Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

छठ पूजामा कुन नेता कहाँ  सहभागी भए ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
छठ पूजामा कुन नेता कहाँ  सहभागी भए ?
Photo / Coverage: नेपालन्युज

जनकपुरधाम। स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा यसपटकको छठ पर्व मनाउन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू मधेस झरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेदेखि नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङ र सभामुख डीपी अर्यालसम्म छठ पर्वमा सहभागी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पत्नी निकिता पौडेलसँगै जनकपुरधाममा छठ पर्व मनाएका छन्। उनले जनकपुरधामको शिवचोकस्थित नरेश साहको घरमा बसेर विधिविधानअनुसार छठ पर्व मनाएका हुन्। लामिछाने अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन धोतीकुर्तामा सजिएर छठ घाट पुगेका थिए। अर्घ्यका सामग्री बोकेर घाटसम्म पुगेका उनले छठ पर्वको समापनपछि प्रसाद ग्रहण गरेका थिए। छठ पूजामा सहभागी हुन पाउँदा निकै हर्षित भएको उनले बताएका छन्। सामाजिक सञ्जालमा शुभकामना दिँदै उनले लेखेका छन्, ‘महापर्व छठको क्रममा जनकपुरधाम आउँदा यस क्षेत्रका धार्मिक महत्व बोकेका विभिन्न ऐतिहासिक स्थलहरूमा पनि पुग्ने अवसर पाइयो। यसबाट जीवनकै एक विशेष आध्यात्मिक, सांस्कृतिक तथा सामाजिक अभ्यासको अनुभूति भइरहेको छ।’ लामिछानेले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि जनकपुरधामका विभिन्न पोखरीमा पुगेर पनि छठ पूजामा सहभागिता जनाएका थिए। त्यसैगरी, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही पुगेर छठ पर्व मनाएका छन्। थापा छठ पूजाका सामग्री बोकेर सर्लाहीको धनकौल गाउँपालिका–२ स्थित धनकौल गाउँको छठ घाट पुगेका थिए। उनले टाउकोमा छठ पूजाका सामग्री राखिएको डालो बोकेर घाटसम्म पुग्दै पूजामा सहभागिता जनाएका हुन्। थापाले छठको शुभकामना दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘वैदिक परम्परामा प्रकाश, ऊर्जा र नवजीवनकी प्रतीक उषा देवीको आराधना तथा सूर्य उपासनाको यही प्राचीन आध्यात्मिक भाव आजको छठ पर्वमा पनि प्रतिबिम्बित हुन्छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै सूर्यदेव र छठी मैयाको आराधना गरिने यो पर्वले हामीलाई प्रकृतिप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता र अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने प्रेरणा दिन्छ।’ त्यस्तै, उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङले सिरहामा छठ पर्व मनाएका छन्। घिसिङले पत्नीका साथ सिरहाको लहानस्थित खुट्टीखोला घाटमा छठ पर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन्। छठको शुभकामना दिँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रकृतिप्रतिको सम्मान, श्रमको महत्व र सामाजिक सद्भाव यस पर्वका सुन्दर सन्देश हुन्। मधेसको माटो, संस्कृति र मेहनत हाम्रो साझा सम्पत्ति हो। मधेसको विकासमै नेपालको समृद्धि जोडिएको छ।’ यसैगरी, सभामुख डीपी अर्याल पनि वीरगन्जमा छठ पूजामा सहभागी भएका थिए। उनले वीरगन्जस्थित प्रसिद्ध घडिअर्वा पोखरीमा छठ पूजा गरेका हुन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जनकपुरबाट अमरेशको मेची–महाकाली यात्रा, रविले गरे उद्घाटन
Latest NewsJust now

जनकपुरबाट अमरेशको मेची–महाकाली यात्रा, रविले गरे उद्घाटन

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्रा सुरु गरेका छन्। सोमबार बिहान जनकपुरस्थित जानकी मन्दिरमा आयोजित कार्यक्रमबीच रास्वपा सभापति रवि लामिछानेले पदयात्राको उद्घाटन गरेका हुन्। छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुर पुगेका लामिछानेले अमरेशको पदयात्रा उद्घाटन गरेका हुन्। ...

नेपालन्युज
पहिलो त्रैमासमा ४२ अर्ब ३२ करोड वैदेशिक सहायता प्राप्ति
Latest NewsJust now

पहिलो त्रैमासमा ४२ अर्ब ३२ करोड वैदेशिक सहायता प्राप्ति

काठमाडाैँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालले ४२ अर्ब ३२ करोड ५४ लाख रूपैयाँभन्दा बढी वैदेशिक सहायता प्राप्त गरेको छ । अर्थमन्त्रालयलयका अनुसार वैदेशिक ऋण तथा अनुदान गरी असोज मसान्तसम्म उक्त रकम प्राप्त भएको हो । असोज मसान्तसम्मको विवरणअनुसार वैदेशिक ऋणतर्फ ३४ अर्ब ३४ करोड २ लाख रूपैयाँभन्दा बढी प्राप्त भएको छ । यस शिर्षकमा सरकारले वार्षिक ...

टक्सार
झापामा मृत भेटिएका यशुको शव परिवारले बुझे, मोबाइल परीक्षण गरिँदै
Latest NewsJust now

झापामा मृत भेटिएका यशुको शव परिवारले बुझे, मोबाइल परीक्षण गरिँदै

काठमाडौं । झापामा मृत भेटिएका ४३ वर्षीय यशु खतिवडा भनेर चिनिने योगेन्द्र खतिवडाको शव परिवारले बुझेका छन् । आइतबार कनकाई नगरपालिका वडा नम्बर–३ स्थित आफ्नै घरको दोस्रो तलामा उनी झुन्डिएको अवस्थामा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play