छ महिनामा सर्पदंशबाट ११० जनाको मृत्यु

काठमाडौं। चालु आर्थिक वर्षको वैशाख १ गतेदेखि कार्तिक ३ गतेसम्मको अवधिमा देशभर भएका विपद्का घटनामा ठूलो मानवीय क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा ७ हजार ४ सय ३९ वटा विपद्का घटनामा ३ सय ८६ जनाको मृत्यु भएको छ। भोटेकोसी बाढीको घटना भने यो तथ्यांकमा समावेश छैन। प्राकृतिक तथा गैरप्राकृतिक विपद्मध्ये सबैभन्दा धेरै मानवीय क्षति सर्पदंशबाट भएको छ। उक्त अवधिमा १ हजार ६ सय २२ वटा सर्पदंशका घटना दर्ता भएका छन्, जसमा १ सय १० जनाको मृत्यु भएको छ भने १ हजार ५ सय २५ जना घाइते भएका छन्। विपद्का कुल घाइते २ हजार ४ सय ३३ जनामध्ये ६२ प्रतिशतभन्दा बढी सर्पदंशका कारण घाइते भएका हुन्। बाढी र पहिरोका ४ सय ६० घटनामा ४१ जनाको मृत्यु भएको छ भने ११ जना अझै बेपत्ता छन्। चट्याङका ३ सय ३३ घटनामा ३६ जनाको ज्यान गएको छ भने २ सय ४ जना घाइते भएका छन्। यसबाहेक, १ हजार ५ सय ७ स्थानमा भएका आगलागीमा २९ जनाको मृत्यु भएको छ। हिमाली भेगमा लेक लाग्ने ७२ घटनामा २६ जनाले ज्यान गुमाएका छन्। मानव-वन्यजन्तु द्वन्द्वका ३ सय ९८ घटनामा २१ जनाको मृत्यु र २ सय ४१ जना घाइते भएका छन्। साथै, हिउँ पहिरोमा १९ जना, हावाहुरीमा १६ जना र भारी वर्षाका कारण ७ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मात्रै १ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। प्राधिकरणले हिउँद नजिकिँदै गर्दा आगलागी र चिसोबाट बच्न सतर्क रहन सर्वसाधारणलाई अनुरोध गरेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News
![[अर्काइभ] ‘पासाङ ल्हामु दिदीले सपनामै सगरमाथा चढ्न बोलाएकी थिइन्’](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/lakpa-s-20102026072946-watermarked.jpg)
[अर्काइभ] ‘पासाङ ल्हामु दिदीले सपनामै सगरमाथा चढ्न बोलाएकी थिइन्’
पासाङ ल्हामु शेर्पाबाट प्रेरित ल्हाक्पा शेर्पा सगरमाथा चढ्ने दोस्रो नेपाली महिला बनिन् । उनले आफ्नै कीर्तिमान तोड्दै ११ पटक सगरमाथाको सफल आरोहण गरिसकेकी छन् । ...

परिवारसँग दसैंको खाना नखाएको वर्षौं भयो
परदेशी भूमिमा गमिरहेछु- पहिले सामान्य लाग्ने पारिवारिक भेटघाट, आमाको हातले पकाएको खाना, बुबासँग बसेर गरिने कुराकानी र घरआँगनमा सुनिने हाँसोको मूल्य टाढा पुगेपछि मात्र गहिरोसँग महसुस हुँदो रहेछ। ...

अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम बढ्दै, एक करोड ९२ लाख प्रभावित हुने अनुमान
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले आगामी हिउँदमा अफगानिस्तानमा एक करोड ९२ लाख मानिसले चरम खाद्य असुरक्षाको सामना गर्नुपर्ने चेतावनी दिएको छ । तीमध्ये करिब ५० लाख मानिस भोकमरीको आपत्कालीन अवस्थामा पुग्न... ...

कसरी मनाउँछन् अमेरिकामा रहेका नेपालीले दसैं ?
न्युयोर्कलगायतका स्थानमा रहेका नेपाली दसैंको तयारीमा जुटेका छन् । नेपाली ग्रोसरी स्टोर तथा पसलमा दसैंका सामान किन्नेहरूको चहलपहल बढेको छ । ...


