Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

छठ पर्वअन्तर्गत आज खरना, बजारमा सामग्री किन्नेको घुइँचो (फोटो फिचर)

Share:WhatsAppFacebookX (Twitter)Telegram
छठ पर्वअन्तर्गत आज खरना, बजारमा सामग्री किन्नेको घुइँचो (फोटो फिचर)
Photo / Coverage: नेपालन्युज

जनकपुरधाम। लोकआस्थाको महापर्व छठअन्तर्गत आज खरना विधि गरिँदै छ । यस अवसरमा व्रतालुहरू दिनभरि उपवास बसेर साँझ चन्द्रमाको दर्शनपछि खरना पूजा गर्ने गर्छन् । खरनाका दिन माटोको नयाँ चुलोमा माटोकै नयाँ भाँडो प्रयोग गरी सख्खर, दूध र गम्हरीको चामलबाट खीर पकाइन्छ । गम्हरीको चामल उपलब्ध नभए धानको चामल प्रयोग गरिन्छ । साँझ खीरलाई नैवेद्यका रूपमा छठीमातालाई अर्पण गरेपछि व्रतालुहरूले प्रसाद ग्रहण गर्छन् । नैवेद्य चढाउने क्रममा अर्घदान गरिने स्थानअनुसार केराको पातमा खीर, दूध, केरा, मूला, पान र सुपारीलगायत सामग्री राखेर छठीमातालाई अर्पण गरिन्छ । नैवेद्य चढाइसकेपछि व्रतालु र परिवारका सदस्यले प्रसाद ग्रहण गर्ने परम्परा छ । छठ पर्व नजिकिएसँगै जनकपुरधामसहित तराई–मधेशका विभिन्न बजारमा किनमेल गर्नेहरूको घुइँचो लागेको छ । पर्वका लागि आवश्यक पूजा सामग्री खरिद गर्न बजारमा सर्वसाधारणको भीड बढेको हो । छठ पूजामा प्रयोग हुने डोम समुदायले बनाएका ढाकी, नाङ्लो, कोनियाँ र डगरीका साथै उखु, केरा, बेसार, अदुवा, निम्बु, मूला, नरिवल, पान, सुपारी तथा विभिन्न फलफूल किन्नेको चहलपहल बढेको छ । त्यस्तै, माटोका हात्ती, ढकनी, घैँला, नयाँ व्रतालुका लागि नयाँ कपडा र घाट सजाउन आवश्यक सामग्रीको पनि माग बढेको छ । विशेषगरी किराना बजारमा किनमेल गर्नेहरूको भीड देखिएको छ । कृषिमा आधारित पर्वका रूपमा समेत चिनिने छठमा केरा, उखु र अदुवालगायत कृषि उपजको विशेष महत्त्व रहेकाले ती सामग्री खरिद गर्न बजारमा उपभोक्ताको चाप बढेको छ । सबै तस्बिर: वीरेन्द्र रमण

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मिथिलाञ्चलमा सामाचकेवा पर्व सुरु
Latest NewsJust now

मिथिलाञ्चलमा सामाचकेवा पर्व सुरु

जनकपुरधाम । दाजुभाइ र दिदीबहिनी बिचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीक मानिने सामाचकेवा पर्व मिथिलाञ्चलमा सुरु भएको छ । कार्तिक शुक्ल पञ्चमीमा सुरु भई १० दिनसम्म मनाइने यस पर्वको एघारौँ... ...

रातोपाटी
दसैं–तिहारको रौनकपछि सुरु भयो मेला–जात्राको रौनक
Latest NewsJust now

दसैं–तिहारको रौनकपछि सुरु भयो मेला–जात्राको रौनक

धार्मिक आस्था, परम्परा र सामाजिक सद्भावसँग जोडिएका यी जात्रा आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने अवसरसमेत बन्ने गरेका छन् । ...

कान्तिपुर
गोरखाको ठाडो भर्‍याङमा ठूलो सुक्खा पहिरो
Latest NewsJust now

गोरखाको ठाडो भर्‍याङमा ठूलो सुक्खा पहिरो

काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्‍याङको जंगल क्षेत्रमा ठूलो सुक्खा पहिरो गएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार पहिरो खसेको स्थान फराकिलो पाखा क्षेत्रमा रहेकाले पहिरोबाट कुनै मानवीय क्षति भएको छैन । बूढीगण्डकी नदी थुनिने अवस्था पनि छैन । हाल पहिरो खसेको ठाउँमा प्रहरीको टोली परिचालन भएको छ । ...

केन्द्रबिन्दु
तीन निर्माण कम्पनी दुई वर्षका लागि कालोसूचीमा
Latest NewsJust now

तीन निर्माण कम्पनी दुई वर्षका लागि कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले तीनवटा निर्माण व्यवसायी कम्पनीलाई दुई वर्षका लागि कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कात्तिक २७ गतेको निर्णयअनुसार ती कम्पनीलाई कालोसूचीमा राखेको हो। कार्यालयले शनिबार सार्वजनिक सूचना जारी गर्दै कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play