Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

जोखिमयुक्त विद्यालयको स्थानान्तरण गर्ने क्रम शुरु भएको छः शिक्षा मन्त्रालय

Share:WhatsAppFacebookX (Twitter)Telegram
जोखिमयुक्त विद्यालयको स्थानान्तरण गर्ने क्रम शुरु भएको छः शिक्षा मन्त्रालय
Photo / Coverage: टक्सार

काठमाडाैँ । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले जोखिमयुक्त विद्यालयको स्थानान्तरण गर्ने क्रम शुरु भएको बताएका छन् । भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उनले विगतमा समुदायले विद्यालय निर्माणका लागि अनुपयुक्त जग्गा उपलब्ध गराएका कारण धेरै विद्यालय नदी किनार तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बनेको बताए । पछिल्लो समय स्थानीय तहले विद्यालयलाई आवश्यक्ताका आधारमा स्थानान्तरण गर्न थालेको उनको भनाइ छ । विपद्पछि अब विद्यालय निर्माण तथा स्थानान्तरण गर्दा जोखिम मूल्यांकन र प्राविधिक सिफारिसलाई पनि आधार बनाइने उनले जानकारी दिए । उनले विद्यालय शिक्षामा अब विपद् जोखिम न्यूनीकरणसम्बन्धी विषयलाई थप प्राथमिकता दिने मन्त्रालयले तयारी गरेको बताए । राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्दा यस विषयलाई समेट्ने उनको भनाइ छ । उनले बाढीबाट बेपत्ता शिक्षकको स्थानमा कानुनी व्यवस्थाअनुसार स्थानीय तहले वैकल्पिक शिक्षक नियुक्ति प्रक्रिया अघि बढाएको पनि जानकारी दिए । उनकाअनुसार विपद्मा परि २४ शिक्षक र ४१६ विद्यार्थी अझै सम्पर्कविहीन छन् । उनका अनुसार भोटेकोशी तथा कालीगण्डकी करिडोरमा आएको विपद्का कारण विद्यालय तथा शैक्षिक संस्थामा करिब ४ अर्ब ३१ करोडरू रुपैयाँ बराबरको प्रारम्भिक क्षति आकंलन गरिएको छ । मन्त्रालयले विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि ३ अर्ब ९६ करोड रूपैयाँ बजेट प्रस्ताव गरेको उनले जानकारी दिए । चालु आर्थिक वर्षमा सामुदायिक विद्यालयको विस्तृत भौतिक पूर्वाधार सर्वेक्षण तथा प्रतिवेदन तयारीका लागि एक अर्ब रूपैयाँ विनियोजन गरिएको उनको भनाइ छ । विद्यालयको अवस्था, जोखिम र आवश्यक लगानी पहिचान गरी प्राथमिकताका आधारमा पुनर्निर्माण तथा स्थानान्तरणको योजना बनाइने उनले बताए । बाढीले बस्ती नै बगाएका स्थानमा पुरानै ठाउँमा विद्यालय पुनर्निर्माण गर्नु उपयुक्त नदेखिएकाले प्रारम्भिक क्षतिको तुलनामा पुनर्निर्माणका लागि प्रश्तावित बजेट कम भएको उनको भनाइ छ । विद्यालय पुनः सञ्चालनका लागि भग्नावशेष हटाउने, खानेपानी तथा शौचालय पुनःस्थापना गर्ने, फर्निचर र शैक्षिक सामग्री व्यवस्थापन गर्ने, सहायता कक्षा सञ्चालन गर्ने तथा जोखिम मूल्यांकन गरी सुरक्षित स्थानमा विद्यालय निर्माण गर्ने योजना मन्त्रालयले अघि सारेको उनले जानकारी दिए । बाढीबाट ३१ शैक्षिक संस्था प्रभावित भएका छन् । तीमध्ये १७ संस्थामा भौतिक क्षति पुगेको छ । विद्यालयका ७३ भवन पूर्ण रूपमा नष्ट भएका छन् भने २७७ कक्षाकोठा र ६० वटा शौचालय तथा खानेपानीसम्बन्धी संरचनामा क्षति पुगेको उनले जानकारी दिए । बाढीबाट प्रभावित बालबालिकाको पठनपाठन निरन्तरता दिन मन्त्रालयले ५८ वटा अस्थायी सिकाइ केन्द्र स्थापना गरेको छ । ती केन्द्रबाट १ हजार ९९९ विद्यार्थी लाभान्वित भएका छन् । त्यस्तै ६ हजार २८१ विद्यार्थीलाई सिकाइ सामग्री उपलब्ध गराइएको उनले बताए । प्रारम्भिक बालविकासका १ हजार २७२ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको मन्त्रालयले जनाएको छ । २६९ बालबालिका अभिभावकविहीन भएको सचिव पौडेलले जानकारी दिए । अभिभावक विहीन बालबालिकाहरुमा डर, त्रास, शोक, असुरक्षा तथा मानसिक आघात देखिएको उनले बताए । मन्त्रालयले २ हजार १८८ विद्यार्थीलाई र ३६० शिक्षकलाई मनोसामाजिक परामर्श प्रदान गरेको उनको भनाइ छ । बाढीबाट विस्थापित विद्यार्थीको पठनपाठनका लागि सुरक्षित विद्यालयमा स्थानान्तरण, अस्थायी सिकाइ केन्द्र सञ्चालन तथा वैकल्पिक आवासको व्यवस्था मिलाइएको उनले जानकारी दिए। रसुवाका ६७ बालबालिकालाई ललितपुरको गोदावरीमा आवासीय सुविधासहित अध्ययनको व्यवस्था गरिएको उनको भनाइ छ । त्यस्तै राष्ट्रिय बाल अधिकार परिषद्को संरक्षणमा ११ जना बालबालिकाको पठनपाठन सञ्चालन भईरहेको उनले जानकारी दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आईजीपी नियुक्तिबारे ओलीको व्यङ्ग्य : ‘उनीहरूले भनेको मान्ने मान्छे भनेर नयाँ नियुक्ति गरेको होला’
Latest NewsJust now

