Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै

छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै

काठमाडौं । शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब ६ हजार शिक्षकको उजुरीको पुनरावलोकनको नतिजा प्रकाशनलाई तीव्रता दिएको छ । आयोगका प्रवक्ता परशुराम तिवारीका अनुसार बढुवा सिफारिस समितिको सचिवालयबाट गरिएको निर्णयअनुसार ७५ प्रतिशत कार्यसम्पादन मूल्यांकनका आधारमा हुने बढुवाको योग्यताक्रम सूची धमाधम प्रकाशन गरिएको हो । ‘शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८’ (संशोधनसहित) को परिच्छेद १५ अन्तर्गत व्यवस्था भएबमोजिम आयोगले प्राप्त कागजात र प्रमाणहरुको अध्ययन गरी सम्बन्धित जिल्ला तथा तहका शिक्षकको बढुवा नतिजा कायम गर्ने गरी नतिजा प्रकाशन थालेको आयोगले जनाएको छ । विभिन्न प्रदेशका शिक्षा हेर्ने मन्त्रालय मातहतको शिक्षा विकास निर्देशनालयबाट भएका कार्यसम्पादन मूल्यांकनमाथि परेका उजुरीमाथिको अध्ययन/छानबिनबाट पुनरावलोकनको नतिजा प्रकाशन गर्दै आएकामा पछिल्लो छ महिना आयोगका पदाधिकारी रिक्त रहेका कारण पुनरावलोकन कार्य रोकिएको थियो । आयोगले यही कात्तिकमा माध्यमिक द्वितीय तहको इलाम, सुनसरी, झापा, सोलुखुम्बु तथा गत असोज २९ गते प्राथमिक द्वितीयको लमजुङ, बाग्लुङ, गोरखा, नवलपरासी बर्दघाट सुस्ता पूर्व र कास्कीको पुनरावलोकन नतिजा प्रकाशन गरेको छ । नेपाल सरकारले गत भदौ २५ गते आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्सालसहित पदाधिकारी नियुक्त गरेको थियो । गत वैशाख १८ गते जारी भएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ बाट आयोगका पदाधिकारी रिक्त भएका थिए । The post छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

माओलाई ‘तानाशाह’ भनेका एमबाप्पेले मागे माफी
ताजा खबरJust now

माओलाई ‘तानाशाह’ भनेका एमबाप्पेले मागे माफी

काठमाडाैँ । चीनका संस्थापक नेता माओत्सेतुङलाई ‘तानाशाह’ भनेको टिप्पणीप्रति फुटबल स्टार किलियन एमबाप्पेले माफी मागेका छन्। उनको टिप्पणीपछि चीनका तीन कम्पनीले व्यावसायिक सम्झौता अन्त्य गर्ने घोषणा गरेका छन् भने चिनियाँ... ...

रातोपाटी
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
ताजा खबरJust now

परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

काठमाडौं।परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रंन्स्वाज पुइगिन्जाले शिष्टाचार भेट गरेकी छन्। मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा मन्त्री खनालले राजदूत पुइगिन्जालाई नियुक्तिका लागि बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेको मन्त्रालयले जनाएको छ। भेटवार्तामा नेपाल–फ्रान्सबीच आपसी हितका विभिन्न विषयमा छलफल भएको थियो। सो अवसरमा हवाई सेवा, जलवायु परिवर्तन, वैज्ञानिक अनुसन्धान तथा बहुपक्षीय सहकार्यलगायतका क्षेत्रमा दुई देशबीच सहयोग अभिवृद्धि गर्ने ...

नेपालन्युज
गत फागुन २१ मा भएको निर्वाचन प्रतिगमनको योजनाबद्ध श्रृंखला: ओली
ताजा खबरJust now

गत फागुन २१ मा भएको निर्वाचन प्रतिगमनको योजनाबद्ध श्रृंखला: ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष फागुन २१ मा भएको निर्वाचन चुनाव नभई प्रतिगमनको योजनाबद्ध दोस्रो श्रृंखला भएको आरोप लगाएका छन्। पार्टीको केन्द्रीय सदस्यमा मनोनीत तीनजना सदस्यहरुलाई आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले देशमा अहिले कोही पनि बोल्नै नसक्ने गरी राज्य आतंक सिर्जन... ...

नेपालखबर
स्याङ्जामा फस्टाउँदै फूलखेती
ताजा खबरJust now

स्याङ्जामा फस्टाउँदै फूलखेती

वालिङ (स्याङ्जा), कात्तिक ११ गते । पछिल्लो समय स्याङ्जामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या बढदै गएको छ ।कुनै बेला घरायसी प्रयोजनका लागि मात्रै निर्वाहमुखी फूल उत्पादन हुने... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play