जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

काठमाडौं। जुम्लाबाट हालसम्म सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लाहरूमा निर्यात भएको छ। कृषि विकास कार्यालयका अनुसार यस वर्ष जिल्लामा १९ हजार ५०० मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको छ। यसबाट करिब ५५ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ। हाल किसानहरूले बगैँचाबाटै प्रतिकेजी न्यूनतम ७५ रुपैयाँमा स्याउ बिक्री गरिरहेका छन्। कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार तातोपानी गाउँपालिका-६ को बाँजारावलामा गरिएको सामूहिक स्याउ खेतीबाट मात्र ३४ मेट्रिकटन उत्पादन भएको छ। यसबाट ३० लाख रुपैयाँ बराबरको आम्दानी भएको छ। जुम्लामा हाल चार हजार ६०५ हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदै आएको छ। कार्यालयले चालु आर्थिक वर्षमा थप १०८ हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार गर्ने लक्ष्य राखेको छ। जिल्लामा फुजी जातको स्याउ ५२ हेक्टर क्षेत्रफलमा लगाइएको छ भने यस वर्ष ४९ हेक्टरमा मात्र उत्पादन भएको छ। यसका साथै रेडडेलिसेस, रोयलडेलिसेस, गोल्डेन, रिचा रेड, जनाथन र स्पोरलगायतका जातका स्याउहरू बिक्री भइरहेका छन्। केही व्यापारीले स्याउ कोल्ड स्टोर र घरमा भण्डारण गरेका कारण निर्यातको परिमाण र आम्दानी थप बढ्न सक्ने कार्यालयको अनुमान छ। जुम्लाका आठवटै स्थानीय तहका करिब १९ हजार घरधुरी स्याउ खेतीमा निर्भर छन्। यो वर्ष भारतबाट स्याउ आयातमा रोक लागेपछि जुम्ली स्याउले राम्रो बजार पाएको छ। हिमा गाउँपालिकाकी स्थानीय व्यापारी माया रोकायाले आफूले मात्र एक हजार ५०० कार्टुन स्याउ खरिद गरी नेपालगञ्जमा बिक्री गरेको जानकारी दिइन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

फेरि युद्ध चर्किने आशंकाबिच मध्यपूर्वमा चीन–रुस सक्रिय, अबको प्रहार झन् कडा हुनेछ : इरान
काठमाण्डु – मध्यपूर्वमा फेरि युद्ध चर्किने आशंका बढिरहेका बेला चीन र रुस कूटनीतिक रूपमा सक्रिय भएका छन् । चीनले इरानसँग संवाद र सहकार्य बढाउन जोड दिएको छ भने रुसी विदेशमन्त्री तेहरान पुगेका छन् । उता इरानले अमेरिकी सैन्य अखडाहरू निष्क्रिय बनाइएको दाबी गर्दै पुन: आक्रमण भए पहिलेभन्दा कडा जवाफ दिने चेतावनी दिएको छ । […] ...

मासु वा हड्डी घाँटीमा अड्किएमा तत्काल के गर्ने के नगर्ने ?
दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा जलन, एसिड रिफ्लक्स तथा निल्न असहज हुने समस्या देखिन सक्ने भएकाले खानपानमा सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् । बढी चिल्लो र बोसोयुक्त मासु खाँदा केही व्यक्तिमा एसिड रिफ्लक्सको समस्या बढ्न सक्छ । मासु खाँदा हड्डी वा मासुको टुक्रा घाँटीमा अड्किएमा गम्भीर समस्या आउन सक्ने भएकाले सतर्क रहनुपर्ने वीर अस्पतालका नाक, कान ...

शक्तिपीठहरुमा दसैं अघिदेखि नै सराय नाच सुरु
दसैंअघि नै सराय नाचेर फूलपाती भित्र्याउने परम्परा पाल्पाको रैनादेवी छहरा–४ स्थित ब्रह्मादेवी मन्दिरमा छ । अन्यत्र विजयादशमीको टीकापछि सराय नाच्ने चलन भए पनि यहाँ अष्टमीकै दिन सराय नाचिन्छ । ...

वेस्ट बैंकमा पत्रकार र कूटनीतिज्ञमाथि आक्रमण, १० जना पक्राउ
कब्जा गरिएको वेस्ट बैंकमा अमेरिकी पत्रकार र युरोपेली कूटनीतिज्ञहरूलाई लक्षित गरी भएका हिंसात्मक घटनाको अनुसन्धानका क्रममा इजरायली प्रहरीले १० जना संदिग्धलाई पक्राउ गरेको छ । इजरायली प्रहरीले सोमबार जारी गरेको विज्ञप्तिमा... ...


