Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

तेस्रो त्रैमासमा एप्पलको आम्दानीमा १२ प्रतिशतले वृद्धि

Share:WhatsAppFacebookX (Twitter)Telegram
तेस्रो त्रैमासमा एप्पलको आम्दानीमा १२ प्रतिशतले वृद्धि
Photo / Coverage: टेक्नोलोजी खबर

एप्पल इंकले सन् २०२६ सेप्टेम्बर २६ मा समाप्त भएको तीन महिनाको अवधिमा अपेक्षाभन्दा बढी आम्दानी गरेको छ। सेप्टेम्बर त्रैमासिकमा आईफोनको सोचे भन्दा बढी बिक्री भएपछि आम्दानीमा उल्लेख्य वृद्धि भएको हो। सकारात्मक नतिजाले नाफाको मार्जिनमा परेको दबाबका कारण लगानीकर्ताले प्रतिक्रिया जनाएका छन्। सोमबार बजार बन्द भएपछि कम्पनीको सेयर मूल्य करिब ३ प्रतिशतले घटेको थियो। कम्पनीको आम्दानी १२ प्रतिशतले बढेर ११४ अर्ब ५० करोड अमेरिकी डलर (१०२ अर्ब १० करोड युरो) पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको आम्दानी १०२ अर्ब ५० करोड डलर (९१ अर्ब ४० करोड युरो) थियो। क्यालिफोर्नियाको कुपर्टिनोस्थित कम्पनीले जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा ३० अर्ब ७१ करोड डलर (२७ अर्ब ४० करोड युरो) खुद नाफा कमाएको छ। यस अवधिमा प्रतिकित्ता आम्दानी २.१० डलर रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २७ अर्ब ४७ करोड डलर (२४ अर्ब ५० करोड युरो) नाफा कमाएको थियो भने प्रतिकित्ता आम्दानी १.८५ थियो। फ्याक्टसेटले गरेको सर्वेक्षणअनुसार विश्लेषकहरूले कम्पनीको प्रतिकित्ता आम्दानी १.९९ र कुल आम्दानी ११३ अर्ब ४० करोड डलर (१०१ अर्ब १० करोड युरो) हुने अनुमान गरेका थिए। तर कम्पनीले दुवै अनुमानलाई उछिनेको छ। भन्सार शुल्क फिर्ताले कम्पनीको प्रतिकित्ता आम्दानीमा ०.०५ डलर थप गरेको थियो। यसले कम्पनीको कुल नाफा मार्जिन पनि करिब एक प्रतिशत विन्दुले बढाएर ४७.९ प्रतिशत पु¥याएको छ। टेलिग्राफका अनुसार, यस त्रैमासिकको विवरणमा प्रिमियम आईफोन १८ प्रो मोडलको बिक्री सुरु भएको पहिलो केही दिनको आम्दानी मात्रै समावेश छ। एप्पलको नयाँ फोल्डेबल फोन आईफोन डुओ भने चालु त्रैमासिकदेखि बिक्रीमा आएको हो। त्यसैले यसको बिक्रीबाट प्राप्त आम्दानी यसपटकको वित्तीय विवरणमा समावेश छैन। कम्पनीको आईफोन बिक्रीबाट हुने आम्दानी १७.५ प्रतिशतले बढेर ५७ अर्ब ६० करोड डलर (५१ अर्ब ४० करोड युरो) पुगेको छ। त्यस्तै, म्याक कम्प्युटरको बिक्री करिब २४ प्रतिशतले बढेको छ। तर आईप्याडको आम्दानी १०.४ प्रतिशतले घटेको छ। पहिरनयोग्य उपकरण, घरेलु उपकरण तथा अन्य सामग्रीको बिक्रीबाट हुने आम्दानी पनि ७.९ प्रतिशतले घटेको कम्पनीले जनाएको छ। सेप्टेम्बर १ मा टिम कुकको स्थानमा जोन टर्नसले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हालेपछि एप्पलले सार्वजनिक गरेको यो पहिलो विवरण हो। टर्नसले ग्रेटर चाइना क्षेत्रमा कम्पनीको व्यवसाय सुधार हुदै गरेको बताएका छन्। उक्त क्षेत्रमा त्रैमासिक अवधिमा आम्दानी २१ प्रतिशत र समग्र आर्थिक वर्षमा २८ प्रतिशतले वृद्धि भएको छ। उनका अनुसार आईफोन र म्याकको बिक्रीले त्रैमासिक आम्दानी बढाउन मुख्य भूमिका खेलेको छ। इनभेस्टिङ डटकमका वरिष्ठ विश्लेषक जेसी कोहेनले मार्केटवाचमा प्रस्तुत गरिएको आफ्नो विश्लेषणमा चीनका साथै पहिरन तथा घरेलु उपकरणको बिक्रीबाट प्राप्त आम्दानी विश्लेषकहरूले गरेको अनुमानभन्दा कम रहेको बताएका छन्। The post तेस्रो त्रैमासमा एप्पलको आम्दानीमा १२ प्रतिशतले वृद्धि appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
असोज महिनामा ४४ करोड भन्दा बढीको विद्युतीय चुलो आयात
TechnologyJust now

असोज महिनामा ४४ करोड भन्दा बढीको विद्युतीय चुलो आयात

चालु आर्थिक वर्ष २०८३/८४ तेस्रो महिना अर्थात असोज मसान्तसम्म नेपालमा ४४ करोड ९२ लाख ३० हजार रुपैयाँ बराबरका विद्युतीय चुलोहरु आयात भएका छन्। भन्सार विभागले हालै सार्वजनिक गरेको उक्त अवधिसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले विश्वका विभिन्न ९ देशहरुबाट उक्त मूल्य बराबरका २ लाख ९ हजार ८७७ थान यस्ता विद्युतीय चुलोहरु आयात गरेको हो। यी परिमाणमा विद्युतीय चुलोहरु आयातवापत् सरकारले ५ करोड ८६ ...

टेक्नोलोजी खबर
मोबाइल इन्टरनेटमा फोरजीको दबदबा बढ्दै, थ्रीजीको प्रयोग २.५७ प्रतिशतमा झर्‍यो
TechnologyJust now

मोबाइल इन्टरनेटमा फोरजीको दबदबा बढ्दै, थ्रीजीको प्रयोग २.५७ प्रतिशतमा झर्‍यो

नेपालमा मोबाइल इन्टरनेट प्रयोगको स्वरूप पछिल्ला पाँच वर्षमा निकै बदलिएको छ। कुनै समय मोबाइल इन्टरनेटको प्रमुख माध्यम रहेको थ्रीजी सेवा अहिले लगभग विस्थापित हुने अवस्थामा पुगेको छ। यसको ठाउँ फोरजी सेवाले लिँदै गएको तथ्याङ्कले देखाउँछ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा यसबारे प्रस्ट पारिएको छ। प्रतिवेदन अनुसार जनसङ्ख्याको आधारमा मोबाइल ब्रोडब्यान्ड सेवाको अवस्था हेर्दा आर्थिक वर्ष २०७८/७९ मा ३४.४५ प्रतिशत जनसङ्ख्यामा ...

टेक्नोलोजी खबर
नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. राजन विक्रम थापाको शैक्षिक र व्यावसायिक पृष्ठभूमि
TechnologyJust now

नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. राजन विक्रम थापाको शैक्षिक र व्यावसायिक पृष्ठभूमि

१९ कात्तिक, काठमाडौं। नेपाल सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. राजन विक्रम थापालाई नियुक्त गरेको छ। योग्यता सम्बन्धी विवादका कारण तत्कालीन अध्यक्ष शरद ओझा २०८२ भाद्र २ गते बर्खास्त भएपछि प्राधिकरण सहसचिवहरूको नेतृत्वमा सञ्चालन हुँदै आएको थियो। करिब एक वर्षको अन्योलपछि प्राधिकरणले पूरा चार वर्षका लागि स्थायी कार्यकारी […] The post नेपाल बीमा प्राधिकरणका ...

आइसिटी फ्रेम
एआईको बढ्दो बजारलाई लक्षित गर्दै मार्भेलले ११५ अर्ब डलरमा लुमेन्टम किन्ने
TechnologyJust now

एआईको बढ्दो बजारलाई लक्षित गर्दै मार्भेलले ११५ अर्ब डलरमा लुमेन्टम किन्ने

चिप निर्माता कम्पनी मार्भेल टेक्नोलोजीले अप्टिकल कम्पोनेन्ट उत्पादक कम्पनी लुमेन्टमलाई ११५ अर्ब अमेरिकी डलरमा खरिद गर्ने भएको छ। ऋणसमेत समेटिएको यो कारोबार प्रविधि उद्योगकै सबैभन्दा ठूला अधिग्रहणमध्ये एक हो। यसमार्फत मार्भेलले कृत्रिम बुद्धिमता (एआई) पूर्वाधार विस्तारसँगै आगामी वर्षहरूमा चिपको माग बढ्ने अपेक्षामा ठूलो लगानी गर्न लागेको हो। सोमबार सार्वजनिक गरिएको पूर्ण सेयर कारोबारमा दुई कम्पनी एक हुनेछन्। चिप निर्माता कम्पनी एनभिडियाको लगानी ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play