काठमाडौं। ‘जनतासँग सरकार’ कार्यक्रमअन्तर्गत कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङ आज साँझ ललितपुरको पाटन पुगेका छन्। मन्त्रीद्वयसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता तथा सांसद जगदीश खरेल पनि सहभागी थिए। उनीहरूले सुनधारा–टंगाल–ओकुबहाल–अग्निशाला–पिम्बहाल–मंगलबजार क्षेत्रको भ्रमण गर्दै स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरेका थिए। सो क्रममा उनीहरूले स्थानीयका गुनासा, समस्या र सुझाव सुनेका थिए।
जनतासँग सरकार कार्यक्रमः पाटन पुगे दुई मन्त्री र रास्वपा प्रवक्ता

Read Complete Original Article
Published originally on अनलाइनपाना






