Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

जोन्टा क्लबको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान

Share:WhatsAppFacebookX (Twitter)Telegram
जोन्टा क्लबको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । जोन्टा क्लब काठमाडौंले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान काठमाडौंको वसन्तपुरमा सार्वजनिक कला स्थापनाको अनावरण गर्दै सुरु गरेको छ । अभियान उद््घाटन काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको उपस्थितिमा भएको थियो । तीन युवा नेपाली महिला कलाकार अमिषा महर्जन, निर्विता शाक्य र अमिषा केसीले वरिष्ठ कलाकार कपिलमणि दीक्षितको मार्गदर्शनमा तयार पारेको उक्त कला स्थापनाले महिला तथा किशोरीले समाजमा खुलेर व्यक्त गर्न नसकेका र चुपचाप सहन बाध्य भएका भावनात्मक तथा सामाजिक पीडा उजागर गरेको छ । ‘उनका धेरै झोला छन्, सबैले देख्छन् तर सबैभन्दा गह्रौँ झोला कसैले देख्दैन, जुन उनी एक्लै बोकेर हिँडिरहेकी हुन्छिन्’ भन्ने अवधारणामा आधारित उक्त कलाले महिला तथा किशोरीले भोग्ने डर, दमन, दोषारोपण र चार भित्ताभित्र सीमित पीडाका कथा प्रस्तुत गरेको छ । जसले हिंसाका विषयमा मौनता तोड्न, आफ्ना अनुभव खुलेर व्यक्त गर्न र महिला तथा किशोरीमाथि हुने हिंसा अन्त्यका लागि सामूहिकरूपमा अघि बढ्न समाजलाई प्रेरित गर्ने उद्देश्य राखेको छ । महिला हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्न र अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकतामाथि जोड दिँदै काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘काठमाडौं महानगरपालिकाले जोन्टा क्लबसँग महिला हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानमा सहकार्य गरेर महिला हिंसासम्बन्धी जनचेतना जगाउने र सोपश्चात् पनि महिला हिंसाविरुद्धको यो अभियानलाई निरन्तरता दिने योजना रहेको छ । म पनि महिला भएकाले हाम्रा दिदीबहिनी, आमाहरूले समाजमा भोगिरहेको हिंसा, अपहेलना र लैंगिक विभेदबारे अवगत छु । यस्तो अभियानमा हातेमालो गरेर महिला हिंसा र विभेदको अन्त्य गर्नु हामी सबैको जिम्मेवारी हो ।’ आयोजकका अनुसार डिसेम्बर १० सम्म सञ्चालन हुने अभियान विश्वव्यापी ‘जोन्टा सेज नो’ पहलअन्तर्गत आयोजना गरिएको हो । कार्यक्रममा जोन्टा क्लब काठमाडौंकी अध्यक्ष, मृदुला राजभण्डारीले लैंगिक हिंसा अन्त्यका लागि जनचेतनासँगै सामूहिक र निरन्तर प्रयास आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘लैंगिक हिंसा अन्त्य गर्न जनचेतना अभिवृद्धिसँगै समाजका सबै तहबाट निरन्तर प्रयास आवश्यक छ । यस वर्षको ‘जोन्टा सेज नो’ अभियानमार्फत् युवा, विद्यार्थी, स्थानीय तह र निजी क्षेत्र जोड्दै संवादलाई व्यावहारिक परिवर्तनमा रूपान्तरण गर्ने हाम्रो लक्ष्य छ । जोन्टा क्लब काठमाडौंको महिला हिंसाविरुद्धको समितिकी अध्यक्ष दिप्ती आचार्यले भन्नुभयो, ‘कला आफ्ना पीडा र अनुभव अभिव्यक्त गर्ने सशक्त माध्यम हो ।’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अमेरिकी र अस्ट्रेलियन डलरसहित महँगिए यी मुद्रा
Latest NewsJust now

अमेरिकी र अस्ट्रेलियन डलरसहित महँगिए यी मुद्रा

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।  हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको थियो। आज अमेरिकन डलर १ को खरिद... ...

नेपालखबर
पोखरामा पनि शाओमी स्टोर
Latest NewsJust now

पोखरामा पनि शाओमी स्टोर

काठमाडौं । शाओमीले पोखरामा पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ । नेपालमा आफ्नो बजार तथा सेवा विस्तार गर्ने उद्देश्यले खोलिएको उक्त स्टोर टेलिडाइरेक्ट प्रालिले सञ्चालनमा ल्याएको हो । स्टोरमा शाओमीका स्मार्टफोन, विभिन्न एसेसरिज, स्मार्ट टिभी, भान्सामा प्रयोग हुने विद्युतीय उपकरण, व्यक्तिगत स्याहारका सामग्री, हावा शुद्धीकरण गर्ने उपकरण, मनिटरलगायत स्मार्ट होमसम्बन्धी विभिन्न उत्पादन उपलब्ध हुने कम्पनीले जनाएको छ । स्मार्टफोन खरिदमा मात्र ...

हिमालय टाइम्स
पिके निर्माण सेवाका विश्वकर्मा सम्मानित
Latest NewsJust now

पिके निर्माण सेवाका विश्वकर्मा सम्मानित

काठमाडौं । पिके निर्माण सेवा प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रकाश विश्वकर्मालाई आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङले सम्मान गरेको छ । आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङको कार्य क्षेत्रअन्तर्गत आर्थिक वर्ष २०८१/०८२ को आय विवरणअनुसार दोस्रो बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याएकाले राष्ट्रिय कर दिवसका अवसरमा निर्माण व्यवसायी विश्वकर्मालाई सम्मान गरिएको कम्पनीले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय ...

हिमालय टाइम्स
एम्सको आयोजनामा ‘अभियन्ता-२६’ हुँदै
Latest NewsJust now

एम्सको आयोजनामा ‘अभियन्ता-२६’ हुँदै

काठमाडौं । काठमाडौं विश्वविद्यालमा मेकानिकल इञ्जिनियरिङमा अध्ययनरत विद्यार्थीको संस्था एसोसिएसन अफ मेकानिकल इञ्जिनियरिङ स्डुडेन्ट्स (एम्स) को आयोजनामा ‘अभियन्ता-२६’ हुने भएको छ । ‘अभियन्ता-२६’ अन्तर्गत मुख्य कार्यक्रम आगामी पुस ७ र ८ गते धुलिखेलस्थित विश्वविद्यालय प्रांगणमा हुने र त्यसअघि पनि विविध इभेन्टहरू आयोजना गरिने बताइएको छ । जसअनुसार मंसिर १२ देखि १४ गतेसम्म अल नेपाल गो-कार्ट प्रतिस्पर्धा आयोजना गरिने एम्सका अध्यक्ष आदर्श ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement