नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री माननीय इन्जिनियर दीपक कुमार साह र नेपालका लागि जापानी राजदूतबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटवार्ताका क्रममा नेपाल र जापानबीचको द्विपक्षीय आर्थिक तथा औद्योगिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ। विशेषगरी जापानको उन्नत प्रविधि नेपालमा भित्र्याउने, नेपाली उद्योगको आधुनिकीकरण तथा उत्पादन क्षमता अभिवृद्धि गर्ने र नेपालमा जापानी लगानी विस्तार गर्ने सम्भावनाबारे छलफल केन्द्रित रहेको थियो। नेपालमा औद्योगिक विकास, प्रविधि हस्तान्तरण, लगानीमैत्री वातावरण निर्माण तथा रोजगारीका अवसर सिर्जना गर्न जापानसँग सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत कुराकानी भएको छ। भेटवार्ताले नेपाल–जापानबीचको आर्थिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउन तथा नेपालको औद्योगिक विकासमा जापानी प्रविधि र लगानी आकर्षित गर्न सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ। The post जापानी प्रविधि भित्र्याउने र नेपालमा लगानी विस्तार गर्ने विषयमा उद्योगमन्त्री साह र जापानी राजदूतबीच छलफल appeared first on Technology Khabar.
जापानी प्रविधि भित्र्याउने र नेपालमा लगानी विस्तार गर्ने विषयमा उद्योगमन्त्री साह र जापानी राजदूतबीच छलफल

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






