Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै लीलाबहादुर

Share:WhatsAppFacebookX (Twitter)Telegram
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै लीलाबहादुर
Photo / Coverage: नेपालन्युज

बागलुङ। वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका–४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्। विदेशमा राम्रो आम्दानी गर्ने सपना बोकेर जापान पुगेका उनी आफ्नै गाउँको माटो र कृषि कर्मप्रतिको आकर्षणका कारण लामो समय विदेशमा बस्न सकेनन्। जापानको रोजगारी छाडेर फर्किएका घर्ती अहिले आफ्नै गाउँमा फलफूल, तरकारीखेती तथा पशुपालन व्यवसाय विस्तारमा जुटेका छन् । उनले निसीखोला–४ स्थित विस्मारेमा ‘अमृत फलफूल तथा तरकारी पशुपन्छीपालन कृषि फार्म प्रालि’ सञ्चालन गरेका छन् । घर्तीले २०७१ सालदेखि व्यावसायिक कृषि सुरु गरेका हुन् । भारतको हिमाचल प्रदेशमा बसोबास गर्दा स्याउ र किवीखेतीबारे जानकारी तथा अनुभव हासिल गरेका घर्तीले स्वदेश फर्किएपछि करिब १० रोपनी जग्गामा किवीखेती सुरु गरेका थिए । कृषि व्यवसायमा केही वर्ष बिताएपछि उनी वैदेशिक रोजगारीका लागि जापान गएका थिए । तर, विदेशको बसाइभन्दा आफ्नै गाउँमा सुरु गरेको कृषि व्यवसायप्रतिको मोह बलियो भएपछि एक वर्षमै फर्किए । किवीखेतीलाई निरन्तरता दिँदै कृषि व्यवसाय विविधिकरणमा लागेका घर्तीले किवी बिक्रीबाट वार्षिक करिब तीन लाख आम्दानी गर्दै आएका छन् । उनले टिमुरखेतीसमेत विस्तार गरेका छन् । हाल एउटा गाई पालेर दूध बिक्री गर्दै आएका उनले व्यावसायिक बङ्गुरपालन सुरु गर्ने तयारी गरेका छन् । त्यसका लागि आवश्यक भौतिक संरचनासमेत निर्माण गरिसकेका छन् । कृषि र पशुपालनलाई एकीकृत रूपमा अघि बढाउँदा उत्पादन लागत घटाउनुका साथै आम्दानी बढाउन सकिने उनको विश्वास छ । पशुपालनबाट प्राप्त हुने मल कृषि उत्पादनमा प्रयोग गर्न सकिने भएकाले दुवै व्यवसायलाई सँगसँगै अघि बढाउने योजना बनाएको उनी बताउँछन् । कृषि उद्यमसँगै घर्ती सामाजिक सेवामा पनि सक्रिय छन् । उनी निसीखोला गाउँपालिका–४ का वडा सदस्यसमेत हुन् । जनप्रतिनिधिको जिम्मेवारी निर्वाह गर्दै कृषि उत्पादनमा समेत संलग्न घर्ती जनप्रतिनिधि आफैँ उत्पादन र उद्यमशीलतामा लाग्नुपर्ने धारणा राख्छन् । वैदेशिक रोजगारीका लागि विदेश जाने र उतै भविष्य खोज्ने युवाको सङ्ख्या बढिरहेका बेला घर्तीले भने आफ्नै गाउँमा कृषि उद्यमको सम्भावना खोजिररहेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दसौँ राष्ट्रिय खेलकुदमा बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
Latest NewsJust now

दसौँ राष्ट्रिय खेलकुदमा बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन

कर्णाली । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ । सहआयोजक कर्णाली प्रदेश भने अहिलेसम्म पदकविहीन छ । हालसम्म सम्पन्न विभिन्न खेलका आधारमा बागमतीले १९ स्वर्ण, १२ रजत र १४ कास्य गरी कुल ४५ पदक जितेको छ । प्रतियोगितामा कर्णालीले भने कुनै पनि विधामा पदक जित्न सकेको ...

नेपालन्युज
अयोध्या–जनकपुर रेलले खोल्यो पर्यटनको ढोका, पर्यटक टिकाइराख्न चुनौती
Latest NewsJust now

अयोध्या–जनकपुर रेलले खोल्यो पर्यटनको ढोका, पर्यटक टिकाइराख्न चुनौती

जनकपुरधाम । भारतको अयोध्याबाट रेल चढेर जनकपुरधाम आइपुगेका तीर्थयात्रीका लागि यो केवल यात्रा होइन, भगवान् रामको जन्मभूमि र माता सीताको जन्मभूमिबिचको धार्मिक सम्बन्धलाई प्रत्यक्ष अनुभूति गर्ने अवसर पनि हो ।... ...

रातोपाटी
रियल म्याड्रिड घरमै एलाभेससँग पराजित
Latest NewsJust now

रियल म्याड्रिड घरमै एलाभेससँग पराजित

काठमाडौ । रियल म्याड्रिड स्पेनी ला लिगामा शनिबार एलाभेससँग घरमै २–१ ले पराजित भएको छ । खेलको अन्त्यतिर जुडे बेलिंघमले रातो कार्ड पाए र रियल दस खेलाडीमा पनि सीमित रहेको थियो । जोसे मोउरिन्होको रियल यसअघि सबै प्रतियोगिता गरेर १० खेलमा अपराजित रहेको थियो । तर बर्नाबाउमा टोनी मार्टिनेज र एन्जेल पेरेजको गोलमा एलाभेसले दुई गोलको अग्रता लिएपछि खेलमा फर्कन सकेन् ...

केन्द्रबिन्दु
दसौं राष्ट्रिय खेलकुद : आज ८ खेल हुँदै
Latest NewsJust now

दसौं राष्ट्रिय खेलकुद : आज ८ खेल हुँदै

आज महिला तथा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, बक्सिङ, जिम्न्यास्टिक, फुलकन्ट्याक्ट कराते र टेनिस प्रतियोगिता हुनेछन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement