काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्याङको जंगल क्षेत्रमा ठूलो सुक्खा पहिरो गएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार पहिरो खसेको स्थान फराकिलो पाखा क्षेत्रमा रहेकाले पहिरोबाट कुनै मानवीय क्षति भएको छैन । बूढीगण्डकी नदी थुनिने अवस्था पनि छैन । हाल पहिरो खसेको ठाउँमा प्रहरीको टोली परिचालन भएको छ ।
गोरखाको ठाडो भर्याङमा ठूलो सुक्खा पहिरो

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






