जियोको आईपीओमा १ करोड ३९ लाख आवेदन, भारतीय सेयर बजारमा नयाँ रेकर्ड

काठमाडौँ । भारतको रिलायन्स समूहअन्तर्गतको जियो प्लेटफम्र्सको प्राथमिक सेयर निष्कासनमा लगानीकर्ताको अभूतपूर्व आकर्षण देखिएको छ । कम्पनीको आईपीओमा करिब १ करोड ३९ लाख आवेदन परेको छ भने कुल माग ७ लाख ४० हजार करोड भारु अर्थात् ७.४ लाख करोड भारुभन्दा बढी पुगेको छ । अक्टोबर २१ देखि २३ सम्म खुलेको आईपीओमा उपलब्ध सेयरको तुलनामा २२.१९ गुणा बढी आवेदन परेको थियो । सार्वजनिक निष्कासनअन्तर्गत मात्रै ४.९ लाख करोड भारुभन्दा बढीको आवेदन परेको छ । आईपीओ खुलेको करिब १०० मिनेटमै पूर्ण आवेदन प्राप्त हुनु पनि भारतीय सेयर बजारको ठूलो निष्कासनमा नयाँ कीर्तिमान बनेको छ । आईपीओमा संस्थागत लगानीकर्ताको आकर्षण सबैभन्दा बढी देखिएको छ । योग्य संस्थागत लगानीकर्ताको समूहमा उपलब्ध सेयरको तुलनामा करिब ७०.५५ गुणा आवेदन परेको छ । गैरसंस्थागत लगानीकर्ताको समूहमा १४ गुणा र सर्वसाधारणका लागि छुट्याइएको सेयरमा २.७२ गुणा आवेदन परेको छ । जियो प्लेटफम्र्सले आईपीओमार्फत ३० हजार २१३ करोड भारु जुटाउने लक्ष्य राखेको छ । प्रतिकित्ता १ हजार ६५ देखि १ हजार ११९ भारु मूल्य तोकिएको निष्कासनबाट प्राप्त रकमको ठूलो हिस्सा सहायक कम्पनी रिलायन्स जियो इन्फोकमको ऋण भुक्तानीमा प्रयोग गर्ने योजना छ । आईपीओको माथिल्लो मूल्यका आधारमा जियो प्लेटफम्र्सको मूल्याङ्कन करिब १०.८ लाख करोड भारु पुगेको छ । कम्पनीको सेयर अक्टोबर २८ मा भारतीय सेयर बजारमा सूचीकृत हुने अपेक्षा गरिएको छ । दूरसञ्चारसँगै डिजिटल सेवा, कृत्रिम बुद्धिमत्ता र क्लाउड प्रविधिमा विस्तार गर्ने जियोको योजनालाई पनि लगानीकर्ताको आकर्षणको एउटा कारण मानिएको छ । The post जियोको आईपीओमा १ करोड ३९ लाख आवेदन, भारतीय सेयर बजारमा नयाँ रेकर्ड appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

देशभर १३ विपद्का घटना, एकको मृत्यु, ८ जना घाइते
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । विपद्का घटनाबाट करिब १३ लाख २० हजार बराबरको आर्थिक क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ७ गते बिहान १० बजेदेखि कात्तिक ८ गतेसम्म देशका ...

देशभर १३ विपद्का घटना, एकको मृत्यु, ८ जना घाइते
काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।... ...

त्रिभुवन आदर्श क्याम्पसमा संस्थापक अध्यक्ष गोपालमान श्रेष्ठको अर्धकदको प्रतिमा राखिने
• स्याङ्जा स्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पसले संस्थापक अध्यक्ष गोपालमान श्रेष्ठको अर्धकदको प्रतिमा राख्ने निर्णय गरेको छ। • ११ सदस्यीय निर्माण समिति गठन गरिएको छ, जसको अध्यक्ष अधिवक्ता तुलसी गिरी हुन्। • शिक्षाविद् लोकराज शर्माको संयोजकत्वमा १० सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ। ...

एनपीएल खेल्दै यी भेट्रान खेलाडी, जसका खेल हुनेछन् जादुमयी
काठमाडौं– यस सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) सोमबार साँझ सुरु हुँदैछ । यस सिजनमा आफ्नो खेल देखाउन संसारभरिका धेरै स्टार नेपाल आइपुगेका छन् । यस पटकको चर्चा कुल ६ जना भेट्रान खेलाडी नेपाल आएका छन्, जो यस सिजनको एनपीएलमा छाउन सक्छन् । नेपाली खेलाडीमध्ये सबैभन्दा पाका खेलाडी सम्भवतः विनोद भण्डारी हुन् । विनोद भण्डारीले सुदूरपश्चिमका लागि खेल्ने गर्छन् । सन् २००९ मा ...


