Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

छठ पर्वको तयारी अन्तिम चरणमा, गौरीघाटमा ६०० पूजास्थल व्यवस्थापन हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
छठ पर्वको तयारी अन्तिम चरणमा, गौरीघाटमा ६०० पूजास्थल व्यवस्थापन हुँदै
Photo / Coverage: पर्दाफास

छठ पर्व नजिकिएसँगै काठमाडौं उपत्यकाका नदी किनार, तलाउ तथा जलाशयमा तयारी तीव्र पारिएको छ । काठमाडौंका विभिन्न स्थानमा छठ घाट निर्माण, सरसफाइ, सजावट तथा व्यवस्थापनको काम भइरहेको छ । काठमाडौंको गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदी किनार, टेकु र वंशीघाटलगायत स्थानमा छठ पर्व मनाउने तयारी गरिएको छ । छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गर्ने परम्परा छ । चार दिनसम्म विभिन्न विधि र धार्मिक आस्थाका साथ मनाइने यस पर्वमा व्रतालुहरू नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर सूर्यको उपासना गर्छन् । गौरीघाटस्थित छठ पूजा व्यवस्थापन समितिका पूर्वसचिव तथा सल्लाहकार नवलकिशोर यादवका अनुसार गौरीघाटमा गुह्येश्वरी घाटसम्म करिब ६०० पूजास्थल व्यवस्थापन गरिँदै छ । घाटमा सरसफाइ, टेन्ट, बत्ती तथा अन्य पूर्वाधार निर्माणको काम भइरहेको उनले बताए । यस वर्ष पनि एउटा पूजास्थलका लागि १ हजार ५०० रुपैयाँ शुल्क निर्धारण गरिएको यादवले जानकारी दिए । आर्थिक अवस्था कमजोर भएका र शुल्क तिर्न नसक्ने व्रतालुलाई निःशुल्क पूजास्थल उपलब्ध गराउने व्यवस्था पनि गरिएको उनले बताए । यादवले छठ पर्वमा जातजाति, धर्म र समुदायबीचको विभेद नरहने बताउँदै यसलाई सामाजिक सद्भाव र एकताको पर्वका रूपमा व्याख्या गरे । उनका अनुसार एउटै जलाशयमा सबै जातजाति र धर्मावलम्बीले एकै ठाउँमा बसेर पूजा गर्ने भएकाले छठ सामाजिक समावेशिताको उदाहरणसमेत हो । ‘पहिले छठलाई मिथिला र मधेसमा मनाइने पर्वका रूपमा बुझिन्थ्यो । अहिले सबै जातजाति र धर्मावलम्बीले मिलेर मनाउने साझा पर्व बनेको छ । एउटै जलाशयमा सबैले सँगै बसेर पूजा गर्छन् । यहाँ जात, धर्म, धनी र गरिबबीच कुनै विभेद हुँदैन,’ उनले भने । उनले छठ प्रकृति र मानव जीवनसँग जोडिएको पर्व भएको बताए । छठमा सूर्य, पानी, माटो, हावा र प्रकृतिको पूजा गरिने उल्लेख गर्दै नयाँ अन्न, फलफूल, उखु तथा माटाका भाँडालाई प्रसादका रूपमा प्रयोग गरिने उनले बताए । यादवका अनुसार गौरीघाटमा छठ पूजाको व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोष, बागमती सभ्यता एकीकृत विकास समिति तथा विभिन्न संघसंस्थासँग समन्वय भइरहेको छ । घाटमा टेन्ट, बत्ती र पुल निर्माणको काम भइरहेको छ भने सुरक्षाका विषयमा समेत छलफल गरिएको छ । उनले कात्तिक २८ गते बेलुकासम्म सरसफाइ, बत्ती जडान र पूजास्थलको सम्पूर्ण तयारी पूरा गर्ने लक्ष्य रहेको बताए । यादवले छठका अवसरमा मात्रै नभई वर्षभरि नै बागमती नदी किनारको सरसफाइ र सौन्दर्यकरण हुनुपर्ने आवश्यकता औँल्याए । पर्वका बेला नदी किनार सफा गरिए पनि नियमित सरसफाइको व्यवस्था नहुँदा फोहोर व्यवस्थापन चुनौतीपूर्ण रहेको उनको भनाइ छ । उनले भने,‘वर्षमा एकपटक छठ आउँदा मात्रै झिलिमिली बत्ती बालेर हुँदैन । यहाँ दिनहुँ सरसफाइ गर्ने टोली हुनुपर्छ । नदी किनारको नियमित सौन्दर्यकरण हुनुपर्छ,’ उनले भने, ‘अहिले पनि पूजापछि फूल, फलफूल र प्लास्टिक फाल्ने समस्या छ । यसलाई पूर्ण रूपमा रोक्न सकेका छैनौँ ।’ उनले छठका बेला सुरक्षालाई पनि विशेष प्राथमिकता दिइएको बताए । विभिन्न संघसंस्थासँगको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको उल्लेख गर्दै अहिलेसम्म कुनै अप्रिय घटना नभएको उनले जानकारी दिए । छठ पर्वमा पूजा गर्न आर्थिक अवस्था कमजोर भएका व्रतालुलाई निःशुल्क पूजास्थल उपलब्ध गराउने गरिएको पनि यादवले बताए । ‘पूजा गर्न कसैलाई पनि पैसाकै कारण वञ्चित गराउँदैनौँ । १ हजार ५०० रुपैयाँ तिर्न नसक्नेले पनि यहाँ पूजा गर्न पाउँछन्,’ उनले भने । छठ पर्वमा कात्तिक शुक्ल चतुर्थीदेखि व्रत सुरु गरी षष्ठीका दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ भने सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व समापन हुन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
छठ पर्वलाई लक्षित गर्दै धनुषामा सुरक्षा कडा, भीआईपीको आगमनले सर्वसाधारणको पूजामा असर नपर्ने
OthersJust now

