नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका एक कैदी पक्राउ परेका छन्। प्रहरीले बर्दघाट नगरपालिका–१६ केरावारीका २७ वर्षीय अमृत नेपालीलाई आफ्नै घरबाट पक्राउ गरेको हो। प्रहरी नायब उपरीक्षक मदन थापाका अनुसार २०८२ भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा उनी कारागारबाट भागेका थिए। जबरजस्ती करणी मुद्दामा अदालतले उनलाई आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। सोही फैसलाअनुसार उनी नवलपरासी कारागारमा कैद भुक्तान गरिरहेका थिए। फरार भएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो। खोजतलासका क्रममा मंगलबार आफ्नै घरमा फेला पारेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका नेपालीलाई बाँकी कैद भुक्तानका लागि पुनः कारागार चलान गरिएको छ।
जेन्जी आन्दोलनमा भागेका कैदी आफ्नै घरबाट पक्राउ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






