Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ (स्याङ्जा) । जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । बिक्रीका लागि जुम्लाबाट ल्याइएको स्याउ स्याङ्जाका विभिन्न टोलटोलमा उपलब्ध भएकाले यहाँका उपभोक्ताको रोजाइमा परेको हो । बजारमा पाइने विदेशी स्याउभन्दा सस्तो, स्वच्छ, स्वादिलो र स्वदेशी उत्पादन भएकाले पनि उपभोक्ता खुसी भएका छन् । गाडीमार्फत टोलटोलमा स्याउ पुर्‍याउँदा उपभोक्ताले निकै उत्साहकासाथ खरिद गर्ने गरेको व्यवसायी गौरीलाल सञ्ज्यालले बताए । सञ्ज्यालसहितको टोलीले जुम्लामा उत्पादन भएको स्याउ ट्रकमार्फत जुम्लाबाट पोखरा ल्याउने र त्यहाँबाट पोखरा आसपासका स्याङ्जा, तनहुँ, लमजुङ, पर्वत, पाल्पालगायतका जिल्लामा जिपमार्फत टोलटोलमा लगेर बिक्री गर्दै आएका छन् । “जुम्लामा उत्पादन भएको स्याउ बजारसम्म पुर्‍याउन नसक्दा त्यसै कुहिएर जाने समस्या थियो”, उनले भने, “स्वदेशी उत्पादनको बजारीकरणसाथै यसको प्रचारप्रसार गर्दै बजार विस्तार गर्ने क्रममा उपभोक्ताको घरदैलोमा पुर्‍याउन थालेका हौँ ।” उपभोक्ताले आफ्नै घरदैलोमा प्रतिकेजी रु १५० का दरले स्याउ रोजेर खरिद गर्न पाउँदा दैनिक सयौँ पेटी स्याउ बिक्री हुने गरेको उनले बताए। एकपटक किन्नुभएका उपभोक्ताले सम्पर्क गरेरै पनि माग गर्ने भएकाले बजार विस्तार हुँदै गएको उनले बताए । “एकपटक जुम्लाको स्याउ किनेर खाएपछि पुनः दोस्रो, तेस्रोपटक पनि खोज्नु पक्कै पनि राम्रो भएरै हो”, उनले भने, “बजारमा पाइने स्याउभन्दा सस्तो, विषादीरहित, रङरोगनको प्रयोग नगरिएको अग्र्यानिक भएकाले पनि यो स्याउ उपभोक्ताको रोजाइमा पर्न सफल भएको छ।” घरदैलोमा स्याउ पाउँदा एकातर्फ उपभोक्ताले सस्तो मूल्यमा स्याउ पाएका छन् भने अर्कातर्फ व्यवसायी तथा किसानले प्रत्यक्ष रूपमा नगद प्राप्त गरेका छन् । स्याउका कार्टुनले भरिएका गाडीमार्फत समयसमयमा टोलटोलमा पुगेर घुम्ती व्यापार हुने गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

प्रस्तावित राजदूत थापाको सुनुवाइ गर्न बैठक आह्वान
ताजा खबरJust now

प्रस्तावित राजदूत थापाको सुनुवाइ गर्न बैठक आह्वान

काठमाडौँ । सङ्‍घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक कात्तिक १६ गतेका लागि आह्वान भएको छ । जापानका लागि प्रस्तावित राजदूत जीज्ञान कुमार थापा, ललितपुरका सम्बन्धमा संसदीय सुनुवाइ गर्न बैठक आह्वान गर्न... ...

रातोपाटी
शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने
ताजा खबरJust now

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव र वर्षाको गतिविधि कम हुँदै जाने जनाएको छ । विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान... ...

रातोपाटी
बूढानीलकण्ठ नगरपालिकामा शिक्षक बैंकको बढ्दो प्रभावकारिता
ताजा खबरJust now

बूढानीलकण्ठ नगरपालिकामा शिक्षक बैंकको बढ्दो प्रभावकारिता

काठमाडौँ, कात्तिक १३ गते । बूढानीलकण्ठ नगरपालिकाले नगर क्षेत्रमा भएका सामुुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक बैँक प्रभावकारी बन्दै गएको छ... ...

गोरखापत्र
जेनजी आन्दोलनमा भागेका अभियुक्त १४ महिनापछि काठमाडौँबाट पक्राउ
ताजा खबरJust now

जेनजी आन्दोलनमा भागेका अभियुक्त १४ महिनापछि काठमाडौँबाट पक्राउ

जेनजी आन्दोलनको क्रममा फरार भएका दाङका एक व्यक्ति १४ महिनापछि पक्राउ परेका छन्।  पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका- १० का ३५ वर्षीय रवीन्द्र परियार रहेका प्रहरीले जनाएको छ।  उनलाई बिहीबार काठमाडौँ महानगरपालिका- २६ गल्कोपाखाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।  परियार चोरी मुद्दामा पक्राउ परेर तीन ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play