Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

जापानमा फाइभजी बेस स्टेसनहरूको संख्या ३ लाख ४७ हजार पुग्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
जापानमा फाइभजी बेस स्टेसनहरूको संख्या ३ लाख ४७ हजार पुग्यो
Photo / Coverage: टेक्नोलोजी खबर

जापानमा फाइभजी बेस स्टेसनहरूको संख्या ३ लाख ४७ हजार पुगेको छ, जसमा विभिन्न सेवा प्रदायकहरूबीच ठूलो अन्तर देखिएको छ। जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय (एमआईसी) द्वारा प्रकाशित रेडियो स्पेक्ट्रम उपयोगसम्बन्धी सर्वेक्षणअनुसार, सन् २०२६ को मार्च अन्त्यसम्ममा जापानमा ५जी बेस स्टेसनहरूको संख्या ३ लाख ४६ हजार ७१५ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा ३९ हजार ४५२ ले बढी हो। चारओटा मोबाइल नेटवर्क सेवा प्रदायकहरूमध्ये, केडीडीआईसँग १ लाख ३१ हजार ४४२ ५जी बेस स्टेसनहरू (यसको बीडब्लुए सम्बद्ध कम्पनी ‘यूक्यू कम्युनिकेसन्स’ सहित) रहेका छन्। त्यसपछि सफ्टबैंकसँग १ लाख २० हजार ५६४ (‘वायरलेस सिटी प्लानिङ’ सहित), एनटीटी डोकोमोसँग ५८ हजार ९७९ र राकुटेन मोबाइलसँग ३६ हजार १३० बेस स्टेसनहरू रहेका छन्। The post जापानमा फाइभजी बेस स्टेसनहरूको संख्या ३ लाख ४७ हजार पुग्यो appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
असोज महिनामा ४४ करोड भन्दा बढीको विद्युतीय चुलो आयात
TechnologyJust now

असोज महिनामा ४४ करोड भन्दा बढीको विद्युतीय चुलो आयात

चालु आर्थिक वर्ष २०८३/८४ तेस्रो महिना अर्थात असोज मसान्तसम्म नेपालमा ४४ करोड ९२ लाख ३० हजार रुपैयाँ बराबरका विद्युतीय चुलोहरु आयात भएका छन्। भन्सार विभागले हालै सार्वजनिक गरेको उक्त अवधिसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले विश्वका विभिन्न ९ देशहरुबाट उक्त मूल्य बराबरका २ लाख ९ हजार ८७७ थान यस्ता विद्युतीय चुलोहरु आयात गरेको हो। यी परिमाणमा विद्युतीय चुलोहरु आयातवापत् सरकारले ५ करोड ८६ ...

टेक्नोलोजी खबर
तेस्रो त्रैमासमा एप्पलको आम्दानीमा १२ प्रतिशतले वृद्धि
TechnologyJust now

तेस्रो त्रैमासमा एप्पलको आम्दानीमा १२ प्रतिशतले वृद्धि

एप्पल इंकले सन् २०२६ सेप्टेम्बर २६ मा समाप्त भएको तीन महिनाको अवधिमा अपेक्षाभन्दा बढी आम्दानी गरेको छ। सेप्टेम्बर त्रैमासिकमा आईफोनको सोचे भन्दा बढी बिक्री भएपछि आम्दानीमा उल्लेख्य वृद्धि भएको हो। सकारात्मक नतिजाले नाफाको मार्जिनमा परेको दबाबका कारण लगानीकर्ताले प्रतिक्रिया जनाएका छन्। सोमबार बजार बन्द भएपछि कम्पनीको सेयर मूल्य करिब ३ प्रतिशतले घटेको थियो। कम्पनीको आम्दानी १२ प्रतिशतले बढेर ११४ अर्ब ५० करोड ...

टेक्नोलोजी खबर
मोबाइल इन्टरनेटमा फोरजीको दबदबा बढ्दै, थ्रीजीको प्रयोग २.५७ प्रतिशतमा झर्‍यो
TechnologyJust now

मोबाइल इन्टरनेटमा फोरजीको दबदबा बढ्दै, थ्रीजीको प्रयोग २.५७ प्रतिशतमा झर्‍यो

नेपालमा मोबाइल इन्टरनेट प्रयोगको स्वरूप पछिल्ला पाँच वर्षमा निकै बदलिएको छ। कुनै समय मोबाइल इन्टरनेटको प्रमुख माध्यम रहेको थ्रीजी सेवा अहिले लगभग विस्थापित हुने अवस्थामा पुगेको छ। यसको ठाउँ फोरजी सेवाले लिँदै गएको तथ्याङ्कले देखाउँछ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा यसबारे प्रस्ट पारिएको छ। प्रतिवेदन अनुसार जनसङ्ख्याको आधारमा मोबाइल ब्रोडब्यान्ड सेवाको अवस्था हेर्दा आर्थिक वर्ष २०७८/७९ मा ३४.४५ प्रतिशत जनसङ्ख्यामा ...

टेक्नोलोजी खबर
नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. राजन विक्रम थापाको शैक्षिक र व्यावसायिक पृष्ठभूमि
TechnologyJust now

नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. राजन विक्रम थापाको शैक्षिक र व्यावसायिक पृष्ठभूमि

१९ कात्तिक, काठमाडौं। नेपाल सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. राजन विक्रम थापालाई नियुक्त गरेको छ। योग्यता सम्बन्धी विवादका कारण तत्कालीन अध्यक्ष शरद ओझा २०८२ भाद्र २ गते बर्खास्त भएपछि प्राधिकरण सहसचिवहरूको नेतृत्वमा सञ्चालन हुँदै आएको थियो। करिब एक वर्षको अन्योलपछि प्राधिकरणले पूरा चार वर्षका लागि स्थायी कार्यकारी […] The post नेपाल बीमा प्राधिकरणका ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play