काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन शनिबार जनकपुरधाम प्रस्थान गरेका छन् । उनी पत्नी निकिता पौडेलसहित जनकपुर गएका हुन् । लामिछाने दम्पतीले जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको गंगासागर पोखरीमा विधिपूर्वक छठ पर्व मनाउने कार्यक्रम रहेको छ। छठ पर्वको अवसरमा आइतबार गंगासागरमा आयोजना हुने पूजाअर्चना तथा धार्मिक अनुष्ठानमा उनी सहभागी हुनेछन् । सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि उनी काठमाडौं फर्किने कार्यक्रम रहेको छ। The post छठ पर्व मनाउन रास्वपा सभापति रवि लामिछाने जनकपुर प्रस्थान appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
छठ पर्व मनाउन रास्वपा सभापति रवि लामिछाने जनकपुर प्रस्थान

Read Complete Original Article
Published originally on कर्पोरट खबर






