी अलगअलग स्थानमा बस्न थालेका छन्। कतिपय परिवारका सदस्य विदेशमा छन्। उनीहरूका लागि भाइटीका मनाउन यात्रा, समय र खर्चको व्यवस्थापन गर्नुपर्ने हुन्छ। तर यस्ता चुनौतीबीच पनि पर्व मनाउने चाहना कमजोर भएको छैन। विदेशमा रहेका नेपालीले भिडियो संवादमार्फत टीका लगाउने, दिदीबहिनीले भाइको तस्बिर अगाडि पूजा गर्ने वा अर्को समय भेटेर टीका लगाउने अभ्यास पनि बढेको छ। प्रविधिले भौतिक दूरी घटाउन सहयोग गरे पनि परिवारसँग प्रत्यक्ष भेटेर टीका लगाउने अनुभवको स्थान लिन सक्दैन। दिदीबहिनीलाई उपहार दिनु, उनीहरूको आवश्यकता बुझ्नु, आर्थिक तथा सामाजिक समस्यामा सहयोग गर्नु र परिवारभित्र समान सम्मान कायम गर्नु भाइटीकाको मूल भावसँग जोडिन्छ। भाइटीकाको अर्को पक्ष दाजुभाइ र दिदीबहिनीबीचको पारस्परिक सहयोग हो। दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्छन् भने दाजुभाइले पनि दिदीबहिनीको सम्मान र सहयोग गर्ने जिम्मेवारी बोक्छन्। यसलाई उपहार र दक्षिणाको लेनदेनमा मात्र सीमित गर्नु हुँदैन। दिदीबहिनीलाई उपहार दिनु, उनीहरूको आवश्यकता बुझ्नु, आर्थिक तथा सामाजिक समस्यामा सहयोग गर्नु र परिवारभित्र समान सम्मान कायम गर्नु भाइटीकाको मूल भावसँग जोडिन्छ। भाइटीकामा दाजुभाइले दिने उपहारको मूल्यभन्दा सम्बन्धमा देखिने सम्मान र जिम्मेवारी महत्त्वपूर्ण हुन्छ। यसले भाइटीकालाई पुरुषको दीर्घायुको कामना गर्ने परम्परामा मात्र सीमित राख्न नहुने संकेत गर्छ। दिदीबहिनीको स्वास्थ्य, सुरक्षा, स्वतन्त्रता र समृद्धिको कामना पनि उत्तिकै आवश्यक छ। पारिवारिक सम्बन्ध एकतर्फी संरक्षणमा होइन, आपसी सम्मान र सहयोगमा आधारित हुनुपर्छ। लैङ्गिक भूमिकाको बदलिँदो बहस परम्परागत रूपमा भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै पूजा गर्ने र दाजुभाइले उपहार वा दक्षिणा दिने चलन छ। यसले नेपाली समाजमा पुरुषलाई परिवारको संरक्षक र महिलालाई आशीर्वाद दिने भूमिकामा राखेको सांस्कृतिक संरचना पनि देखाउँछ। तर आधुनिक समाजमा महिलाको आर्थिक, सामाजिक र राजनीतिक भूमिका बदलिएको छ। महिलाहरू रोजगारी, व्यवसाय, शिक्षा र सार्वजनिक जीवनका विभिन्न क्षेत्रमा सक्रिय छन्। परिवारको आर्थिक जिम्मेवारी पनि पुरुषमा मात्र सीमित छैन। यस्तो अवस्थामा भाइटीकाको परम्परालाई समानता र पारस्परिक सम्मानको दृष्टिले पुनः व्याख्या गर्नुपर्ने बहस बढेको छ। समाजशास्त्रीय दृष्टिले कुनै पनि पर्व स्थिर हुँदैन। यसको विधि, अर्थ र सामाजिक भूमिका समयसँगै परिवर्तन हुँदै जान्छ। भाइटीकामा पनि यही प्रक्रिया देखिन्छ। समाजशास्त्रीय दृष्टिले कुनै पनि पर्व स्थिर हुँदैन। यसको विधि, अर्थ र सामाजिक भूमिका समयसँगै परिवर्तन हुँदै जान्छ। भाइटीकामा पनि यही प्रक्रिया देखिन्छ। कतिपय परिवारमा दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने चलन सुरु भएको छ। कतिपयले एकअर्कालाई टीका लगाएर समान सम्बन्धको प्रतीक बनाएका छन्। दाजुभाइ र दिदीबहिनी दुवैले एकअर्काको दीर्घायु र सुखको कामना गर्नु पर्वको मूल भावसँग मेल खान्छ। दिदीबहिनीको सुरक्षा र सम्मान दाजुभाइको जिम्मेवारी हो भने दाजुभाइको स्वास्थ्य र सुखका लागि दिदीबहिनीको शुभकामना पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। भाइटीकाको सामाजिक अर्थलाई आधुनिक बनाउन परम्पराको विरोध गर्नुपर्ने आवश्यकता छैन। बरु परम्परामा रहेका सकारात्मक पक्षलाई कायम राख्दै असमानता सिर्जना गर्ने अभ्यासलाई सुधार गर्न सकिन्छ। दाजुभाइले दिदीबहिनीलाई उपहार दिनु र दिदीबहिनीले दाजुभाइलाई पूजा गर्नुको अर्थ महिलाको आर्थिक निर्भरता वा पुरुषको श्रेष्ठता स्थापित गर्नु हुनु हुँदैन। कतिपयले साथीभाइ, आफन्त र नाता गाँसेका व्यक्तिसँग पनि पर्व मनाउँछन्। यसले भाइटीकाको दायरा रक्तसम्बन्धबाट सामाजिक सम्बन्धतर्फ विस्तार भएको देखाउँछ। भाइटीकामा दिदीबहिनीको घरमा दाजुभाइ पुग्ने अभ्यासले महिलाको घरलाई पनि परिवारको केन्द्रका रूपमा स्वीकार गर्छ। विवाहपछि छोरीको घरलाई पराइ घर ठान्ने सोचलाई यसले चुनौती दिन सक्छ। दिदीबहिनीको घरमा पुगेर भोजन गर्नु, उनीहरूको आतिथ्य स्वीकार गर्नु र उनीहरूको सम्मान गर्नु सामाजिक सम्बन्धको सकारात्मक पक्ष हो। अहिले कतिपय दिदीबहिनीले दाजुभाइलाई मात्र होइन, परिवारका सबै सदस्यलाई टीका लगाउने चलन अपनाएका छन्। कतिपयले साथीभाइ, आफन्त र नाता गाँसेका व्यक्तिसँग पनि पर्व मनाउँछन्। यसले भाइटीकाको दायरा रक्तसम्बन्धबाट सामाजिक सम्बन्धतर्फ विस्तार भएको देखाउँछ। भाइटीकाको मूल सन्देशलाई लैङ्गिक समानतासँग जोड्न सकिए यो पर्व अझ समावेशी बन्न सक्छ। दाजुभाइ र दिदीबहिनी दुवैले एकअर्काको अधिकार, स्वतन्त्रता र जीवनप्रति सम्मान देखाउनु नै सम्बन्धको वास्तविक शक्ति हो। दिदीबहिनी नहुनेले के गर्ने? भाइटीका दिदीबहिनी र दाजुभाइबीचको सम्बन्धमा केन्द्रित भए पनि दिदीबहिनी वा दाजुभाइ नभएका मानिसले पर्व मनाउन नपाउने भन्ने होइन। नेपाली समाजमा नाता गाँसेर टीका लगाउने परम्परा छ। मामा, फुपू, सानिमा वा अन्य आफन्तका छोरीलाई बहिनी मानेर टीका लगाउने चलन छ। कतिपयले छिमेकी, साथी वा सामाजिक सम्बन्धबाट बहिनीको नाता स्थापित गरेर पर्व मनाउँछन्। परिवार वा साथीभाइसँग मिलेर पर्व मनाउन सकिन्छ। एक्लै रहेका, परिवारबाट टाढा भएका वा विदेशमा रहेका व्यक्तिका लागि पनि सामाजिक संस्थाले सामूहिक भाइटीका कार्यक्रम आयोजना गर्ने गरेका छन्। धार्मिक परम्परामा सहोदर बहिनी नभए अन्य नाता गाँसिएका महिलाको हातबाट टीका लगाउन सकिने उल्लेख पाइन्छ। यसले भाइटीकालाई रक्तसम्बन्धको सीमाभन्दा बाहिर लैजान्छ। सम्बन्ध केवल जन्मबाट मात्र होइन, आत्मीयता, विश्वास र सामाजिक व्यवहारबाट पनि निर्माण