जोर्डनको चर्चमा गोली चल्दा ७ जनाको मृत्यु, ३४ घाइते

काठमाडौं, कात्तिक ७ । मध्य जोर्डनको कराक राज्यस्थित ह्मौदमा रहेको एक चर्चमा अन्त्येष्टि प्रार्थनाका क्रममा गोली चल्दा कम्तीमा सात जनाको मृत्यु भएको छ। घटनामा अन्य ३४ जना घाइते भएका छन्। शुक्रबार पिकअप भ्यानमा आएका तीन जना हतियारधारीले चर्च परिसरमा प्रवेश गरी करिब १५ मिनेटसम्म गोली चलाएर फरार भएको समाचारमा उल्लेख छ। घटनाको जिम्मेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन। जोर्डनका गृहमन्त्री माजेन अल–फरायाले घटनालाई अत्यन्तै पीडादायी र देशको इतिहासमै अभूतपूर्व बताएका छन्। उनले घटनामा संलग्नलाई पक्राउ गर्न सुरक्षा निकाय परिचालन गरिएको जानकारी दिए। जोर्डनका राजा अब्दुल्लाह द्वितीयले कराकलाई लक्षित गरी गरिएको आक्रमणका दोषीलाई कडा सजाय दिने प्रतिबद्धता जनाएका छन्। घटनाका भिडियो फुटेजमा बन्दुकधारीहरू हातेपेस्तोल र मेसिन गन बोकेर चर्चतर्फ अघि बढेको तथा आक्रमणपछि भागेको दृश्य देखिएको जनाइएको छ। प्रत्यक्षदर्शीका अनुसार प्रार्थना सकिनेबित्तिकै गोली चलेको आवाज सुनिएपछि मानिसहरू ज्यान जोगाउन चर्चका बेन्चमुनि लुकेका थिए। कतिपयले बालबालिकालाई काखमा च्यापेर भागेका थिए। आक्रमणपछि चर्च परिसरमा मृतक तथा घाइतेहरू छरिएका थिए। घाइतेको उपचार भइरहेको अस्पताल आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ। इसाइ समुदायको उल्लेखनीय उपस्थिति रहेको कराकमा घटनापछि स्थानीय बासिन्दा र पीडित परिवार शोकमा छन्। घटनाले स्थानीय समुदायमा भय र आक्रोशसमेत बढाएको छ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

Celtics' Tatum denies 'beef' with 76ers' Brown after trade: This isn't Shaq and Kobe
Jayson Tatum spent most of his postgame news conference Friday night addressing speculation about his relationship with former Celtics teammate Jaylen Brown in the wake of the latter's shocking trade to Philadelphia over the summer.

Elena Pridankina vs Tyra Caterina Grant - Match WTA - Guangzhou Open 1970 - qualifying-1st-round - tennismajors.com
Elena Pridankina vs Tyra Caterina Grant - Match WTA - Guangzhou Open 1970 - qualifying-1st-round tennismajors.com

Form 4 Arcosa: Gail M. Peck (CFO) For: 23 October By Investing.com - Investing.com Australia
Form 4 Arcosa: Gail M. Peck (CFO) For: 23 October By Investing.com Investing.com Australia

Domestic gold prices slide for third time in 10 days - The Financial Express
Domestic gold prices slide for third time in 10 days The Financial Express

