टिकटकर तुलसालाई थुनामै राख्ने उच्च अदालतको आदेश

काठमाडौं । चर्चित टिकटकर तुलसा अधिकारी (तुलसा कलेक्सन) लाई तत्काल थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ। आपराधिक लाभ, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने ललितपुर जिल्ला अदालतको आदेशलाई उच्च अदालतले सदर गरेको हो। जिल्ला अदालतको आदेशविरुद्ध अधिकारीले दिएको पुनरावेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीशद्वय खड्कबहादुर केसी र केशवप्रसाद अधिकारीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश परिवर्तन गर्नुपर्ने अवस्था नदेखिएको ठहर गरेको हो। अधिकारीविरुद्ध २१ करोड १२ लाख २० हजार ४०६ रुपैयाँ १६ पैसा बिगो मागदाबी गरिएको छ। उनीमाथि संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ र ८ अनुसार आपराधिक लाभ (एक्सटर्सन) लिएको, हुन्डीमार्फत आर्जित सम्पत्तिको स्रोत तथा स्थान परिवर्तन गरेको र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ विपरीत कसुर गरेको अभियोग लगाइएको छ। उच्च अदालतले अधिकारीलाई तत्काल प्राप्त प्रमाणका आधारमा हाललाई थुनामै राख्नुपर्ने आधारसमेत उल्लेख गरेको छ। अदालतका अनुसार जाहेरवाला कुमार चामोरियाको जाहेरी तथा थप विवरणसहितको निवेदन, विना कुमारी चामोरिया, नवराज आचार्य, रुद्रप्रसाद आचार्य, हेमराज रसाइली र नितु गुसाललगायतले दिएको मौकाको कागज तथा प्रहरी प्रतिवेदनलाई प्रमाणका रूपमा लिइएको छ। यस्तै, अधिकारीले अदालतसमक्ष गरेको बयानमा जाहेरवालासँग आफ्नो सम्बन्ध रहेको स्वीकार गरेको र आफ्नो नाममा रहेको ‘तुलसा कलेक्सन प्रालि’ले सम्बन्धित सरकारी निकायमा पेस गरेको आय–व्यय विवरणमा कारोबार कम देखिनु आफ्नो कमजोरी भएको उल्लेख गरेको विषयलाई पनि अदालतले आधार मानेको छ। मिसिलमा संलग्न तत्काल प्राप्त प्रमाणबाट थप प्रमाण बुझ्दै जाँदा जे ठहरे पनि हाललाई ललितपुर जिल्ला अदालतले २०८१ जेठ २१ गते गरेको पुर्पक्षका लागि थुनामा राख्ने आदेश कानुनसम्मत रहेको उच्च अदालतको ठहर छ। उच्च अदालतको यो आदेशसँगै अधिकारी मुद्दाको अन्तिम फैसला नभएसम्म पुर्पक्षका लागि थुनामै रहने भएकी छन्।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

पर्यटकीय याम सुरु भएसँगै सामुदायिक घरबासमा विदेशी पाहुना
बागलुङ । आँखैअगाडि दन्तेलहरझैँ देखिने हिमशृङ्खला, अर्ग्यानिक खानाका परिकार, ग्रामीण जीवनशैली र न्यानो आतिथ्य भकुण्डेस्थित सामुदायिक घरबास (होमस्टे)को मुख्य आकर्षण हुन् । यिनै विशेषताका कारण बागलुङको भकुण्डेस्थित अतिथि सत्कार सामुदायिक... ...

एनएफएलमा तीन नयाँ क्लब थपिने
काठमाडौँ । नेपाल फुटबल लिग (एनएफएल) ले तीन नयाँ क्लब थप्ने प्रक्रिया अघि बढाएको छ । लिगले विराटनगर, धरान, जनकपुर, वीरगन्ज, हेटौँडा, भक्तपुर, नेपालगन्ज, सुर्खेतलगायत सहरलाई आफ्नो प्रतिनिधित्व गर्ने फुटबल... ...
_0L8mzQiGiG.png)
वन क्षेत्रका समस्या समाधानका लागि प्रदेश सरकारको ध्यानाकर्षण
सुदूरपश्चिम । सुदूरपश्चिममा कार्यरत विभिन्न वन उपभोक्ता समूहले वन क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । ती समूहको सुदूरपश्चिम प्रदेशस्तरीय आन्दोलन परिचालन समन्वय समितिका पदाधिकारीले शुक्रबार मुख्यमन्त्री... ...

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक
ललितपुर । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) अवस्थाको विश्लेषण गरी तयार पारेको सूचकाङ्क सहितको तथ्याङ्क प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले... ...