हुन सक्छ भन्ने सन्देश यसमा छ। दिदीबहिनी नभएका व्यक्तिले टीका लगाउन नपाउने भन्ने सामाजिक दबाब हुनु हुँदैन। परिवार वा साथीभाइसँग मिलेर पर्व मनाउन सकिन्छ। एक्लै रहेका, परिवारबाट टाढा भएका वा विदेशमा रहेका व्यक्तिका लागि पनि सामाजिक संस्थाले सामूहिक भाइटीका कार्यक्रम आयोजना गर्ने गरेका छन्। यस्ता कार्यक्रमले परिवार नभएका वा टाढा रहेका मानिसलाई पनि पर्वको आत्मीयता अनुभव गराउँछन्। वृद्धाश्रम, बालगृह र सामाजिक संस्थामा सामूहिक टीका कार्यक्रम गर्ने अभ्यासले भाइटीकाको मानवीय पक्षलाई विस्तार गरेको छ। भाइटीकाको सन्देश सम्बन्ध जोड्नु हो। त्यसैले नाता गाँसेर टीका लगाउने चलनलाई सामाजिक सद्भावको अभ्यासका रूपमा पनि बुझ्न सकिन्छ। दाजुभाइ र दिदीबहिनीको सम्बन्धलाई जैविक नाताभन्दा माथि उठाएर आत्मीयता र जिम्मेवारीसँग जोड्ने अवसर यसले दिन्छ। विदेशमा फैलिएको भाइटीका नेपालीहरू रोजगारी, अध्ययन, व्यवसाय र अन्य अवसरका लागि विश्वका विभिन्न देशमा पुगेका छन्। परिवारका सदस्य अलगअलग देशमा बस्ने क्रम बढेसँगै चाडपर्व मनाउने शैलीमा पनि परिवर्तन आएको छ। भाइटीकाका लागि नेपाल आउन नसक्ने दाजुभाइ र दिदीबहिनीले विदेशमै उपलब्ध सामग्री प्रयोग गरेर पर्व मनाउने गरेका छन्। अस्ट्रेलिया, अमेरिका, बेलायत, जापान, दक्षिण कोरिया, क्यानडा, खाडी मुलुक र अन्य देशमा रहेका नेपाली समुदायले सामूहिक भाइटीका कार्यक्रम आयोजना गर्छन्। कतिपय स्थानमा नेपाली सांस्कृतिक संस्थाले टीका, माला र पूजाका सामग्री उपलब्ध गराएर कार्यक्रम सञ्चालन गर्छन्। विदेशमा रहेका परिवारका सदस्यले अनलाइन माध्यमबाट टीका लगाउने दृश्य हेर्ने र शुभकामना आदानप्रदान गर्ने अभ्यास पनि बढेको छ। विदेशमा जन्मिएका नयाँ पुस्तालाई नेपाली चाडपर्वसँग जोड्ने उद्देश्यले पनि भाइटीका कार्यक्रम आयोजना गरिन्छ। बालबालिकालाई यम–यमुनाको कथा, सप्तरङ्गी टीकाको अर्थ र मखमली फूलको प्रतीकात्मक महत्त्व बुझाउने प्रयास गरिन्छ। विदेशमा रहेका परिवारका सदस्यले अनलाइन माध्यमबाट टीका लगाउने दृश्य हेर्ने र शुभकामना आदानप्रदान गर्ने अभ्यास पनि बढेको छ। यसले भौतिक दूरी भए पनि भावनात्मक सम्बन्ध कायम राख्न सहयोग गर्छ। तर विदेशमा पर्व मनाउँदा स्थानीय वातावरण र उपलब्धताअनुसार विधि परिवर्तन हुन्छ। मखमली फूल नपाइने स्थानमा अन्य फूल प्रयोग गर्नुपर्ने हुन्छ। परम्परागत पूजा सामग्री उपलब्ध नहुँदा स्थानीय सामग्रीबाट विकल्प खोजिन्छ। यस्तो परिवर्तनले पर्वको मूल भावना हराउँदैन। संस्कृति निरन्तर रहनु भनेको सबै विधि जस्ताको तस्तै राख्नु मात्र होइन, नयाँ परिस्थितिमा त्यसको अर्थलाई जोगाउनु पनि हो। विदेशमा रहेका नेपालीका लागि भाइटीका केवल धार्मिक पर्व होइन, आफ्नो भाषा, संस्कृति र परिवारसँग जोडिने अवसर हो। यसले प्रवासी जीवनमा सांस्कृतिक पहिचान कायम राख्न