काठमाडौं । टर्कीको अन्ताल्यामा आयोजित कोप–३१ जलवायु सम्मेलन जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषयमा सहमति जुट्न नसक्दा निष्कर्षविहीन बनेको छ । युरोपेली सङ्घसहित विभिन्न देशले चौथो मस्यौदा सम्झौता अस्वीकार गरेपछि सम्मेलनको निष्कर्ष अन्योलमा परेको हो । मस्यौदामा कोइला, तेल र ग्यासजस्ता जीवाश्म इन्धनको उल्लेख नै नभएपछि युरोपेली सङ्घले आपत्ति जनाएको छ । युरोपेली सङ्घका प्रतिनिधि डाराग ओब्रायनले केही तेल उत्पादक देशले सम्मेलनलाई आफ्नो स्वार्थअनुकूल प्रभावित पारेको आरोप लगाउँदै प्रस्तावित सम्झौता जलवायु परिवर्तन नियन्त्रणका लागि पर्याप्त नभएको बताएका छन् । सम्मेलन अध्यक्ष मुरात कुरुमले चौथो मस्यौदामा सहमति हुन नसकेको र नयाँ मस्यौदा नआउने बताएका छन् । यसैबीच, रुसले जीवाश्म इन्धनको प्रयोग तत्काल अन्त्य गर्दा ऊर्जा अभाव र गरिबी बढ्न सक्ने तर्क गरेको छ । चीनले भने मस्यौदाप्रति केही असन्तुष्टि जनाउँदै त्यसलाई स्वीकार गर्ने जनाएको छ । जीवाश्म इन्धनको प्रयोग घटाउने स्पष्ट समयसीमा, आर्थिक सहयोग र न्यायोचित ऊर्जा रूपान्तरणको योजना समेट्न नसकेको भन्दै वातावरणीय अभियानकर्मीहरूले पनि मस्यौदाको आलोचना गरेका छन् । The post जीवाश्म इन्धनको विषयमा विवाद हुँदा कोप–३१ जलवायु सम्मेलन निष्कर्षविहीन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
जीवाश्म इन्धनको विषयमा विवाद हुँदा कोप–३१ जलवायु सम्मेलन निष्कर्षविहीन

Read Complete Original Article
Published originally on कर्पोरट खबर






