मध्य जापानमा आइतबार बिहान गएको भूकम्पमा परी कम्तीमा २४ जना घाइते भएका छन् । ५ म्याग्निच्युडको भूकम्पले विभिन्न स्थानमा भौतिक क्षति पुर्‍याउनुका साथै रेल सेवा प्रभावित भएको छ । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार स्थानीय समयअनुसार बिहान १ बजेर ४ मिनेटमा टोकियोबाट पश्चिमतर्फ पर्ने सिजुओका प्रिफेक्चरमा भूकम्प गएको हो । भूकम्पको धक्का पश्चिममा ओसाकासम्म महसुस गरिएको थियो । यद्यपि, भूकम्पपछि सुनामीको जोखिम नरहेको भन्दै चेतावनी जारी गरिएको छैन । भूकम्पका कारण विभिन्न भवन तथा व्यावसायिक प्रतिष्ठानका झ्यालका सिसा फुटेका छन्...
जापानमा मध्यराति भूकम्पको धक्का, विभिन्न क्षेत्रमा कम्पन महसुस

Read Complete Original Article
Published originally on फरकधार