सहयोग गर्छ। फूलको व्यापार र पर्वको अर्थतन्त्र भाइटीकाको सांस्कृतिक पक्षसँगै यसको आर्थिक गतिविधि पनि ठूलो छ। तिहारमा फूलमाला, भाइ मसला, मिठाई, फलफूल, पूजा सामग्री, कपडा र उपहारको कारोबार बढ्छ। भाइटीकाको दिन प्रयोग हुने मखमली र सयपत्री फूलको मागले पुष्प व्यवसायलाई विशेष रूपमा चलायमान बनाउँछ। यस वर्ष तिहारका लागि काठमाडौं उपत्यकामा करिब ५१ लाख ८० हजार फूलमाला खपत हुने अनुमान गरिएको छ। यसमा ४५ लाख सयपत्री, ६ लाख मखमली, २० हजार गोदावरी र ६० हजार मिश्रित फूलका माला समावेश छन्। फ्लोरिकल्चर एसोसिएसन नेपालको अनुमानअनुसार फूलमालाको कारोबार मात्रै करिब ४८ करोड रुपैयाँ पुग्न सक्छ। फूलका बोट र गमलासमेत जोड्दा तिहारमा पुष्प व्यवसायको कारोबार ६४ करोड ५० लाख रुपैयाँसम्म पुग्ने अनुमान छ। फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार यस वर्ष फूलमालाको मागको ठूलो हिस्सा स्वदेशी उत्पादनबाटै पूरा हुने अपेक्षा गरिएको छ। राजेशभक्त श्रेष्ठका अनुसार ८८ दशमलव ८९ प्रतिशत माग आन्तरिक उत्पादनबाट पूर्ति हुन्छ, करिब ११ दशमलव ११ प्रतिशत पुग्दैन। काठमाडौं उपत्यकासहित भक्तपुर, ललितपुर, काभ्रे, चितवन र अन्य जिल्लामा व्यावसायिक फूल खेती विस्तार हुँदै गएको छ। माला गाँस्ने काममा महिला र साना उद्यमीको सहभागिता उल्लेख्य हुन्छ। यसले तिहारले नेपाली पुष्प व्यवसायलाई दिएको बजारको आकार देखाउँछ। फूल खेती गर्ने किसान, माला गाँस्ने श्रमिक, थोक व्यापारी, खुद्रा विक्रेता र ढुवानी व्यवसायी सबै यसबाट लाभान्वित हुन्छन्। यस वर्ष सयपत्री फूलको एउटा मालाको औसत थोक मूल्य ९० रुपैयाँ अनुमान गरिएको छ। मखमली मालाको मूल्य ४५ रुपैयाँ र गोदावरी फूलको मालाको मूल्य करिब १ हजार २०० रुपैयाँसम्म रहने अनुमान छ। फूलको प्रकार, आकार, गुणस्तर र बजारअनुसार मूल्य फरक पर्न सक्छ। तिहारमा फूलको माग बढ्दा किसानले उत्पादन विस्तार गर्ने अवसर पाउँछन्। काठमाडौं उपत्यकासहित भक्तपुर, ललितपुर, काभ्रे, चितवन र अन्य जिल्लामा व्यावसायिक फूल खेती विस्तार हुँदै गएको छ। माला गाँस्ने काममा महिला र साना उद्यमीको सहभागिता उल्लेख्य हुन्छ। मखमली फूलको माला भाइटीकामा विशेष महत्त्व राख्ने भएकाले यसको माग पनि उल्लेख्य छ। यस वर्ष करिब ६ लाख मखमली माला खपत हुने अनुमान गरिएको छ। त्यस्तै, करिब दुई लाख मखमली माला निर्यात हुने अपेक्षा गरिएको छ। यसले नेपाली फूलको बजार देशभित्र मात्र सीमित नरहेको देखाउँछ। किसानदेखि उपभोक्तासम्म जोडिने यो आपूर्ति शृङ्खलाले ग्रामीण उत्पादनलाई सहरी बजारसँग जोड्छ। यसलाई व्यवस्थित गर्न सके पुष्प व्यवसायले रोजगारी र आयआर्जनमा थप योगदान दिन सक्छ। तर पुष्प व्यवसायमा चुनौती पनि छन्। फूल उत्पादन मौसमी छ। तिहारको छोटो अवधिमा माग अत्यधिक बढ्ने भएकाले उत्पादन, भण्डारण र ढुवानीको व्यवस्थापन महत्त्वपूर्ण हुन्छ। समयमै बजारमा नपुगेको फूलको गुणस्तर घट्न सक्छ। खुला सीमाबाट आउने फूलसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था पनि छ। फूलको कारोबारले तिहारलाई सांस्कृतिक पर्वसँगै आर्थिक अवसरमा रूपान्तरण गरेको छ। किसानदेखि उपभोक्तासम्म जोडिने यो आपूर्ति शृङ्खलाले ग्रामीण उत्पादनलाई सहरी बजारसँग जोड्छ। यसलाई व्यवस्थित गर्न सके पुष्प व्यवसायले रोजगारी र आयआर्जनमा थप योगदान दिन सक्छ। भाइ मसला, मिठाई र उपहार बजार भाइटीकाको अर्को महत्त्वपूर्ण आर्थिक पक्ष भाइ मसला र मिठाईको कारोबार हो। काजु, बदाम, किसमिस, पिस्ता, ओखर, नरिवल, छोकडा र अन्य सुक्खा फलफूल मिसाएर तयार गरिने भाइ मसला दाजुभाइलाई दिने परम्परागत कोसेली हो। पछिल्ला वर्षमा बजारमा तयार प्याकेटमा भाइ मसला उपलब्ध हुन थालेका छन्। आकर्षक प्याकिङ, फरक आकार र मूल्यका प्याकेटले उपभोक्तालाई छनोटको सुविधा दिएका छन्। परम्परागत रूपमा घरमै तयार गरिने भाइ मसला अहिले व्यावसायिक उत्पादनका रूपमा पनि विस्तार भएको छ। मिठाई पसलमा तिहारका लागि विशेष परिकार तयार गरिन्छ। सेलरोटी, अनर्सा, फिनी, लड्डु, बर्फी र अन्य मिठाईको माग बढ्छ। कतिपय परिवारले घरमै परिकार तयार गर्छन् भने कतिपयले बजारबाट खरिद गर्छन्। चाडपर्वका अवसरमा अनावश्यक खर्च र ऋण लिएर उपहार दिने प्रवृत्तिबाट बच्नुपर्ने आवश्यकता छ। भाइटीकाको मूल भाव आत्मीयता हो, प्रदर्शन र प्रतिस्पर्धा होइन। उपहारको स्वरूप पनि बदलिएको छ। पहिले कपडा, फलफूल र नगद दक्षिणा दिने चलन बढी थियो। अहिले घडी, मोबाइल, विद्युतीय उपकरण, सौन्दर्य सामग्री, पुस्तक, कपडा र अन्य उपहार दिने अभ्यास बढेको छ। अनलाइन कारोबार र घरमै सामान पुर्‍याउने सेवाले पनि बजारलाई सहज बनाएको छ। तर उपहारको मूल्यलाई सम्बन्धको मापन बनाउनु उचित हुँदैन। भाइटीकाको सांस्कृतिक अर्थ आर्थिक हैसियतभन्दा माथि छ। दिदीबहिनीले बनाएको भोजन, लगाएको टीका र दिएको आशीर्वादको महत्त्व उपहारको मूल्यले निर्धारण गर्दैन। दाजुभाइले दिने दक्षिणा पनि आफ्नो क्षमताअनुसार हुनुपर्छ। चाडपर्वका अवसरमा अनावश्यक खर्च र ऋण लिएर उपहार दिने प्रवृत्तिबाट बच्नुपर्ने आवश्यकता छ। भाइटीकाको मूल भाव आत्मीयता हो, प्रदर्शन र प्रतिस्पर्धा होइन। आर्थिक रूपमा कमजोर परिवारले पनि सानो सामग्री र आत्मीय व्यवहारबाट पर्व मनाउन सक्छन्। भोजन र आतिथ्यको संस्कृति भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई घरमा बोलाएर भोजन गराउने परम्परा छ। यो केवल खाना खुवाउने चलन होइन, आतिथ्य र पारिवारिक आत्मीयताको अभ्यास हो। दाजुभाइले दिदीबहिनीको घरमा गएर भोजन गर्नुले चेलीको घरलाई पनि परिवारको महत्त्वपूर्ण केन्द्रका रूपमा स्वीकार गर्छ। भोजनमा सेलरोटी, फिनी, अनर्सा, मिठाई, फलफूल, मासु, तरकारी र अन्य परिकार समावेश