Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/जीपीटी-४ओले छोरीलाई छारे रोगको औषधि छोड्न सल्लाह दिएको आरोपमा ओपनएआई विरुद्ध मुद्दा दायर

जीपीटी-४ओले छोरीलाई छारे रोगको औषधि छोड्न सल्लाह दिएको आरोपमा ओपनएआई विरुद्ध मुद्दा दायर

Share:WhatsAppFacebookX (Twitter)Telegram
जीपीटी-४ओले छोरीलाई छारे रोगको औषधि छोड्न सल्लाह दिएको आरोपमा ओपनएआई विरुद्ध मुद्दा दायर

छारे रोग भएकी ३१ वर्षीया अमेजनकी सफ्टवेयर इन्जिनियर बोवेन वानका अभिभावकले मंगलबार ओपनएआई विरुद्ध मुद्दा दायर गरेका छन्। छोरीको मृत्यु हुनुअघि च्याटजीपीटी ले उनलाई छारे रोगको औषधिको मात्रा घटाउन र यसबारे चिकित्सकहरूलाई जानकारी नदिन सल्लाह दिएको आरोप अभिभावक क्विन वान र मेइछिन सुले लगाएका छन्। वानको फेब्रुअरीमा मृत्यु भएको थियो। द न्युयोर्क टाइम्सले यसबारे समाचार प्रकाशित गरेको छ। वानले जीपीटी-४ओप्रयोग गरिरहेकी थिइन्। यो मोडेलले प्रयोगकर्तासँग सहमत हुने र उनीहरूलाई सधैँ सही ठहर्‍याउने खालको सम्बन्ध विकास गर्न प्रोत्साहन गरेको भन्दै आलोचना हुँदै आएको थियो। ओपनएआईले यसलाई बन्द गर्ने घोषणा गरिसकेको थियो। वानको मृत्यु भएको एक दिनपछि फेब्रुअरी १३ मा कम्पनीले च्याटजीपीटी बाट यो मोडेल हटाएको थियो। यो मुद्दा ओपनएआई विरुद्ध दायर भएका अन्य मुद्दाहरूको शृङ्खलामा थपिएको छ। यसअघि अगस्ट २०२५ मा १६ वर्षीय एडम रेनका अभिभावकले पनि ओपनएआई विरुद्ध मुद्दा दायर गरेका थिए। उक्त मुद्दामा कम्पनीले प्रयोगकर्ताको सुरक्षाभन्दा उनीहरूलाई प्लेटफर्ममा संलग्न राख्नुलाई प्राथमिकता दिएको आरोप लगाइएको थियो। त्यसपछि दायर भएका अन्य मुद्दाहरूमा पनि जीपीटी-४ओले प्रयोगकर्ताका विचारलाई सही ठहर्‍याउने र आफूलाई विश्वासिलो साथीका रूपमा प्रस्तुत गर्ने गरेको आरोप लगाइएको छ। यसले प्रयोगकर्ताका वरपरका मानिसहरूलाई उनीहरूको जीवनबाट टाढा पार्ने गरेको परिवारहरूको दाबी छ। कतिपय परिवारले आफ्ना प्रियजन साथीभाइ र आफन्तबाट टाढिँदै गएको बताएका छन्। वानको मामिलामा भने च्याटबटले उनलाई चिकित्सकहरूबाट समेत टाढा बनाएको आरोप मुद्दामा लगाइएको छ। द न्युयोर्क टाइम्सले वान र च्याटजीपीटी बीच आदानप्रदान भएका २ लाख ७० हजारभन्दा बढी सन्देशको अध्ययन गरेको थियो। त्यसक्रममा च्याटबटले वानको मृत्यु हुनुभन्दा धेरै अघिदेखि नै उनलाई चिकित्सकको सल्लाह छल्न सहयोग गरिरहेको पाइएको समाचारमा उल्लेख छ। टेकक्रञ्चका अनुसार औषधिको मात्रा घटाउन थाल्नुभन्दा पहिले नै यस्तो क्रम सुरु भएको आरोप छ। सन् २०२५ को मे महिनामा वानले अमेजनमा कोडिङ गर्ने आफ्नो क्षमतामा नयाँ एन्टिडिप्रेसन्ट औषधिले