जापानको जवाफ नआएपछि प्रस्तावित राजदूत थापाको संसदीय सुनुवाइ अनिश्चित

संसदीय सुनुवाइ समितिले ‘होल्ड’ राखेको जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाको सुनुवाइ अझै अनिश्चित भएको छ।

सुनुवाइ समितिमा थापाले पीआर नलिएको भन्दै कागजात बुझाएका थिए। तर, गत असोज २६ गते सुनुवाइ समितिले थापासँग जापानको पीआर भए–नभएको जानकारी गराउन परराष्ट्र मन्त्रालयमार्फत् जापान सरकारलाई पत्राचार गरेको थियो।

यद्यपि, अहिलेसम्म त्यसको जवाफ नआएको सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए। ‘हि ह्याज डिक्लाइन पिआर भनेर इमेलमा संवादकै शैलीमा जवाफ दिइएको छ। तर, हामीले इमेलमा भएको कुरालाई अथेन्टिक बनाइदिन भनेका हौँ,’ श्रेष्ठले नेपालखबरसँग भने, ‘हामीले त्यसबारे आधिकारिक पत्र नै आओस् भनेका छौँ।’

पहिलो पत्रको जवाफबारे ताकेता गरिरहेको समितिले प्रस्तावित राजदूत थापा जापानको स्थानीय सरकारसँग समेत सम्बद्ध रहेको, तलब भत्ता लिएको पाइएपछि त्यसको आधिकारिकता पुष्टि गर्न फेरि पत्र पठाएको छ। कात्तिक ९ गते दोस्रो पत्र पठाइएको श्रेष्ठले बताए।

गत असोज २८ गते बसेको सुनुवाइ समितिको बैठकमा थापासँग जापानको पप्आर रहेको भन्दै कुनै निर्णय नगरी ‘होल्ड’मा राखिएको थियो। ‘विज्ञानकुमार थापाको विषयमा उठेका विषयमाथि जापान सरकारसँग हामीले केही डकुमेन्ट मगाएका थियौँ, एउटा सुनुवाई अघि असोज २६ गते,’ श्रेष्ठले भने, ‘तर त्यसको जवाफ आइसकेको छैन। ढिला भयो भनेर परराष्ट्रमार्फत् अहिले फलोअप भइराखेको छ।’

थापाको पीआरको अवस्थाबारे जानकारीका लागि जापान सरकारलाई अर्को पत्र पठाएर अनुरोध गरिएको उनले बताए। ‘पहिलो पत्र पीआर लिएको हो कि होइन? अहिले त्यसको अवस्था के छ भनेर बुझ्न पठाएका थियौं,’ उनले भने, ‘अर्काे उहाँ जापानको लोकल गभर्मेन्टसँग एफिलिएसन रहेको भन्ने आएकोले यसको आधिकारिकता पुष्टि गर्न पत्राचार गरेका हौँ।’

जापान सरकारबाट दोस्रो पत्रको जवाफ आएको छैन। त्यसबारे जापानबाट जानकारी नआएसम्म संसदीय सुनुवाइ ‘होल्ड’ राख्ने समितिको योजना छ।

सरकारले गत असोज २ गते थापासहित १३ जनालाई विभिन्न देशको राजदूतका लागि प्रस्ताव गरेको थियो। त्यसमध्ये १० जनालाई संसदीय सुनुवाइ समितिले स्वीकृत गरिसकेको छ।

त्यस्तै, संसदीय सुनुवाइ समितिले दुई जनालाई अस्वीकृत गरिसकेको छ। अब थापाको मात्रै बाँकी छ।

Read Complete Original Article
Published originally on नेपालखबर
Related News

प्रस्तावित राजदूत थापाको विवरण जापानले दिएन, निर्णयको तयारीमा सुनुवाइ समिति
जिग्यानकुमार थापाले जापानको स्थायी आवासीय अनुमतिपत्र त्यागेको/नत्यागेको र त्यहाँको सरकारी कोषबाट रकम लिए/नलिएको लगायत विवरण नआएपछि बैठक बसेर सिफारिसबारे निर्णय गर्ने संसदीय सुनुवाइ समितिको तयारी ...

बझाङको प्रमुख जिल्ला अधिकारीमा निराजन श्रेष्ठ
काठमाडौँ । गृह मन्त्रालयले बझाङको प्रमुख जिल्ला अधिकारीमा निराजन श्रेष्ठलाई खटाएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश केशरीको प्रशासकीय अधिकृतमा सरुवा भएपछि रिक्त भएको उक्त पदमा श्रेष्ठलाई पठाइएको हो... ...

रुसमाथि दबाब बढाउन इयूको आग्रह
काठमाडौँ । युरोपेली संघका उच्च अधिकारी एन्टोनियो कोस्टाले बिहीबार सहयोगीहरूलाई मस्कोमाथि ‘दबाब बढाउन’ आग्रह गरेका छन् । युक्रेनको एउटा व्यस्त रेलवे स्टेसनको प्लेटफर्ममा रुसी ड्रोन ठोक्किएर कम्तीमा १४ जनाको मृत्यु भएपछि... ...

१५ वर्षपछि दमौलीमा ‘इलेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै
तनहुँ । पन्ध्र वर्षपछि तनहुँको व्यास नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा दमौलीमा इलेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । शुक्रबारदेखि व्यास नगरपालिका-३ स्थित बिपी वनवाटिकामा वडास्तरीय फुटबल... ...