Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

जाडो याम र छोटो दिनले बढाउन सक्छ मौसमी डिप्रेसन, यसरी गर्न सकिन्छ नियन्त्रण

Share:WhatsAppFacebookX (Twitter)Telegram
जाडो याम र छोटो दिनले बढाउन सक्छ मौसमी डिप्रेसन, यसरी गर्न सकिन्छ नियन्त्रण
Photo / Coverage: विश्वखबर

काठमाडौं– जाडोयाम नजिकिँदै जाँदा दिन छोटा र घाम लाग्ने समय कम हुँदै जान्छ। यस्तो अवस्थामा मौसमी डिप्रेसनको समस्या हुने मानिसले आफ्नो शरीर र मस्तिष्कमा त्यसको प्रभाव महसुस गर्न सक्छन् । लाखौं मानिसमा देखिने अनुमान गरिएको ‘सिजनल अफेक्टिभ डिसअर्डर’ (एसएडी) अर्थात् मौसमी भावनात्मक विकार यस्तो समस्या हो, जसमा मानिसलाई सामान्यतया शरद ऋतुदेखि डिप्रेसनका लक्षण देखिन थाल्छन् र वसन्त वा गर्मीयाम सुरु भएपछि ती लक्षण कम हुँदै जान्छन् । मौसमी डिप्रेसन बढाउने एउटा कारण दिनको उज्यालो समय घट्नु पनि हो । अमेरिकाका धेरै स्थानमा आइतबारदेखि घडीलाई पुनः मानक समयमा फर्काइएपछि अपराह्न छिट्टै अँध्यारो हुन थालेको छ । यसले मौसमी डिप्रेसनको समस्या भएका मानिसलाई थप असर गर्न सक्छ । यसको तुलनात्मक रूपमा हल्का स्वरूपलाई ‘सबसिन्ड्रोमल एसएडी’ भनिन्छ, जसलाई पनि चिकित्सा विज्ञहरूले मान्यता दिएका छन् । गर्मीयाममा पनि मौसमी डिप्रेसन हुनसक्छ । तर यसबारे अनुसन्धान भने तुलनात्मक रूपमा कम भएको छ । सन् १९८४ मा नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) का तत्कालीन अनुसन्धानकर्ता डा. नर्मन रोसेन्थल नेतृत्वको टोलीले पहिलोपटक मौसमी डिप्रेसनबारे व्याख्या गर्दै ‘एसएडी’ शब्द प्रयोगमा ल्याएको थियो । रोसेन्थलले भनेका छन्, ‘यो शब्द सम्झन सजिलो भएकाले नै यसको संक्षिप्त नाम लोकप्रिय भएको मेरो विश्वास छ ।’ मौसमी डिप्रेसनको कारण पत्ता लगाउन वैज्ञानिकको प्रयास मौसमी भावनात्मक विकार (एसएडी) हुनुको एउटै निश्चित कारण अहिलेसम्म पत्ता लागेको छैन । अमेरिकी नेसनल इन्स्टिच्युट अफ हेल्थका अनुसार यो समस्या पुरुषको तुलनामा महिलामा धेरै देखिन्छ । यसका लक्षण सामान्य डिप्रेसनसँग मिल्दोजुल्दो हुन्छन् । निरन्तर निराशा महसुस हुनु, भविष्यप्रति नकारात्मक सोच आउनु, एकाग्रता कमजोर हुनु, कुरा सम्झन कठिनाइ हुनु तथा निर्णय लिन समस्या हुनु यसका प्रमुख लक्षण हुन् । यो समस्या कसरी उत्पन्न हुन्छ भन्ने बुझ्न वैज्ञानिकहरूले आँखामा रहेका विशेष कोषिकामाथि अनुसन्धान गरिरहेका छन् । ती कोषिकाले प्रकाशको स्पेक्ट्रममा रहेको नीलो तरङ्गलाई कसरी स्नायु संकेतमा परिवर्तन गर्छन् र त्यसले मानिसको मनोदशा तथा सतर्कतामा कस्तो प्रभाव पार्छ भन्ने विषयमा अध्ययन भइरहेको छ । सूर्यको प्रकाशमा नीलो प्रकाशको मात्रा पर्याप्त हुन्छ । आँखाका विशेष कोषिकाले यस्तो प्रकाश ग्रहण गर्दा मस्तिष्कको सतर्कता नियन्त्रण गर्ने भाग सक्रिय हुन्छ । त्यसले मानिसलाई बढी जागरुक र सम्भवतः खुसी महसुस गराउन मद्दत गर्छ । अमेरिकाको पिट्सबर्ग विश्वविद्यालयकी अनुसन्धानकर्ता क्याथरिन रोक्लिनले मौसमी डिप्रेसन भएका र नभएका मानिसको आँखाले नीलो प्रकाशमा कस्तो प्रतिक्रिया जनाउँछ भन्ने अध्ययन गरेकी थिइन् । अध्ययनमा मौसमी डिप्रेसन भएका मानिसको समूहमा अन्य मानिसको तुलनामा नीलो प्रकाशप्रतिको संवेदनशीलता कम देखिएको