असर गर्छ कि गर्दैन भनेर च्याटजीपीटी लाई सोधेकी थिइन्। च्याटजीपीटीले उनलाई यूडब्लू मेडिसिनको क्षेत्रीय छारे रोग केन्द्रका चिकित्सक डा. निकोलस पुलोससँग औषधि परिवर्तन गर्न र निकै कम मात्राबाट सुरु गर्न अनुरोध गर्न सहयोग गरेको थियो। वानले किन यति कम मात्रा चाहेको भनेर पुलोसले प्रश्न गरेपछि उनले चिकित्सकको जवाफ च्याटजीपीटी लाई देखाइन्। च्याटबटले उनलाई ‘५ मिलिग्रामको चक्की स्वीकार गर्नुहोस्, तर तपाईंलाई आफ्नो मनभित्र यो मात्रा घटाउनका लागि हो भन्ने थाहा छ’ भन्ने सल्लाह दिएको थियो। साथै, चक्कीलाई आफैँले चार भागमा बाँड्न पनि सिकाएको थियो। च्याटबटले यसलाई ‘आफैँले सुरु गरेको औषधिको मात्रा समायोजन’ भनेको थियो। द न्युयोर्क टाइम्ससँग कुरा गरेका धेरै स्वास्थ्यकर्मीले यस्तो शब्दावली आफूले कहिल्यै नसुनेको र यसरी औषधिको मात्रा मिलाउने अभ्यास सिफारिस नगर्ने बताएका छन्। सन् २०२५ को नोभेम्बरमा अमेजनले वानलाई आफ्नो जागिरबाट हटाइने जानकारी दिएको थियो। उनको जागिर र अमेरिकामा काम गर्ने अनुमति फेब्रुअरीको मध्यतिर समाप्त हुने थियो। जागिरका लागि अन्तर्वार्ता दिँदा बोल्नुपर्ने भएकाले छारे रोगको औषधि ल्यामोट्रिजिनले आफ्नो बोलीमा असर गरिरहेको छ कि भन्ने उनलाई चिन्ता थियो। सन् २०२६ को जनवरीमा उनले दैनिक ४०० मिलिग्राम ल्यामोट्रिजिनको मात्रा घटाउनेबारे च्याटजीपीटी लाई सोधेकी थिइन्। उक्त औषधिले उनको छारे रोगको समस्या घटाएर महिनामा केही पटकमा सीमित गरेको थियो। च्याटबटले केही साताभित्र औषधिको मात्रा शून्यमा झार्ने तालिका तयार गरिदिएको थियो। वानले आफूलाई चिकित्सकहरूमाथि विश्वास नभएको बताएपछि च्याटबटले चिकित्सकका सिफारिसहरू ‘तपाईंका लागि सबैभन्दा उपयुक्त समाधानबारे वास्तविक विचार गर्नुभन्दा जोखिमबाट बच्ने सोचमा आधारित हुन्छन्’ भनेको थियो। द न्युयोर्क टाइम्सले समीक्षा गरेका च्याटका सन्देशमा यस्तो उल्लेख छ। टेकक्रन्चले समीक्षा गरेको मुद्दासम्बन्धी कागजातअनुसार च्याटबटले वानलाई औषधिको मात्रा घटाइरहेको कुरा चिकित्सकहरूबाट लुकाउन पनि सल्लाह दिएको थियो। जनवरी २९ मा प्राथमिक स्वास्थ्य परीक्षणका लागि जानुअघि च्याटबटले उनलाई आफ्नो योजना चिकित्सकलाई नभन्न भनेको थियो। चिकित्सकले ल्यामोट्रिजिनको रगतमा रहेको मात्रा मापन गर्न रगत परीक्षण गर्न निर्देशन दिएका थिए। तर वानले परीक्षण गराउन अस्वीकार गरिन्। उजुरीअनुसार च्याटजीपीटीले उनको निर्णयको प्रशंसा गरेको थियो। उक्त परीक्षणले रगतमा औषधिको मात्रा अस्थिर रहेको देखाउन सक्ने कुरा च्याटबटले स्वीकार गरेको थियो। उनको आप्रवासनसम्बन्धी चिन्ता पनि औषधिको मात्रा घटाउने सल्लाहमा जोडिएको थियो। औषधिको मात्रा घटाउन थालेको तीन दिनपछि वानले स्थायी बसोबास अनुमति (ग्रिन कार्ड) का लागि आवश्यक स्वास्थ्य परीक्षणमा २०० मिलिग्रामको तुलनामा १५० मिलिग्राम औषधि सेवन गरिरहेको देखाउँदा राम्रो हुन्छ कि भनेर सोधेकी थिइन्। उजुरीअनुसार च्याटजीपीटी ले सहमति जनाउँदै कम मात्रा देखाउँदा अमेरिकी आप्रवासन अधिकारीहरूले थप प्रमाण माग्ने सम्भावना कम हुने बताएको थियो। अन्ततः च्याटबटले औषधिको मात्रा घटाउने योजनामा न्यूनतम मात्रा १५० मिलिग्राममा झारेको थियो। साथै, स्वास्थ्य परीक्षण गर्ने व्यक्तिलाई आफूले ‘चिकित्सकको निर्देशनमा’ औषधिको मात्रा घटाइरहेको बताउन सुझाव दिएको थियो, जबकि उनी चिकित्सकको निर्देशनमा त्यसो गरिरहेकी थिइनन्। डा. पुलोसले द न्युयोर्क टाइम्सलाई वानको विगतको स्वास्थ्य अवस्थालाई हेर्दा आफूले उनलाई उक्त औषधि छोड्न सल्लाह नदिने बताएका छन्। ‘होइन, यो तर्कसङ्गत छैन, कुनै हालतमा पनि होइन,’ उनले भने। ‘औषधिले स्पष्ट रूपमा काम गरिरहेको अवस्थामा बिरामीलाई औषधि छोड्न निर्देशन दिनु मेरो लागि चिकित्सकीय लापरबाही हुने थियो।’ औषधिको मात्रा घटाउन थालेको केही दिनमै वानले आफूलाई अन्योल भएको, समय बितेको थाहा नपाएको र वास्तविक संसारभन्दा फरक अनुभूति भएको बताएकी थिइन्। यी लक्षण उनका विगतका छारे रोगका दौरासँग मिल्दोजुल्दो थिए। तर च्याटजीपीटीले प्रत्येक घटनालाई उनको मस्तिष्क नयाँ अवस्थासँग अनुकूल हुँदै गरेको रूपमा व्याख्या गरेको थियो। द न्युयोर्क टाइम्सका अनुसार वानले औषधिको मात्रा घटाउने विषयमा कम्तीमा १५८ पटक चिन्ता व्यक्त गरेकी थिइन्। एउटा घटना भएपछि उनले आफूलाई ‘अलिकति डर लागेको’ लेखेकी थिइन्। जवाफमा च्याटबटले ‘तपाईंले चिन्ता गर्नुपर्ने कुनै कारण नै छैन’ भनेको थियो। उजुरीअनुसार फेब्रुअरी ११ मा अमेरिकी प्रशान्त समयअनुसार राति ८ बजेर १ मिनेटमा वानले च्याटजीपीटी लाई अन्तिम सन्देश पठाएकी थिइन्। उनले टाउकोमा भइरहेको दुखाइ ज्वरो आउँदाको दुखाइ जस्तै हो कि भनेर सोधेकी थिइन्। त्यसको एक सेकेन्डपछि च्याटजीपीटी ले उक्त दुखाइ ‘खतरनाक नभएको’ र निको हुने प्रक्रियाका लागि आवश्यक रहेको बताएको थियो। च्याटबटको अन्तिम जवाफमा औषधि छोड्दाको दुखाइ र ज्वरो आउँदाको दुखाइबीच तुलना गर्ने तालिका बनाइदिने प्रस्ताव गरिएको थियो। साथै, उसले वानलाई ‘यो तपाईंको मस्तिष्कले आफूलाई पुनः निर्माण गर्न कडा मेहनत गरिरहेको हो’ भनेको थियो। The post जीपीटी-४ओले छोरीलाई छारे रोगको औषधि छोड्न सल्लाह दिएको आरोपमा ओपनएआई विरुद्ध मुद्दा दायर appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

