जुम्लामा पहिलोपटक ‘सीमान्त साहित्य सम्मेलन’ आयोजना

जुम्ला । जुम्लामा पहिलोपटक ‘सीमान्त साहित्य सम्मेलन’ आयोजना गरिएको छ । आयोजक कुटीरो रिसर्च सेन्टरका अनुसार कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोमबार जुम्ला एयरपोर्टस्थित होटल कान्जिरुवामा आयोजित एकदिने सम्मेलन गरिएकाे हाे । सम्मेलनको पहिलो संस्करणको उद्घाटन कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईंले गरेका छन्। सम्मेलनमा देशका विभिन्न जिल्लाबाट साहित्यकार, स्रष्टा, कलाकार, अनुसन्धानकर्ता तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको छ । सम्मेलनमार्फत सीमान्त समुदायका सिर्जना, भाषा, साहित्य, संस्कृति तथा पहिचानलाई राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ । सम्मेलनमा साहित्यिक बहस, कविता वाचन, पुस्तक विमोचन, सांस्कृतिक प्रस्तुति, अनुभव आदान–प्रदान तथा सिर्जनात्मक अन्तरक्रियालगायत विविध कार्यक्रम सञ्चालन भइरहेका छन् । कुटीरो रिसर्च सेन्टर, जुम्लाले साहित्य, कला र संस्कृतिप्रति चासो राख्ने सम्पूर्ण सरोकारवाला तथा साहित्यप्रेमीलाई होटल कान्जिरुवा, जुम्लामा सञ्चालन भइरहेको सम्मेलनमा सहभागी भई कार्यक्रमको गरिमा बढाइदिन आग्रह गरेको छ ।
Read Complete Original Article
Published originally on अनलाइनपाना
Related News

सुदूरपश्चिमको कमजोर शुरूआतबारे यसो भन्छन् प्रशिक्षक उल हक
सुदूरपश्चिम रोयल्सका प्रशिक्षक मिसबाह उल हकले नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा हारपछि आफ्ना ब्याटरले सहजै विकेट गुमाएको बताएका छन् । ...

रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने
काठमाडाैँ। रुसले युक्रेनमा जारी आक्रमणको तीव्रता कम नगर्ने स्पष्ट पारेको छ । यद्यपि, मानवीय उद्देश्यका लागि स्थानीय स्तरमा सीमित अवधिको युद्धविराम गर्न भने आफू तयार रहेको मस्कोले जनाएको छ। क्रेमलिनका अनुसार... ...

मेटाले आफ्नो एआई महत्वाकाङ्क्षा पूरा गर्न ३५ अर्ब डलर उठाउने
काठमाडाैँ। मेटाले आफ्नो कृत्रिम बुद्धिमत्ता (एआई) विकासमा लगानी गर्न सेयर निष्कासनमार्फत ३५ अर्ब डलर उठाउने योजना बनाएको छ। अमेरिकी धितोपत्र तथा विनिमय आयोग (एसईसी) ले सोमबार सार्वजनिक रिपोर्टमा सेयर निष्कासनमार्फत मेटाले... ...

मलेसियासँग श्रमिक भर्नाबारे बैठक गर्न नेपालको प्रस्ताव
प्रस्तावित बैठकमा श्रमिक छनोट तथा भर्ना प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र श्रमिकमैत्री बनाउने विषयका साथै सन् २०१८ मा नेपाल र मलेसियाबीच सम्पन्न श्रमसम्बन्धी समझदारीपत्रको नवीकरणसम्बन्धी मस्यौदालाई अन्तिम रूप दिने विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ । ...


