काठमाडौं, कात्तिक २९ । छठ पर्वको अवसरमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा आराधना गरिएको छ। काठमाडौं उपत्यकासहित तराई–मधेसका विभिन्न जिल्लाका घाट, नदी तथा तलाउमा व्रतालु र श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति रहेको थियो। छठ पर्वको मुख्य दिन आइतबार व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी विधिपूर्वक पूजा आराधना गरेका हुन्। यसै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल पनि काठमाडौंको गौरीघाट पुगेर छठी माताको पूजा आराधना गर्नुभएको छ। रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ लगायतका नेताहरूले मधेस झरेर पूजा गर्नु भएको छ । सूर्यदेव र छठी माताको उपासना गरी मनाइने यस पर्वको सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् समापन हुनेछ। चार दिनसम्म मनाइने छठ पर्वमा सूर्यलाई अर्घ्य अर्पण गर्दै परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्ने धार्मिक परम्परा छ।
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर गरियो पूजा आराधना

Read Complete Original Article
Published originally on जनताटाइम्स