आईजीपी नियुक्तिबारे ओलीको व्यङ्ग्य : ‘उनीहरूले भनेको मान्ने मान्छे भनेर नयाँ नियुक्ति गरेको होला’

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन गरी नयाँ नियुक्ति गरेको विषयमा व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले सरकारले आफूहरूले भनेको मान्ने व्यक्ति भएकै कारण नयाँ आईजीपी नियुक्त गरेको हुन सक्ने बताएका हुन्। सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएर एआईजी डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गरेको ...

लुम्बिनी सञ्चार
चामलसँगै चिनी र दाल पनि बिक्री गर्दै भोजपुर खाद्य
Latest NewsJust now

चामलसँगै चिनी र दाल पनि बिक्री गर्दै भोजपुर खाद्य

• भोजपुर सदरमुकाममा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल, चिनी र मुसुरोको दाल बिक्री सुरु गरेको छ। • चिनीको मूल्य बाहिरी बजारमा बढेको कारण उपभोक्ताको माग खाद्य कम्पनीको गोदाममा बढेको छ। • चिनीको बिक्री दर प्रतिकेजी एक सय १० रुपैयाँ रहेको छ, जबकि बाहिरी बजारमा चिनीको मूल्य एक सय ३० रुपैयाँदेखि डेढ सयसम्म छ। ...

नेपालबहस
पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिवाना
Latest NewsJust now

पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिवाना

काठमाडौं । पदयात्रासम्बन्धी कानुन उल्लङ्घन गरेर विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजान खोज्ने ट्रेकिङ एजेन्सीलाई रु ५० हजार जरिवाना गरिएको छ । बेल्जियमका दुई नागरिकलाई पदयात्रा अनुमति नलिई डोल्पोबुद्ध गाउँपालिकातर्फ लैजान खोजेको आरोपमा गरिमा भ्वायज ट्राभल्स टुर्स एण्ड ट्रेक्स प्रालिलाई अध्यागमन ऐन, २०४९ को दफा १०(४) बमोजिम जरिवाना गरिएको अध्यागमन विभागले जनाएको छ । जिल्ला प्रशासन कार्यालय डोल्पाबाट प्राप्त पत्र र घटनासम्बन्धी विवरण ...

केन्द्रबिन्दु
विगतको समीक्षा नगरी एमालेको आगामी यात्रा सहज छैन : शङ्कर पोखरेल
Latest NewsJust now

विगतको समीक्षा नगरी एमालेको आगामी यात्रा सहज छैन : शङ्कर पोखरेल

• नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीको विगतको अनुभवको समीक्षा गरेर आगामी कार्यभार तय गर्नुपर्ने बताएका छन्। • उनले २०८२ सालका घटनाले पार्टीको भविष्यमा गम्भीर प्रश्न खडा गरेको र मुलुकको राजनीति प्रतिगमनतर्फ उन्मुख भइरहेको विश्लेषण गरेका छन्। • पोखरेलले भूराजनीतिक चुनौतीको सामना गर्न योजना बनाउँदै अघि बढ्ने प्रयास गरिएको उल्लेख गरेका छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play