Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/जलवायुजन्य विपद् सामना गर्न क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ

जलवायुजन्य विपद् सामना गर्न क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ

Share:WhatsAppFacebookX (Twitter)Telegram
जलवायुजन्य विपद् सामना गर्न क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ

काठमाडौं।हिमाली क्षेत्रमा जलवायु परिवर्तनले सिर्जित जटिल विपद् न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि, तथ्याङ्क आदानप्रदान र क्षेत्रीय सहकार्यमा जोड दिइएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले उक्त कुरा थाइल्यान्डको बैङ्ककमा आयोजित एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौं मन्त्रीस्तरीय सम्मेलनको उद्घाटन सत्रमा बताएका हुन्। संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक र सामाजिक आयोगद्वारा आयोजित कार्यक्रममा बुधबार बिहान मन्तव्य दिँदै मन्त्री श्रेष्ठले जलवायु तथा भू–विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोगमा जोड दिएका हुन्। सम्बोधनका क्रममा मन्त्री श्रेष्ठले हालै लाङटाङस्थित लिरुङमा हिमपहिरो तथा बूढीगण्डकी क्षेत्रमा पहिरोका कारण भएका ठूला विपद्, जनधनको क्षति र निर्माणाधीन जलविद्युत् आयोजनामा पुगेको असरबारे ध्यानाकर्षण गराएका थिए। उनले द्रुत क्षति तथा आवश्यकता आकलनअनुसार विपद्को प्रभाव करिब २.७ अर्ब अमेरिकी डलर बराबर रहेको र पुनर्निर्माणका लागि करिब ४.८ अर्ब डलर आवश्यक पर्ने जानकारी दिए। उनले बैङ्ककको मन्त्रिस्तरीय घोषणापत्रको मस्यौदाको स्वागत गर्दै सन् २०२६ देखि २०३० सम्मको तेस्रो चरणमा उपग्रहबाट प्राप्त तथ्याङ्क साझेदारी, पूर्व सूचना प्रणाली र प्राविधिक सहयोगलाई सुदृढ बनाउन अपिल गरे। साथै, हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगण्य (०.०१ प्रतिशत) रहे पनि सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जन हासिल गर्ने र स्वच्छ ऊर्जा प्रणालीको रक्षा गर्ने नेपालको प्रतिबद्धता दोहोर्‍याए। सम्मेलनका अवसरमा बिहीबार (२९ अक्टोबरमा) नेपाल र संयुक्त राष्ट्रसंघीय इएससीएपीको संयुक्त आयोजनामा ‘सगरमाथादेखि सागरसम्म : भोटेकोशी–त्रिशूली विपद्का पाठहरू’ विषयक क्षेत्रीय संवाद समेत सञ्चालन हुन गइरहेको मन्त्री श्रेष्ठले सहभागीलाई जानकारी गराए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
ताजा खबरJust now

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण

अध्यक्ष कुलमान घिसिङले प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसमक्ष बहादुर भवनस्थित आयोगको कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् । ...

कान्तिपुर
बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
ताजा खबरJust now

बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशबाट जमिन प्रवेश गरेको जनाएको छ । यसको प्रभावले नेपालका केही भू–भागमा समेत बादल लागिरहेको... ...

रातोपाटी
पोखरा एभेन्जर्सले गुमायाे अर्काे विकेट
ताजा खबरJust now

पोखरा एभेन्जर्सले गुमायाे अर्काे विकेट

काठमाडौँ। पोखरा एभेन्जर्सका सदिरा समरविक्रमा आउट भएका छन्। उनी ९ बलमा ८ रन बनाएर आउट भएका हुन्। उनी सुदूरपश्चिम रोयल्सका अनिल खरेलको बलमा आउट भएका हुन्। अनिलले अहिलेसम्म ३ विकेट लिएका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play