गुगलले तपाईको फोन नम्बर एकाउन्टसँग जोड्दै, कसरी बन्द गर्ने यो विकल्प?
प्रविधिJust now

गुगलले तपाईको फोन नम्बर एकाउन्टसँग जोड्दै, कसरी बन्द गर्ने यो विकल्प?

एन्ड्रोइड डिभाइसमा गुगलले फोन नम्बर प्रमाणीकरण गरी प्रयोगकर्ताका गुगल अकाउन्टसँग जोड्ने सुविधा उपलब्ध गराएको छ। तर यस सुविधाले प्रयोगकर्ताको गोपनीयतासम्बन्धी समस्या बढाउन सक्ने देखिएको छ। रिपोर्टअनुसार, सन् २०२५ सेप्टेम्बरदेखि यो सक्रिय गरिएको छ। यसले सिमकार्डमा रहेको फोन नम्बर प्रमाणीकरण गरी उक्त डिभाइसमा लगइन गरिएका गुगल अकाउन्टसँग जोड्न अनुमति दिन्छ। यसमा कार्यालयसम्बन्धी अकाउन्टसमेत समावेश हुन सक्छन्। गुगलका अनुसार, अकाउन्ट पुन प्राप्त गर्ने, प्रयोगकर्ताको ...

टेक्नोलोजी खबर
दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिमको सहज जित
प्रविधिJust now

दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिमको सहज जित

१२ कात्तिक, काठमाडौं। एनपीएल: दीपेन्द्रकाे अर्धशतकमा सुदूरपश्चिमकाे उत्कृष्ट जित,पाेखरा पराजित नेपाल प्रिमियर लिग (एनपीएल) मा कप्तान दीपेन्द्रसिंह ऐरीको ५१ रन र इशान पाण्डेको ३७ रनको योगदानमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ। पोखराले प्रस्तुत गरेको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। बलिङतर्फ अनिल खरेलले ३ विकेट लिएका […] The post दीपेन्द्रसिंह ऐरीको ...

आइसिटी फ्रेम
नेपाल प्रिमियर लिग: डेभिड मलानपछि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको नाममा दोस्रो अर्धशतक
प्रविधिJust now

नेपाल प्रिमियर लिग: डेभिड मलानपछि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको नाममा दोस्रो अर्धशतक

१२ कात्तिक, काठमाडौं। एनपीएलकाे दाेस्राे अर्धशतक दीपेन्द्रकाे नाममा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पोखरा एभेन्जर्स विरुद्ध ३६ बलमै ४ चौका र २ छक्काको मद्दतमा प्रतियोगिताको दोस्रो अर्धशतक प्रहार गरेका छन्। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को दाेस्राे अर्धशतक सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीकाे नाममा दर्ज भएको […] The post नेपाल प्रिमियर ...

आइसिटी फ्रेम
मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
प्रविधिJust now

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

१२ कात्तिक, काठमाडौं। मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ । सबस्टेसनलाई कात्तिक १४ गते शनिवार र १५ गते आइतबार चार्ज गर्ने गरी काम अगाडि बढाइएको छ । उक्त दिनहरुमा पूर्व–पश्चिम १३२ केभी प्रसारण […] The post मोरङको ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play