थियो । विशेषगरी जाडोयाममा यस्तो भिन्नता बढी देखिएको थियो । यसले जाडोयाममा हुने डिप्रेसनको सम्भावित कारण बुझ्न एउटा आधार दिएको अनुसन्धानकर्ताहरूको भनाइ छ । दिन छोटिँदा उज्यालो प्रकाशको प्रयोग उपयोगी मौसमी डिप्रेसन भएका धेरै मानिसलाई प्रकाश उपचार (लाइट थेरापी) प्रभावकारी हुने येल विश्वविद्यालयको विन्टर डिप्रेसन रिसर्च क्लिनिकका डा. पल डेसान बताउँछन् । यो उपचार विधिमा बिहान करिब आधा घण्टासम्म विशेष उपकरणबाट निस्कने तीव्र प्रकाशमा बस्नुपर्छ । यस्ता उपकरणबाट निस्कने प्रकाश सामान्य कोठाभित्रको प्रकाशभन्दा करिब २० गुणा बढी चम्किलो हुन्छ । अनुसन्धानले करिब १० हजार लक्स क्षमताको प्रकाश प्रयोग गर्नु प्रभावकारी हुने देखाएको छ । लक्स प्रकाशको चमक मापन गर्ने एकाइ हो । अध्ययनअनुसार यस्तो प्रकाश हरेक बिहान ३० मिनेट प्रयोग गर्नुपर्छ । डा. डेसानका अनुसार यसले मौसमी डिप्रेसन भएका मानिसलाई मात्र नभई जाडोयाममा सामान्य रूपमा उदास वा निराश महसुस गर्ने मानिसलाई पनि राहत दिन सक्छ । प्रकाश उपचारका लागि प्रयोग हुने विशेष उपकरणको मूल्य ५० अमेरिकी डलरदेखि ४०० डलरभन्दा बढी पर्न सक्छ । तर मौसमी डिप्रेसनको उपचारका नाममा बजारमा बिक्री भइरहेका केही उपकरण पर्याप्त चम्किलो नहुने भएकाले प्रभावकारी नहुन सक्ने डेसान बताउँछन् । येल विश्वविद्यालयले परीक्षण गरेका केही उपकरण र तिनका सिफारिसबारे जानकारी आफ्नो वेबसाइटमा उपलब्ध गराएको छ । त्यस्तै गैरनाफामूलक संस्था सेन्टर फर इन्भाइरोन्मेन्टल थेराप्युटिक्सले पनि उपभोक्तालाई उपयुक्त लाइट बक्स छनोट गर्न मार्गदर्शन उपलब्ध गराएको छ । यदि चिकित्सकले मौसमी डिप्रेसन भएको निदान गरेका छन् भने यस्तो उपकरण किन्नुअघि स्वास्थ्य बिमा कम्पनीसँग यसको खर्च बिमाले समेट्छ कि समेट्दैन भनेर बुझ्न सकिन्छ । मनोपरामर्श र औषधोपचार पनि प्रभावकारी मौसमी डिप्रेसनको उपचारमा प्रकाश उपचारसँगै डिप्रेसनविरुद्ध प्रयोग गरिने औषधि पनि पहिलो प्राथमिकताका उपचार विधिमध्ये पर्छन् । चिकित्सकहरूले नियमित सुत्ने र उठ्ने समय कायम राख्न तथा बादल लागेको दिनमा समेत बाहिर निस्केर हिँडडुल गर्न सुझाव दिने गरेका छन् । प्रकाश उपचारबाट प्राप्त हुने फाइदा यसको प्रयोग बन्द गरेपछि कम हुन सक्छ । तर मनोपरामर्शको एउटा विधि ‘कग्निटिभ बिहेभियरल थेरापी’ (सीबीटी) ले तुलनात्मक रूपमा लामो समयसम्म प्रभाव पार्न सक्ने विभिन्न अध्ययनले देखाएका छन् । भर्मोन्ट विश्वविद्यालयकी अनुसन्धानकर्ता केली रोहनका अनुसार सीबीटी विधिमा मनोचिकित्सक वा परामर्शदातासँग मिलेर मानिसले आफूभित्र विकास गरेका नकारात्मक र अनुपयोगी सोच पहिचान गर्ने तथा तिनलाई सकारात्मक र उपयोगी सोचमा परिवर्तन गर्ने काम गरिन्छ । मनोपरामर्शले मानिसलाई फेरि दैनिक जीवनका रमाइला गतिविधिमा सहभागी हुन साना–साना कदम चाल्न सहयोग गर्छ । रोहनका अनुसार मानिसले आफूलाई सहज लाग्ने र रमाइलो अनुभव हुने गतिविधिको योजना बनाउनुपर्छ । जाडोयाममा घरभित्रै सीमित हुने बानीबाट बाहिर निस्कन साथीभाइसँग भेटघाट गर्ने, सँगै बसेर कफी पिउने वा मन पर्ने सामान्य गतिविधिमा सहभागी हुने गर्न सकिन्छ । यस्ता साना गतिविधिले मानिसलाई एक्लोपन र निराशाबाट बाहिर निस्कन सहयोग पुर्‍याउन सक्छन् । –एपीबाट

