काठमाडौं।प्रहरीले काठमाडौं र तनहुँबाट जुवातास खेलिरहेको अवस्थामा ४४ जनालाई नियन्त्रणमा लिएको छ। कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित कुशुम छ्याम्बा हाउस र होम स्टेमा जुवा (कौडा) खेलिरहेको अवस्थामा होम स्टेका सञ्चालक ३४ वर्षीय कुमार लामा समेत ३७ जनालाई आज प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीलाई पाँच लाख ७८ हजार ५५५ र १६ थान कौडासहित पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। यस्तै तनहुँको भिमाद नगरपालिका–६ रत्नचोकस्थित काठमाडौं मःम होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक ६६ वर्षीय लोकबहादुर श्रेष्ठसहित सात जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूलाई एक लाख ५० हजार ५४० र चार बुक ताससहित पक्राउ गरेको हो।
जुवातास खेलिरहेका ४४ जना पक्राउ

Read Complete Original Article
Published originally on नेपालन्युज






