Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Business/जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन खाद्य प्रविधि विभागको आग्रह

जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन खाद्य प्रविधि विभागको आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन खाद्य प्रविधि विभागको आग्रह

काठमाडौं, कात्तिक १२ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका, गर्भवती, सुत्केरी तथा मधुमेहलगायतका रोग भएका व्यक्तिलाई इनर्जी ड्रिङ्क्स नपिउन आग्रह गरेको छ। विभागले स्वस्थ वयस्कलाई समेत यस्ता पेय पदार्थ सेवन गर्दा सावधानी अपनाउन सुझाव दिएको छ। विभागका अनुसार नेपालमा हाल १७ वटा उद्योगले सम्बन्धित निकायबाट अनुमति लिएर इनर्जी ड्रिङ्क्स उत्पादन तथा बिक्रीवितरण गरिरहेका छन्। उत्पादनको लेबल र प्रयोगशाला विश्लेषण प्रतिवेदनअनुसार नेपालमा उत्पादित इनर्जी ड्रिङ्क्सको प्रतिक्यानमा १०० मिलिग्राम क्याफिन रहेको छ। क्याफिन कफी, चिया, चकलेट तथा विभिन्न इनर्जी ड्रिङ्क्समा पाइने प्राकृतिक उत्तेजक पदार्थ हो। युरोपेली खाद्य सुरक्षा प्राधिकरण र अमेरिकी खाद्य तथा औषधि प्रशासनलगायतका संस्थाले स्वस्थ वयस्कका लागि सबै खाद्य तथा पेय पदार्थबाट प्राप्त हुने कुल क्याफिनको मात्रा दैनिक ४०० मिलिग्रामसम्म हुन सक्ने वैज्ञानिक आधार प्रस्तुत गरेका छन्। नेपालमा उत्पादित इनर्जी ड्रिङ्क्समा रहेको क्याफिनको मात्रा उक्त दैनिक सीमाको २५ प्रतिशत रहेको विभागले जनाएको छ। यद्यपि, अन्य स्रोतबाट समेत क्याफिन सेवन हुने भएकाले यसको कुल मात्रा ख्याल गर्नुपर्ने हुन्छ। विभागले इनर्जी ड्रिङ्क्सलाई पानी, जुस, दूध र मोहीजस्ता पौष्टिक पेय पदार्थको विकल्पका रूपमा प्रयोग नगर्न आग्रह गरेको छ। साथै, अन्य पेय पदार्थमा मिसाएर इनर्जी ड्रिङ्क्स नपिउन पनि सुझाव दिएको छ। त्यस्तै, उत्पादक तथा विक्रेतालाई प्रचलित कानुनअनुसार आवश्यक अनुमति लिएर मात्रै विज्ञापन तथा प्रचारप्रसार गर्न विभागले आग्रह गरेको छ। उत्पादनको लेबलमा उल्लेख गरिएका चेतावनी तथा सुरक्षित उपभोगसम्बन्धी जानकारी उपभोक्तासमक्ष स्पष्ट रूपमा पुर्‍याउन पनि निर्देशन दिइएको छ। खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्ने कार्यलाई प्राथमिकतामा राख्दै विभागले वैज्ञानिक तथ्य र अन्तर्राष्ट्रिय मापदण्डका आधारमा खाद्य पदार्थको गुणस्तरसम्बन्धी जानकारी सम्प्रेषण गर्न सरोकारवालालाई अनुरोध गरेको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत कार्य गर्ने व्यवसायीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

स्पेनमा भयानक रेल दुर्घटनामा ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा
अर्थतन्त्रJust now

स्पेनमा भयानक रेल दुर्घटनामा ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो ...

अर्थडबली
बैंकिङ प्रणालीबाट १५० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
अर्थतन्त्रJust now

बैंकिङ प्रणालीबाट १५० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज १५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट ८ दिनका लागि उक्त रकम खिच्न लागेको हो । यसका लागि आज कात्तिक १२ गते अपराह्न ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुनेछ । […] ...

लोकपथ
लक्ष्मी सनराइज बैंकले गत बर्षको मुनाफाबाट लाभांश वितरण गर्ने
अर्थतन्त्रJust now

लक्ष्मी सनराइज बैंकले गत बर्षको मुनाफाबाट लाभांश वितरण गर्ने

काठमाडौँ / लक्ष्मी सनराइज बैंक लिमिटेडका शेयरधनीहरूले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश पाउने भएका छन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई वितरण गर्ने ...

अर्थडबली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play