जनकपुर बोल्ट्सको पहिलो खेलमै छात्राको शिक्षाका लागि २८ हजार संकलन

काठमाडौं । क्रिकेटको मैदानमा हासिल हुने सफलतालाई छात्राहरूको शैक्षिक भविष्यसँग जोड्ने उद्देश्यले सुरु गरिएको ‘सिक्सेस फर हर फ्युचर’ अभियानले जनकपुर बोल्ट्सको पहिलो खेलबाटै २८ हजार रुपैयाँ संकलन गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) मा टोलीले लिएका विकेट र प्रहार गरेका छक्काका आधारमा उक्त रकम संकलन भएको हो । जनकपुर बोल्ट्सकी युवा एम्बेसडर डा. सरिशा श्रेष्ठको नेतृत्वमा अघि बढाइएको अभियानमा एआरकेएसएच ग्रुप सहयोगी प्रायोजकका रूपमा जोडिएको छ । ग्रुपले अभियानका लागि प्रारम्भिकरूपमा एक लाख ५० हजार रुपैयाँको शैक्षिक सहयोग कोष स्थापना गरेको छ ।अभियानअन्तर्गत सहमतिमा तोकिएका एनपिएल खेलमा जनकपुर बोल्ट्सले लिने प्रत्येक विकेट र प्रहार गर्ने प्रत्येक छक्काबापत दुई हजार रुपैयाँ छात्राहरूको शिक्षाका लागि योगदान गरिने व्यवस्था छ । टोलीले पहिलो खेलमा नौ विकेट लिनुका साथै पाँच छक्का प्रहार गरेको थियो । यसअनुसार विकेटबाट १८ हजार र छक्काबाट १० हजार गरी कुल २८ हजार रुपैयाँ संकलन भएको हो । ‘हरेक छक्काले उनको भविष्यलाई अगाडि बढाउँछ’ भन्ने सन्देशसहित सञ्चालन गरिएको अभियानले मधेस प्रदेशका आर्थिकरूपमा विपन्न छात्राहरूलाई शिक्षामा पहुँच बढाउन र विद्यालय शिक्षालाई निरन्तरता दिन सहयोग गर्ने लक्ष्य राखेको छ । अभियानमार्फत् कम्तीमा १० जना मधेसी छात्रालाई शैक्षिक सहयोग उपलब्ध गराउने योजना छ । संकलित रकमबाट विद्यालय पोशाक, पुस्तक तथा अन्य शैक्षिक सामग्री, परीक्षा शुल्क र यातायात खर्चलगायतका आवश्यकतामा सहयोग गरिनेछ । आर्थिक अभावका कारण विद्यालय छाड्नुपर्ने जोखिममा रहेका छात्राहरूलाई प्राथमिकता दिई लाभग्राही छनोट गरिने अभियानले जनाएको छ । यसका लागि स्थानीय विद्यालय तथा शिक्षा क्षेत्रमा कार्यरत गैरसरकारी संस्थासँग सहकार्य गर्ने योजना छ । त्यस्तो सहकार्यबाट छात्राहरूको आवश्यकता पहिचान, सहयोग वितरण र उनीहरूको शैक्षिक निरन्तरताको अनुगमन गरिनेछ । ‘सिक्सेस फर हर फ्युचर’ अभियानले क्रिकेटलाई प्रतियोगिता र मनोरञ्जनमा मात्र सीमित नराखी शिक्षा तथा सामाजिक विकाससँग जोड्ने प्रयास गरेको छ । मैदानमा खेलाडीले गर्ने प्रदर्शनबाट संकलित रकमले आर्थिकरूपमा विपन्न छात्राहरूलाई विद्यालय शिक्षामा टिकिरहन सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रारम्भिक एक लाख ५० हजार रुपैयाँको शैक्षिक कोषसँगै खेलमा आधारित योगदानमार्फत् छात्राहरूको भविष्यमा लगानी गर्ने अभियानको उद्देश्य छ । जनकपुर बोल्ट्सका आगामी खेलमा टोलीले लिने विकेट र प्रहार गर्ने छक्कासँगै सहयोग रकम थपिँदै जाने अपेक्षा गरिएको छ । क्रिकेटको हरेक विकेट र छक्कालाई छात्राहरूको शिक्षामा सहयोग पुर्याउने माध्यम बनाउँदै अघि बढाइएको यस अभियानले खेलकुदको उपलब्धिलाई सामाजिक परिवर्तनसँग जोड्ने लक्ष्य राखेको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

पौष्टिक पेयको विकल्प होइन ‘इनर्जी ड्रिङ्क्स’
गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १३ गते । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘इनर्जी ड्रिङ्क्स’ लाई पानी, जुस, दुध, वा मोही जस्ता पौष्टिक पेय पदार्थको विकल्पमा पिउन नहुने... ...

पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल
कास्की। पोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार, द्विपक्षीय लगानी वृद्धि तथा पर्यटन, सूचना प्रविधि र व्यापारका क्षेत्रमा सहकार्यका बारेमा छलफल भएको छ। थाइल्यान्डको उद्योग मन्त्रालयका सल्लाहकार दीपेन्द्र देसार नेतृत्वको प्रतिनिधिमण्डल र पोखरा उद्योग वाणिज्य सङ्घका पदाधिकारीबीच बिहीबार भएको छलफल तथा अन्तरक्रियामा द्विपक्षीय सहकार्य गरेर अघि बढ्ने सहमति भएको हो। थाइल्यान्डमा लामो समयदेखि बस्दै आउनुभएका नेपालीमूलका देसार सूचना प्रविधि, पर्यटन तथा ...

क्षतिको पूर्ण प्रतिवेदन तिहारअघि नै सार्वजनिक हुने, पुनर्निर्माणमा ७ खर्ब लाग्ने अनुमान
काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिको विस्तृत तथा पूर्ण विवरण तिहारअघि नै सार्वजनिक गर्ने सरकारको तयारी छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले... ...

चाडपर्व खर्च नदिनेविरुद्ध उजुरी कारबाहीको चेतावनीपछि भुक्तानी
गोरखापत्र समाचारदाता काठमाडौँ, कात्तिक १३ गते । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले वर्षमा एक पटक चाडपर्व खर्च उपलब्ध नगराउने रोजगारदाता प्रतिष्ठानलाई कारबाही गर्ने चेतावनी दिएसँग... ...


