जोर्डनको चर्चमा अन्त्येष्टिका बेला गोली प्रहार, सात जनाको मृत्यु, ४० घाइते

जेरुसेलम । जोर्डनको काराक सहरस्थित एक चर्चमा अन्त्येष्टि चलिरहेका बेला बन्दुकधारीहरूले गोली प्रहार गर्दा सात जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । अधिकारीहरूका अनुसार शुक्रबार भएको घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । राजधानी अम्मानबाट करिब १८० किलोमिटर दक्षिणमा रहेको ग्रिक अर्थोडक्स चर्चमा घटना भएको हो । सरकारी टेलिभिजनमा प्रसारित दृश्यमा पिस्तोल बोकेका जस्ता देखिने दुई जना बन्दुकधारी चर्चतर्फ अघि बढेर गोली चलाएको देखिन्छ । त्यसपछि अर्धस्वचालित राइफल बोकेको जस्तो देखिने अर्को व्यक्ति पनि त्यहाँ पुगेर गोली चलाएको दृश्यमा देखिएको छ । प्रत्यक्षदर्शीले खिचेको भिडियोमा चर्चको भुइँमा फुटेका सिसाका टुक्रा र रगत देखिन्छन् । अन्त्येष्टिमा सहभागी डोरघम हलासाका अनुसार कार्यक्रम सुरु भएको करिब १५ मिनेटपछि गोलीबारी भएको थियो । उनले घटनालाई भयावह भन्दै गोली चल्न थालेपछि मानिसहरू ज्यान जोगाउन यताउता भागेको बताए । सरकारी विज्ञप्तिमा आक्रमण अज्ञात व्यक्तिहरूले गरेको उल्लेख छ । यद्यपि, आक्रमणकारीको सङ्ख्या, उनीहरूको अवस्था वा पक्राउबारे अधिकारीहरूले विस्तृत जानकारी दिएका छैनन् । घटनाको अनुसन्धान तीव्र पारिएको जनाइएको छ । जोर्डनको पेट्रा समाचार एजेन्सीका अनुसार सरकारले घटनापछि तीनदिने राष्ट्रिय शोक घोषणा गरेको छ । काराकमा अल्पसङ्ख्यक इसाई समुदायको बसोबास छ । जोर्डनका राजा अब्दुल्लाह द्वितीयले घटनाको निन्दा गर्दै दोषीलाई कडा सजाय दिइने बताएका छन् । प्रधानमन्त्री जाफर हसनले पनि आक्रमणलाई आतङ्कवादी विचारधारा र अतिवादको परिणाम भन्दै दोषीमाथि कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । यस घटनाको लेबनान, सिरिया, इजिप्ट र ओमानलगायत देशले निन्दा गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आक्रमणलाई जघन्य घटना भन्दै जिम्मेवार व्यक्तिहरूको पहिचान गरी जवाफदेही बनाउन आह्वान गरेका छन् । यसअघि सन् २०१६ मा पनि काराकमा बन्दुकधारीहरूले प्रहरी र पर्यटकलाई लक्षित गरी आक्रमण गरेका थिए । उक्त घटनामा सात प्रहरीसहित १० जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए । -एपी
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला
• दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको वीरेन्द्रनगरमा आयोजना हुने भएको छ। • प्रतियोगितामा ११ टोली सहभागी हुनेछन् र ३२ खेल विधामा प्रतिस्पर्धा हुनेछ। • कर्णाली प्रदेशले १० हजार दर्शक क्षमताको सुविधासम्पन्न रंगशाला निर्माण गरिसकेको छ, जहाँ उद्घाटन र समापन समारोह हुने छ। ...

युक्रेनमा स्टारलिंक र स्टारसिल्डको गति सामान्य अवस्थामा फर्किएको दाबी
काठमाडौँ। युक्रेनका रक्षामन्त्री येभेनी खमाराले स्टारलिंक र यसको सैन्य संस्करण स्टारसिल्डको सञ्चार गति प्रतिघण्टा ४०० किलोमिटरभन्दा बढी पुगेको बताएका छन्। एक साताभन्दा लामो समयदेखि सेवा सीमित हुँदा युक्रेनी सेनाको सञ्चार... ...

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो
मुस्ताङ, कात्तिक ७ गते । हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्न थालेको छ । दसैंअघि सुनसान जस्तै बनेको मुस्ताङमा यही बिहीबारदेखि भने पर्यटकको आगमन सङ्ख्या वृद्धि हुन थालेको हो । रसु... ...

मंगलबारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव, एनपीएलका खेल प्रभावित हुनसक्ने
जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुनः बदली आउने चेतावनी दिएको छ। विभागकाअनुसार मंगलवारसम्म मौसम सामान्यतया सफा रहने भएपनि बुधबारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो। गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले जनाएको छ। हाललाई देशको मौसम स्थिर र... ...