छठ पर्वलाई लक्षित गर्दै धनुषामा सुरक्षा कडा, भीआईपीको आगमनले सर्वसाधारणको पूजामा असर नपर्ने

दीपावली तथा तिहार पर्व सकिएसँगै मिथिलाञ्चलसहित देशभर छठ पर्वको तयारी तीव्र पारिएको छ । छठ पर्वलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभर सुरक्षा व्यवस्था कडा बनाएको छ । बिहीबार जनकपुरधाममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले छठ पर्वका अवसरमा नदी, पोखरी तथा घाटहरूमा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई संयुक्त रूपमा परिचालन ...

पर्दाफास
भीमफेदी दुर्घटनाका थप तीन मृतकको पहिचान खुल्यो
OthersJust now

भीमफेदी दुर्घटनाका थप तीन मृतकको पहिचान खुल्यो

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा आज बिहान भएको ईभी गाडी दुर्घटनाका थप तीन जना मृतकको पहिचान भएको छ । दुर्घटना स्थलमा खोजी गर्दा सर्लाहीको शुक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका ३५ वर्षीय राकेश यादव, २८ वर्षीय छोटु राय र अन्दाजी १७ वर्षका सुधेश यादव मृत भेटिएको प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।… ...

अनलाइन खबर
छठ पर्वले पर्यावरण संरक्षणदेखि सामाजिक समानतासम्मको सन्देश दिन्छ : मनिष झा
OthersJust now

छठ पर्वले पर्यावरण संरक्षणदेखि सामाजिक समानतासम्मको सन्देश दिन्छ : मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले छठ पर्वले पर्यावरण संरक्षणदेखि सामाजिक समानतासम्मको पाँच वटा महत्वपुर्ण सन्देश दिने बताएका छन् । छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। छठ पर्वले पर्यावरण संरक्षण, कृषि उत्पादनको प्रवर्द्धन, सामाजिक समानता, अनुशासन र पारिवारिक एकताको सन्देश दिने उनले बताए । उनका अनुसार छठ पर्वको पहिलो सन्देश पर्यावरण संरक्षण हो । पर्वका क्रममा पोखरी, जलाशय ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play