जुवातास खेल्ने ११ पक्राउ

काठमाडौँ। काभ्रे र रूपन्देहीबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट ६२ हजार ७८५ रुपैयाँ र छ बुक तास बरामद भएको प्रहरीले जनाएको छ। काभ्रेको पनौती नगरपालिका–५, ढलमलेस्थित चिया पसलमा जुवातास खेलिरहेका चार जनालाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो। प्रहरी चौकी पनौतीबाट खटिएको टोलीले पसल सञ्चालक मेघराज कार्कीसहित चार जनालाई १९ हजार ३७५ रुपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको हो। त्यस्तै, रूपन्देहीको तिलोत्तमा नगरपालिका–४, डिङ्गानगरस्थित सिद्धार्थ पथबाट सात जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तिलोत्तमा–६ का ३८ वर्षीय तिलक वली पनि छन्। अस्थायी प्रहरी पोस्ट ड्राइभरटोलबाट खटिएको टोलीले उनीहरूको साथबाट ४३ हजार ४१० रुपैयाँ र तीन बुक तास बरामद गरेको छ। दुवै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

१० बजे १० समाचार : कोशीका अर्बौँका गेमचेन्जर आयोजना, थाइल्याण्डको गाँजा नेपाल ओसार्न म्यानमारका भरिया
काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ– १. कोशीका अर्बौँका गेमचेन्जर आयोजना कोशी प्रदेशका ‘गेमचेन्जर’ आयोजनामध्ये केही निर्माणको... ...

रुससँगको सम्झौताअनुसार अमेरिकी बजारमा डिजेल पुग्न १५–२० दिन लाग्ने
काठमाडौँ । रुस र अमेरिकाबिच प्रस्तावित डिजेल आपूर्ति सम्झौतामा हस्ताक्षर भएपछि इन्धन अमेरिकी बजारमा पुग्न १५ देखि २० दिन लाग्ने रुसी उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले बताएका छन् । यद्यपि, सम्झौतामा हस्ताक्षर हुने... ...

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह
वीरगंज । परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा परी बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण संकलन तथा प्रमाणीकरणका लागि सम्बन्धित परिवारलाई निवेदन पेस गर्न आग्रह गरेको छ । बाढीमा बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण यकिन गरी अभिलेख प्रमाणीकरण गर्ने उद्देश्यले गाउँपालिकाले सूचना जारी गरी त्यसका लागि सम्बन्धित व्यक्तिका परिवारका सदस्यलाई आवश्यक कागजातसहित सम्बन्धित वडा […] ...

जुम्लामा मार्सीधान काट्ने चटारो
जुम्ला । जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको छ । दशैँको रमाइलोसँगै किसानका लागि मार्सीधान काट्ने चटारो थपिएको तातोपानी गाउँपालिकाका स्थानीय सुनीता पाण्डेले बताए । किसानहरुको दैनिकी अहिले बिहानैदेखि बेलुकी अबेरसम्म खेतमै धान काटेर बित्न थालेको छ । पाण्डेका अनुसार किसानहरु दशैं मनाउनेभन्दा बढी धान स्याहार्न व्यस्त छन् । कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले मार्सीधान जुम्लाको पहिचानसँग पनि ...