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लक्ष्मीपूजाको दिन काठमाडौंमा बढ्यो फूलको व्यापार
Latest NewsJust now

लक्ष्मीपूजाको दिन काठमाडौंमा बढ्यो फूलको व्यापार

काठमाडौं । यमपञ्चक अन्तर्गत लक्ष्मीपूजाको दिन आइतबार काठमाडौंमा फूलको व्यापार बढेको छ । उपत्यकाका बिभिन्न स्थानबाट तिहारमा सबैभन्दा बढी माग हुने सयपत्री फूलको किनबेच भएको छ । लक्ष्मीपूजा गर्दा आफ्नो घर, पसल सजाउका लागि सयपत्री फूलको अधिकतम प्रयोग हुने गरेको छ । काठमाडौं महानगरले स्थान नै तोकेर फूलको खरिदबिक्रि गर्ने व्यवस्था मिलाएको छ । यस बर्ष तिहारमा ६४ करोड ५० लाख बराबरको फूलको ...

केन्द्रबिन्दु
बझाङमा भरूवा बन्दुकसहित एक जना पक्राउ
Latest NewsJust now

बझाङमा भरूवा बन्दुकसहित एक जना पक्राउ

बझाङ । बझाङमा १ थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको मष्टा गाउँपालिका–२ धनातोली बस्ने ४० वर्षीय राजेन्द्र रोकायालाई भरूवा बन्दुकसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो... ...

रातोपाटी
लक्ष्मीपूजामा विद्युत् आपूर्तिमा समस्या नहुने प्राधिकरणको दाबी
Latest NewsJust now

लक्ष्मीपूजामा विद्युत् आपूर्तिमा समस्या नहुने प्राधिकरणको दाबी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाका दिन विद्युत् आपूर्तिमा समस्या नहुने जनाएको छ । प्राधिकरणले उक्त दिन करिब एक हजार ९०० देखि दुई हजार मेगावाटसम्म विद्युत् माग हुने अनुमान गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार अहिले विद्युत् उत्पादन र आपूर्तिका लागि पर्याप्त क्षमता उपलब्ध छ । पछिल्लो समय भएको वर्षाका […] ...

लोकपथ
पर्सा जिल्ला अदालतको सेवा प्रवाहमा सुधार
Latest NewsJust now

पर्सा जिल्ला अदालतको सेवा प्रवाहमा सुधार

पर्सा । जिल्ला अदालतले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले संरचनागत र व्यवस्थापकीय सुधार गरेको छ। सरल र सुविधायुक्त वातावरणमा न्यायिक सेवा उपलब्ध गराउन सेवाग्राहीमैत्री न्याय प्रशासनलाई प्राथमिकता दिँदै संस्थागत विकास, भौतिक पूर्वाधारमा सुधार गरी विभिन्न सुधारका काम अघि बढाइएको छ । अदालतले न्यायको मूर्ति स्थापना, महिला तथा पुरुष सेवाग्राहीका लागि छुट्टाछुट्टै शौचालय निर्माण तथा न्यायाधीशको च्याम्बरमा शौचालयको व्यवस्था ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play