हुन्छन्। समुदाय, क्षेत्र र पारिवारिक परम्पराअनुसार खानाको स्वरूप फरक हुन्छ। कतिपय परिवारमा परम्परागत परिकारलाई प्राथमिकता दिइन्छ भने कतिपयले आधुनिक खानाका विकल्प पनि समावेश गर्छन्। भोजनको सांस्कृतिक अर्थ पोषण र शुभकामनासँग जोडिएको छ। दाजुभाइले भोजन गर्दा उनीहरूको स्वास्थ्य, शक्ति र सुखको कामना गरिन्छ। परिवारका सदस्यहरू एउटै ठाउँमा बसेर खाना खानु आफैँमा सम्बन्धलाई बलियो बनाउने अभ्यास हो। हिले साना परिवारको प्रचलन बढ्दै जाँदा दिदीबहिनीले आफ्नै घरमा दाजुभाइलाई निमन्त्रणा गरेर भोजन गराउने चलन विस्तार भएको छ। यसले महिलाको घरलाई परिवारको सामाजिक केन्द्रका रूपमा स्थापित गर्न सहयोग गर्छ। पहिले संयुक्त परिवारमा दिदीबहिनीको घरमा गएर भोजन गर्न सहज नहुन सक्थ्यो। अहिले साना परिवारको प्रचलन बढ्दै जाँदा दिदीबहिनीले आफ्नै घरमा दाजुभाइलाई निमन्त्रणा गरेर भोजन गराउने चलन विस्तार भएको छ। यसले महिलाको घरलाई परिवारको सामाजिक केन्द्रका रूपमा स्थापित गर्न सहयोग गर्छ। भाइटीकामा भोजन गराउने परम्पराले घरभित्रको श्रम र महिलाको भूमिकाबारे पनि सोच्न बाध्य बनाउँछ। पर्वको तयारीमा खाना पकाउने, पूजा सामग्री तयार गर्ने, घर सजाउने र पाहुनाको स्वागत गर्ने काम धेरैजसो महिलाले गर्छन्। यो श्रमलाई अदृश्य ठान्नु हुँदैन। दाजुभाइ र परिवारका अन्य सदस्यले पनि तयारीमा सहभागिता जनाउन सके पर्व अझ समान र आत्मीय बन्न सक्छ। बदलिँदो पुस्ता र परम्पराको निरन्तरता नयाँ पुस्ताका लागि भाइटीका केवल धार्मिक विधि होइन, परिवारसँग जोडिने अवसर पनि हो। सहरी जीवनशैली, व्यस्त काम, अध्ययन र प्रविधिको प्रभावले परम्परागत पर्व मनाउने तरिका बदलिएको छ। तर नयाँ पुस्ताले सामाजिक सञ्जाल, तस्बिर र भिडियोमार्फत पर्वको सांस्कृतिक पक्षलाई नयाँ ढङ्गले प्रस्तुत गरिरहेका छन्। कतिपय युवाले टीका लगाउने विधि, माला र पूजाका सामग्रीबारे जानकारी साझा गर्छन्। कतिपयले विदेशमा रहेका दाजुभाइ वा दिदीबहिनीसँग अनलाइन संवाद गरेर पर्व मनाउँछन्। यसले परम्परालाई नयाँ माध्यमबाट निरन्तरता दिने काम गरेको छ। तर परम्पराको निरन्तरता तस्बिर खिच्ने र सामाजिक सञ्जालमा राख्ने काममा मात्र सीमित हुनु हुँदैन। भाइटीकाको कथा, पूजा विधि र सांस्कृतिक अर्थ बुझाउनु आवश्यक छ। नयाँ पुस्ताले किन मखमली माला लगाइन्छ, किन ओखर फुटाइन्छ, किन तेलको घेरा बनाइन्छ र सप्तरङ्गी टीकाको अर्थ के हो भन्ने बुझ्न सके मात्र परम्परा अर्थपूर्ण रूपमा हस्तान्तरण हुन्छ। पर्वको तयारीदेखि पूजा विधि र आतिथ्यसम्म सबैको सहभागिता बढाउन सके यसको सामाजिक अर्थ अझ बलियो हुन्छ। विद्यालय र सांस्कृतिक संस्थाले भाइटीकाको इतिहास र सामाजिक महत्त्वबारे कार्यक्रम सञ्चालन गर्न सक्छन्। परिवारमा ज्येष्ठ सदस्यले पुराना कथा र अनुभव सुनाउने अभ्यासले पुस्ताबीचको सम्बन्ध बलियो बनाउँछ। भाइटीकाको परम्परा जोगाउने जिम्मेवारी महिलाको मात्र होइन। दाजुभाइ, परिवारका सबै सदस्य र समाजको साझा जिम्मेवारी हो। पर्वको तयारीदेखि पूजा विधि र आतिथ्यसम्म सबैको सहभागिता बढाउन सके यसको सामाजिक अर्थ अझ बलियो हुन्छ। सम्बन्धको मूल्य र पर्वको सन्देश भाइटीकाको सबैभन्दा ठूलो विशेषता सम्बन्धलाई नवीकरण गर्ने अवसर हो। वर्षभरि काम, अध्ययन, व्यवसाय र पारिवारिक जिम्मेवारीका कारण टाढिएका दाजुभाइ तथा दिदीबहिनीलाई एउटै ठाउँमा ल्याउने क्षमता यस पर्वमा छ। टीका, माला, भोजन र उपहार यस सम्बन्धका प्रतीक हुन्। दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्छन्। दाजुभाइले दिदीबहिनीको सम्मान र सुखको कामना गर्छन्। यो पारस्परिक सम्बन्धको अभ्यास हो। यसको अर्थ दाजुभाइले मात्र संरक्षण गर्ने र दिदीबहिनीले मात्र आशीर्वाद दिने होइन। परिवारका सबै सदस्य एकअर्काको जीवन, अधिकार र सम्मानप्रति जिम्मेवार हुनुपर्छ। समाजशास्त्रीय दृष्टिले चाडपर्वले सम्बन्धलाई पुनः सक्रिय बनाउने काम गर्छन्। नियमित सम्पर्क नभएका आफन्त पनि पर्वका अवसरमा भेटिन्छन्। पुराना असमझदारी हटाउने, संवाद सुरु गर्ने र परिवारभित्रको सम्बन्ध सुधार्ने अवसर मिल्छ। भाइटीकाले यही सामाजिक काम गर्छ। कतै सप्तरङ्गी टीका, कतै पञ्चरङ्गी टीका, कतै सगुन, कतै किजा पूजा र कतै फरक फूल तथा फलफूलको प्रयोग हुन्छ। विधिमा भिन्नता भए पनि साझा भाव आत्मीयता, सुख, स्वास्थ्य र दीर्घायुको कामना हो। नेपालको बहुल सांस्कृतिक समाजमा भाइटीका विभिन्न समुदायले आआफ्नै विधिबाट मनाउँछन्। कतै सप्तरङ्गी टीका, कतै पञ्चरङ्गी टीका, कतै सगुन, कतै किजा पूजा र कतै फरक फूल तथा फलफूलको प्रयोग हुन्छ। विधिमा भिन्नता भए पनि साझा भाव आत्मीयता, सुख, स्वास्थ्य र दीर्घायुको कामना हो। यस पर्वले परिवारभित्रको प्रेमलाई मात्र होइन, सामाजिक सद्भावलाई पनि बलियो बनाउन सक्छ। दिदीबहिनी नभएका व्यक्तिले नाता गाँसेर टीका लगाउनु, सामूहिक कार्यक्रम आयोजना गर्नु र टाढा रहेका आफन्तलाई सम्झनु यसका उदाहरण हुन्। भाइटीकाको धार्मिक कथामा मृत्युका देवता यमराजसमेत बहिनीको निम्तो स्वीकार गरेर घर पुग्छन्। त्यस कथाको मूल भाव दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई जीवनभन्दा महत्त्वपूर्ण ठान्ने सांस्कृतिक विश्वास हो। आजको समाजमा त्यसलाई अझ व्यापक अर्थमा बुझ्न सकिन्छ। परिवारका सदस्यको जीवन, स्वतन्त्रता, सम्मान र सुखका लागि एकअर्काले साथ दिनु नै सम्बन्धको वास्तविक शक्ति हो। मखमली र सयपत्रीको माला पहिरिनेछ। ओखर फुट्नेछ, सगुन र मिठाई बाँडिनेछ, घरघरमा भोजन र शुभकामनाको माहोल बन्नेछ। भोलि बिहान ११ बजेर ७ मिनेटको उत्तम साइतमा दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरङ्गी टीका लगाउनेछन्। मखमली र सयपत्रीको माला पहिरिनेछ। ओखर फुट्नेछ, सगुन र मिठाई बाँडिनेछ, घरघरमा भोजन र शुभकामनाको माहोल बन्नेछ। कतै विदेशबाट फर्किएका दाजुभाइ भेटिनेछन्, कतै वर्षौँपछि दिदीबहिनी माइती पुग्नेछन्, कतै प्रविधिको माध्यमबाट टाढाको सम्बन्ध जोडिनेछ। यी सबै दृश्यमा एउटा साझा भाव हुनेछ- सम्बन्धको निरन्तरता, पारिवारिक आत्मीयता र एकअर्काको जीवनप्रति शुभेच्छा। यही कारण भाइटीका केवल धार्मिक पात्रोमा परेको एउटा दिन होइन, नेपाली समाजको पारिवारिक र सांस्कृतिक जीवनमा विशेष स्थान बनाएको पर्व हो। टीकाको रङ समयसँगै फिका हुन सक्छ। फूलको माला केही दिनमै ओइलाउन सक्छ। उपहारको उपयोग सकिन सक्छ। तर भाइटीकाले सम्झाउने सम्बन्ध, सम्मान र आत्मीयता निरन्तर रहनुपर्छ। टीकाको वास्तविक शक्ति निधारमा लाग्ने रङमा होइन, त्यसले जोडिराख्ने सम्बन्धमा छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गुलरियाको खैरीमा खेतबाटै बिक्यो १० क्विन्टल सयपत्री
Latest NewsJust now

गुलरियाको खैरीमा खेतबाटै बिक्यो १० क्विन्टल सयपत्री

पहिले तोरी, मकै र मुगफली खेती गर्ने थारु परिवारले फूलबाट राम्रो आम्दानी पाएपछि चार वर्षदेखि व्यावसायिक सयपत्री खेतीलाई निरन्तरता दिएको छ। ...

कान्तिपुर
कालीमाटीमा लोकल गोलभेँडाको भाउ किलोको २५, काउलीको ३२
Latest NewsJust now

कालीमाटीमा लोकल गोलभेँडाको भाउ किलोको २५, काउलीको ३२

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ।  कालीमाटीमा आज धेरैजसो तरकारी तथा फलफूल हिजोअस्तीकै मूल्यमा किनबेच छ।  कालीमाटीमा आज ठूलो भारतीय र नेपाली गोलभेँडाको मूल्य ६५ रुपैयाँ छ। टनेलको सानो गोलभेँडाको भाउ भने किलोको २५ रुपैयाँ छ।  त्यसैगरी रातो आलु लाम्चो... ...

नेपालखबर
फाल्गुनन्दका विचार आज पनि सान्दर्भिक : उपराष्ट्रपति यादव
Latest NewsJust now

फाल्गुनन्दका विचार आज पनि सान्दर्भिक : उपराष्ट्रपति यादव

काठमाडौं।उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महागुरु फाल्गुनन्दद्वारा प्रतिपादित सत्य, अहिंसा, समानता, शिक्षा, श्रम, मितव्ययिता र सदाचारका सिद्धान्तले नेपाली समाजलाई एकताको सूत्रमा गाँसेको बताएका छन्। उपराष्ट्रपति यादवले आज किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै किराँत धर्म, दर्शन, संस्कृति तथा सामाजिक सुधारको एक महत्वपूर्ण ऐतिहासिक दस्तावेजका रूपमा परिचित रहेको बताएका छन्। “दाइजो प्रथा, फजुल खर्च, अन्धविश्वास, विभेद तथा सामाजिक विकृतिका विरुद्ध ...

नेपालन्युज
श्रीमान्‌को कुटपिटबाट मृत्यु
Latest NewsJust now

श्रीमान्‌को कुटपिटबाट मृत्यु

चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार बुधबार भरतपुर महानगरपालिका-४ त्रिच‍ोकमा श्रीमान्‌को कुटपिटबाट सपना मगरको निधन भएको हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play