Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

जुवाखालबाट एकै रात पक्राउ परे ५५ जना, प्रहरी हिरासत भरियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
जुवाखालबाट एकै रात पक्राउ परे ५५ जना, प्रहरी हिरासत भरियो
Photo / Coverage: जनताटाइम्स

सुर्खेतमा ५२ प्रहरी परिचालन गरी आधा दर्जन स्थानमा छापा, ११ लाख रुपैयाँभन्दा बढी नगद बरामद सुर्खेत, कात्तिक २३ । सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले एकै रात ५५ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानमा रातभर सञ्चालन गरिएको प्रहरी अपरेसनका क्रममा उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकाहरूको साथबाट ११ लाख रुपैयाँभन्दा बढी नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ठाकुरप्रसाद पोखरेलका अनुसार ५२ जना प्रहरी परिचालन गरी जिल्लाका आधा दर्जन स्थानमा छापा मारिएको थियो । ‘एकै रातको अपरेसनमा कम्तीमा ५५ जना पक्राउ परेका छन । जुवाखालबाट ११ लाख रुपैयाँभन्दा बढी नगद बरामद भएको छ,’ एसपी पोखरेलले भन्नुभयो । प्रहरीले सोमबार बिहान करिब पौने ३ बजे वीरेन्द्रनगर नगरपालिका–३, गण्डकी लाइनस्थित पदम चौलागाईंको घरमा छापा मारेर आठ जनालाई पक्राउ गरेको छ । उक्त घरमा जुवातास भइरहेको गोप्य सूचना पाएपछि प्रहरी टोली परिचालन गरिएको थियो । प्रहरीका अनुसार पक्राउ परेका आठ जनाको साथबाट ३ लाख ७७ हजार ८५० रुपैयाँ नगद बरामद भएको छ । उनीहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । कर्णाली प्रदेश प्रहरी कार्यालय, कर्णाली प्रदेश प्रहरी गण र जिल्ला प्रहरी कार्यालयबाट गरी ५२ जना प्रहरीको संयुक्त टोलीले उक्त घरमा छापा मारेको थियो । छापा मार्ने टोलीमा प्रहरी निरीक्षक किसमत बुढामगरको कमान्डमा प्रदेश प्रहरी कार्यालयबाट १६ जना, प्रहरी निरीक्षक हिमाल थापामगरको कमान्डमा प्रदेश प्रहरी गणबाट २१ जना र प्रहरी निरीक्षक जितेन्द्र कठायतको कमान्डमा जिल्ला प्रहरी कार्यालयबाट १५ जना प्रहरी खटिनुभएको थियो । प्रहरीका अनुसार पक्राउ परेका सबैको विवरण संकलन भइरहेको छ । आवश्यक प्रक्रिया पूरा गरेपछि उनीहरूको विवरण सार्वजनिक गरिने जनाइएको छ । पक्राउ परेका आठ जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ । एकै रात ठूलो संख्यामा व्यक्ति पक्राउ परेपछि प्रहरी हिरासत कक्षसमेत भरिएको प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्काउटलाई ब्रेसलेट दिँदै भावुक बनिन् लव, खोलिन् मनको कुरा
OthersJust now

स्काउटलाई ब्रेसलेट दिँदै भावुक बनिन् लव, खोलिन् मनको कुरा

भारतीय रियालिटी शो ‘बिग बोस २०’ मा यतिबेला सम्बन्ध, भावना र ड्रामाको नयाँ अध्याय सुरु भएको छ । सलमान खानले सञ्चालन गरिरहेको शोमा दिवालीको उत्सवसँगै एउटा यस्तो क्षण देखिएको छ, जसले घरभित्रका सदस्यदेखि बाहिरका दर्शकसम्मको ध्यान खिचेको छ । शोमा लव गिलले स्काउट ओपीसँगको आफ्नो सम्बन्धलाई लिएर खुलेर बोलेकी छन् । उनले स्काउटलाई ब्रेसलेट दिँदै… ...

अनलाइन खबर
चिनियाँ महिलासँगको सम्बन्ध स्वीकारेपछि एनभिडियाका सीईओमाथि छानबिन, के भन्छन् जेन्सेन ?
OthersJust now

चिनियाँ महिलासँगको सम्बन्ध स्वीकारेपछि एनभिडियाका सीईओमाथि छानबिन, के भन्छन् जेन्सेन ?

‘राष्ट्रिय सुरक्षा वा एनभिडियाका गोप्य सूचनाहरू चुहावट भएको विश्वास गर्नुपर्ने कुनै कारण बोर्डसँग नभए पनि उपलब्ध सबै जानकारीको सूक्ष्म अध्ययन गरिनेछ,’ एनभिडियाको सञ्चालक समितिले भनेको छ। ...

अनलाइन खबर
खुम्चियो कबड्डीको कमाइ, एक सातामा डेढ करोडको कारोबार
OthersJust now

खुम्चियो कबड्डीको कमाइ, एक सातामा डेढ करोडको कारोबार

आक्रामक व्यापारसहित प्रदर्शनमा आएको ‘कबड्डी–५ : आफ्टर द फाइनल म्याच’ को व्यापार ह्वात्तै घटेको छ । पछिल्लो एक सातामा यसको कमाइ १ करोड ६३ लाखमा खुम्चिएको हो । जबकि सुरुवाती पहिलो सातामा १० करोडभन्दा बढी आम्दानी गरेको थियो । दसैँको छेको पारेर प्रदर्शनमा आएका अन्य तीन नेपाली फिल्मजस्तै ‘कबड्डी’ ले पनि अपेक्षित बजार लिन सकेन… ...

अनलाइन खबर
दुई अध्यादेश एक सातादेखि अध्ययन गर्दै राष्ट्रपति
OthersJust now

दुई अध्यादेश एक सातादेखि अध्ययन गर्दै राष्ट्रपति

२३ कात्तिक, काठमाडौं । सरकारले गत कात्तिक १७ गते दुईटा अध्यादेश ल्याउने निर्णय गर्‍यो । उक्त निर्णयपछि सरकारले सिफारिस गरेका दुई वटा अध्यादेश राष्ट्रपति कार्यालयमा छन् । मन्त्रिपरिषद्को बैठकले प्रेस काउन्सिल नेपाल ऐन २०४८ लाई संशोधन गर्न बनेको ऐनलाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन लगायत केही नेपाल ऐनलाई संशोधन गर्न बनेको… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play