Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

जापानका प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
जापानका प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता
Photo / Coverage: पर्दाफास

जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाइका क्रममा जापानको स्थायी आवासीय अनुमति (पीआर) लिएको विषयमा प्रश्न उठेपछि थापाले राजदूत नियुक्तिको सिफारिसबाट नाम फिर्ता लिने निर्णय गरेका हुन् । स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्न उठेकाले नाम फिर्ता लिन लागेको संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले थापाले बताए । उनले केहीबेरमा औपचारिक निवेदन पठाउने छन् । गत असोज २८ गते भएको सुनुवाइमा थापाले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए । तर, संविधानको धारा २९१ र पीआर त्यागेको अवधिबारे सांसदहरूले प्रश्न उठाएपछि उनको सुनुवाइ टुंगिएको थिएन । यसअघि राजदूत नियुक्तिका लागि सिफारिस गरिएका १३ जनामध्ये १० जनाको नाम समितिले अनुमोदन गरेको थियो । साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलको नाम भने अस्वीकृत भएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ग्यास उद्योग मर्जरमा सरकारसँग के छ उद्योगीको माग ?
OthersJust now

ग्यास उद्योग मर्जरमा सरकारसँग के छ उद्योगीको माग ?

नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले बजारमा देखिएको ब्रान्डको अराजकता रोक्न र उपभोक्तालाई राहत दिन निगमले मर्जरको औपचारिक प्रक्रिया सुरु गरिसकेको बताए । ...

अनलाइन खबर
एनपीएल : सुदूरपश्चिमले पायो जितका लागि १३० रनको लक्ष्य
OthersJust now

एनपीएल : सुदूरपश्चिमले पायो जितका लागि १३० रनको लक्ष्य

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२९ रन बनायो। जसमा रवी बोपराले सर्वाधिक ४९ रन जोडे । सुदूरपश्चिमका स्कट कुइगलीनले २ विकेट लिए । सुदूरपश्चिम चौथो खेल खेलिरहदा ...

पर्दाफास
चितवनले सुदूरपश्चिमलाई दियो १३० रनको लक्ष्य
OthersJust now

चितवनले सुदूरपश्चिमलाई दियो १३० रनको लक्ष्य

२७ रनमा २ विकेट गुमाएको अवस्थामा चितवनका लागि रवि बोपारा र डाविड मालानले ३५ रनको साझेदारी गरेका थिए । यस्तै बोपाराले चौथो विकेटका लागि कप्तान सिकन्दर राजासँग ३२ रनको साझेदारी गरेका थिए । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play