जुम्ला । झारफुक गरेर बिरामी निको पार्ने भन्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिएका एक व्यक्ति पक्राउ परेका छन् । जुम्लाको गुठिचौर गाउँपालिका–१ की करिब १४ वर्षीया सावित्री रोकायालाई झारफुक गरेर निको पार्ने भन्दै भिडियोमा देखिएका सोही स्थानका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार मंसिर १२ गते दिउँसो १२ बजे प्रहरी चौकी मणिसाँघुबाट खटिएको टोलीले उनलाई आफ्नै घरबाट पक्राउ गरेको हो । पक्राउ परेका रोकायालाई जिल्ला प्रहरी कार्यालय जुम्ला ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । The post झारफुक गरी निको पार्ने भन्दै सामाजिक सञ्जालमा भाइरल भएका कालीबहादुर रोकाया पक्राउ appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
झारफुक गरी निको पार्ने भन्दै सामाजिक सञ्जालमा भाइरल भएका कालीबहादुर रोकाया पक्राउ

Read Complete Original Article
Published originally on कर्पोरट खबर






