Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/जनकपुरदेखि अयोध्यासम्म चल्ने भयो विशेष रेल, प्रधानमन्त्रीको भारत भ्रमणमा उद्घाटनको तयारी

जनकपुरदेखि अयोध्यासम्म चल्ने भयो विशेष रेल, प्रधानमन्त्रीको भारत भ्रमणमा उद्घाटनको तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
जनकपुरदेखि अयोध्यासम्म चल्ने भयो विशेष रेल, प्रधानमन्त्रीको भारत भ्रमणमा उद्घाटनको तयारी

जनकपुरधाम । जनकपुरधामदेखि भारतको धार्मिक नगरी अयोध्यासम्म विशेष रेल सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गर्ने तयारी गरिएको छ। नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार रेल सेवा सञ्चालनका लागि दुवै देशका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच विभिन्न चरणमा छलफल भइरहेको छ। प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा रेल सेवा उद्घाटन गर्ने गरी तयारी भइरहेको भए पनि मिति भने तय भइसकेको छैन। प्रधानमन्त्री शाहले मंसिर ६ गतेदेखि भारत भ्रमण गर्ने तयारी छ। रामायण सर्किटअन्तर्गत जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल सेवा सञ्चालन गर्न आवश्यक पूर्वतयारीबारे छलफल भइरहेको प्रबन्ध सञ्चालक पराजुलीले बताए। उनका अनुसार नेपालतर्फ नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु तथा रेलको सुरक्षाको जिम्मेवारी लिने विषयमा सैद्धान्तिक सहमति भएको छ। केही दिनअघि नेपाल र भारतका रेल्वे सेवा, सुरक्षा, भन्सार तथा अध्यागमन अधिकारीहरूको टोलीले विशेष निरीक्षण यानमार्फत जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षणसमेत गरेको थियो। जनकपुरधाम र अयोध्यालाई प्रत्यक्ष रेल सेवामार्फत जोड्दा दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ हुनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको नगरी अयोध्याबीच रेल सेवा सञ्चालन हुँदा रामायण सर्किटअन्तर्गत तीर्थयात्री तथा धार्मिक पर्यटकको आवागमन सहज हुने जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जीतेन्द्र महासेठले बताए। उनका अनुसार यसले नेपाल र भारतका धार्मिक तथा सांस्कृतिक गन्तव्यबीच पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउनसमेत सहयोग पुर्‍याउनेछ। हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

नेपाली बजारमा एलजी वाटर प्युरिफायरको लोकप्रियता बढ्दै
ताजा खबरJust now

नेपाली बजारमा एलजी वाटर प्युरिफायरको लोकप्रियता बढ्दै

काठमाडौं । नेपाली बजारमा सार्वजनिक भएको एक महिना नबित्दै एलजी वाटर प्युरिफायरले उपभोक्तामाझ लोकप्रियता हासिल गर्न थालेको कम्पनीले जनाएको छ। उन्नत पानी शुद्धीकरण प्रविधि, गुणस्तरीय स्टेनलेस स्टिल ट्याङ्की र निःशुल्क मर्मतसम्भार सुविधाका कारण यसको बिक्रीले बजारमा राम्रो गति लिएको कम्पनीको दाबी छ। एलजी वाटर प्युरिफायरमा सेडिमेन्ट फिल्ट्रेसन, एन्टी-स्केलेन्ट ट्रीटमेन्ट, कार्बन फिल्ट्रेसन, रिभर्स अस्मोसिस (आरओ) तथा मिनरल बुस्टर/पोस्ट-कार्बन फिल्ट्रेसनसहितको बहुस्तरीय शुद्धीकरण प्रणाली ...

केन्द्रबिन्दु
एन प्याब्सन निलम्बनमा
ताजा खबरJust now

एन प्याब्सन निलम्बनमा

सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ । ...

हाम्राकुरा
गुगलको सेयर मूल्यमा ऐतिहासिक गिरावट, गुम्यो ५०० अर्ब अमेरिकी डलर
ताजा खबरJust now

गुगलको सेयर मूल्यमा ऐतिहासिक गिरावट, गुम्यो ५०० अर्ब अमेरिकी डलर

काठमाडौं– अमेरिकी प्रविधि कम्पनी गुगलको मातृ कम्पनी अल्फाबेटको सेयर मूल्यमा ऐतिहासिक गिरावट आएको छ । कम्पनीको सेयर मूल्य एकै दिन १३ प्रतिशतले घटेर बन्द भएको हो । सन् २००४ मा सेयर बजारमा सूचीकृत भएयता अल्फाबेटको यो एक दिनको सबैभन्दा ठूलो गिरावट हो । यससँगै कम्पनीको बजार मूल्य करिब ५०० अर्ब अमेरिकी डलर घटेको छ । कम्पनीले सार्वजनिक गरेको त्रैमासिक वित्तीय विवरणमा निःशुल्क ...

विश्वखबर
कांग्रेस इतरले महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने
ताजा खबरJust now

कांग्रेस इतरले महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अमृत कार्कीका अनुसार महाधिवेशनका लागि काठमाडौंका तीन स्थान तय गरिएको छ । महाधिवेशन खुलामञ्चमा हुनेछ भने सहभागीहरूका लागि भृकुटीमण्डपको बगैँचा क्षेत्रमा खानाको व्यवस्था गरिनेछ । त्यस्तै, मतदान राष्ट्रियसभा गृहमा हुनेछ । आगामी मंसिर २१ देखि २३ […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play