जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित जुगल हिमशृङ्खलाको ६ हजार ५१८ मिटर अग्लो जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण भएको छ। स्पेनका तीन पर्वतारोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले जुगल–२ को सफल आरोहण गरेका हुन् । जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार आरोही टोली हिमालको शिखरमा पुगेर आधारशिविर फर्किएको छ। पहिलो आरोहणसँगै जुगल हिमशृङ्खलाका अन्य हिमालको आरोहणका लागि पनि सम्भावना बढेको तामाङले बताए । उनले यस सफलताले नेपालको पर्वतीय पर्यटनलाई अन्तरराष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले चुनौतीपूर्ण मानिएको जुगल–२ को पहिलो आरोहण गर्न सफल स्पेनी टोलीलाई बधाई दिँदै यसले नेपालको हिमाली पर्यटन, विशेषगरी जुगल हिमशृङ्खलाको पहिचान अन्तरराष्ट्रियस्तरमा थप स्थापित गर्ने बताए। जुगल गाउँपालिकाले हिमाल आरोहण, पदमार्ग प्रवर्द्धन र पर्यटन पूर्वाधार विकासलाई प्राथमिकता दिँदै ‘जुगल भ्रमण वर्ष २०८३’ सञ्चालन गरिरहेको छ। ‘गन्तव्य जुगल’ अभियानमार्फत हिमाल, पदमार्ग तथा धार्मिक र सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउने गाउँपालिकाको लक्ष्य छ। यसअघि २०७५ चैत २६ गते सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा छ हजार १२६ मिटर अग्लो ग्याल्चेन पिक र २०७७ कात्तिक ४ गते सगरमाथा आरोही शर्मिला लामाको नेतृत्वमा सात सदस्यीय टोलीले छ हजार १८४ मिटर अग्लो जुगल–३ हिमालको आरोहण गरेका थिए। विदेशी पर्वतारोहीले २०८१ वैशाखमा पहिलोपटक जुगल–१ हिमालको सफल आरोहण गरेका थिए । रासस
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

अमेरिकामा 'करी' भित्र्याउने भारतीय सेफ, जो पछि रहस्यमय रूपमा हराए
काठमाडौँ । सन् १९०१ मा एक भारतीय सेफले अमेरिकामा सम्भवतः पहिलो भारतीय रेस्टुराँ खोलेका थिए । रञ्जी स्माइल अमेरिकी खानपानको क्षेत्रमा प्रभाव पार्ने सबैभन्दा रोचक र रहस्यमय व्यक्तित्वमध्ये एक थिए... ...

खाँडाचक्र नगरपालिकाको भवन निर्माणका क्रममा खसेको पहिरोले स्थानीयको घर नै जोखिममा (तस्बिरहरू)
कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले स्थानीयको घर नै जोखिममा परेको छ । खाँडाचक्र–१ मान्मा सेरापाटामा निर्माणाधीन भवनको जग खन्दा गत भदौमा पहिरो खसेको थियो ।... ...

एनपीएल : आज जनकपुर र पोखरा भिड्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आइतबार जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुने भएको छ । त्रिवि क्रिकेट मैदानमा आइतबार साँझ ५ बजे यी दुई टिमबीच आमने-सामने हुनेछन् । जनकपुर आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो भने दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई पराजित गरेर जितको सुरुवात गरेको थियो । पोखरा एभेन्जर्स भने पहिलो खेलमा सुदूरपश्चिम ...

‘अब आफ्नै जग्गाको मालिक भयौँ’
सन्तोष दहितदाङ, कात्तिक १५ गते । “अब आफ्नै जग्गाको मालिक भयौँ’ भन्दै लालपुर्जा हातमा लिएर खुसीका आँसु पुछ्दै हुनुहुन्थ्यो गढवा गाउँपालिका–३, गोबरडिहाका मङ्गलप्रसाद कुमाल । झन्डै दु... ...


