Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्लामा मार्सीधान काट्ने चटारो

Share:WhatsAppFacebookX (Twitter)Telegram
जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला । जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको छ । दशैँको रमाइलोसँगै किसानका लागि मार्सीधान काट्ने चटारो थपिएको तातोपानी गाउँपालिकाका स्थानीय सुनीता पाण्डेले बताए । किसानहरुको दैनिकी अहिले बिहानैदेखि बेलुकी अबेरसम्म खेतमै धान काटेर बित्न थालेको छ । पाण्डेका अनुसार किसानहरु दशैं मनाउनेभन्दा बढी धान स्याहार्न व्यस्त छन् । कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले मार्सीधान जुम्लाको पहिचानसँग पनि जोडिने बताए । उनले अनुसार मार्सीधानखेती गर्ने आफ्नै समय छ, सोही आधारमा जिल्लाका किसानहरू धान भित्र्याउन फाँटहरूमा व्यस्त हुने गरेको बताए । जिल्लाभर दुई हजार ८५० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकामा पछिल्ला वर्षहरूमा क्रमशः मार्सीधान लगाउने क्षेत्रफल बढ्दै गएको कार्यालयले जनाएको छ । गत वर्ष एक हजार ५०० हेक्टरमा रोपिएको मार्सीधान यस वर्ष भने एक हजार २०० हेक्टरमा मात्र खेती भएको कृषि विकास कार्यालयले जनाएको छ । अहिले यहाँका किसानले मार्सीधानसँगै कृषि अनुसन्धान केन्द्रले सिफारिस गरेको धानको जातमध्ये चन्दननाथ–१ र चन्दननाथ–३ का साथै लेकाली–१ र लेकाली–३ जातको धान रोप्ने गरेको कार्यालयले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

दसैंको अर्थशास्त्र
ताजा खबरJust now

दसैंको अर्थशास्त्र

दसैंमा भरिभराउ हुने घर–आँगन र चहलपहल हुने बस्तीको ठाउँमा सुनसान घर र रित्तिँदा गोठ देखिनु ग्रामीण अर्थतन्त्रको क्षयको प्रतीक बनेको छ। ...

कान्तिपुर
[अर्काइभ] सांसदहरूले यसरी गरेका थिए कूटनीति पासपोर्टको दुरुपयोग
ताजा खबरJust now

[अर्काइभ] सांसदहरूले यसरी गरेका थिए कूटनीति पासपोर्टको दुरुपयोग

छानबिन समितिले २०५५ सालमा रातो पासपोर्ट दुरुपयोग गर्ने १३ जना सांसदहरूको नामै किटेर प्रतिवेदन बुझाएको थियो । न्यायिक आयोग गठन भए पनि दोषीमाथि कारबाही भएन । ...

कान्तिपुर
भोटेकोशी बाढी प्रभावित ४९ परिवारलाई राहत वितरण
ताजा खबरJust now

भोटेकोशी बाढी प्रभावित ४९ परिवारलाई राहत वितरण

जुम्ला । पातारासी गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडित यहाँका ४९ घरपरिवारलाई राहत वितरण गरेको छ । रोजगारीको सिलसिलामा रसुवा पुगेका पातारासीका ४९ जना बाढीमा बेपत्ता भएका थिए । गाउँपालिकाले... ...

रातोपाटी
जुम्लामा मार्सीधान काट्ने चटारो
ताजा खबरJust now

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला । जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको छ । दसैँको रमाइलोसँगै किसानका लागि मार्सीधान काट्ने चटारो थपिएको तातोपानी गाउँपालिकाका स्थानीय सुनीता पाण्डेले बताइन् । किसानहरुको दैनिकी अहिले बिहानैदेखि... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play