Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

तीन निर्माण कम्पनी दुई वर्षका लागि कालोसूचीमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
तीन निर्माण कम्पनी दुई वर्षका लागि कालोसूचीमा
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले तीनवटा निर्माण व्यवसायी कम्पनीलाई दुई वर्षका लागि कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कात्तिक २७ गतेको निर्णयअनुसार ती कम्पनीलाई कालोसूचीमा राखेको हो। कार्यालयले शनिबार सार्वजनिक सूचना जारी गर्दै कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन नपाउने जनाएको छ। बागमती गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय मकवानपुरको सिफारिसमा नेसनल कन्स्ट्रक्सनलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ। काभ्रेपलाञ्चोकको रोशी–६ ठेगाना रहेको उक्त कम्पनीका मुख्य व्यक्ति नबिनकुमार लामा हुन्। त्यस्तै, सडक डिभिजन कार्यालय जनकपुर, मुजेलिया धनुषाको सिफारिसमा बाम्ती भण्डार र नरसिंह जेभीलाई पनि दुई वर्षका लागि कालोसूचीमा राखिएको छ। महोत्तरीको जलेश्वर–७ ठेगाना रहेको उक्त संयुक्त उपक्रममा काठमाडौंको अनामनगर–३२ स्थित बाम्ती भण्डार प्रालि र जलेश्वर–७ स्थित नरसिंह कन्स्ट्रक्सन साझेदार रहेका छन्। कम्पनीका मुख्य व्यक्ति दिपेन्द्र झा हुन्। यसैगरी, पूर्वाधार विकास कार्यालय डडेल्धुराको सिफारिसमा नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिलाई पनि दुई वर्षका लागि कालोसूचीमा राखिएको छ। उक्त कम्पनीका मुख्य व्यक्तिहरू दिपकबहादुर सिंह र दिलराज जोशी रहेका छन्। कार्यालयले जारी गरेको सूचनाअनुसार कालोसूचीमा राखिएका कम्पनीहरूले सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी तोकिएको अवधिसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मिथिलाञ्चलमा सामाचकेवा पर्व सुरु
Latest NewsJust now

मिथिलाञ्चलमा सामाचकेवा पर्व सुरु

जनकपुरधाम । दाजुभाइ र दिदीबहिनी बिचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीक मानिने सामाचकेवा पर्व मिथिलाञ्चलमा सुरु भएको छ । कार्तिक शुक्ल पञ्चमीमा सुरु भई १० दिनसम्म मनाइने यस पर्वको एघारौँ... ...

रातोपाटी
दसैं–तिहारको रौनकपछि सुरु भयो मेला–जात्राको रौनक
Latest NewsJust now

दसैं–तिहारको रौनकपछि सुरु भयो मेला–जात्राको रौनक

धार्मिक आस्था, परम्परा र सामाजिक सद्भावसँग जोडिएका यी जात्रा आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने अवसरसमेत बन्ने गरेका छन् । ...

कान्तिपुर
गोरखाको ठाडो भर्‍याङमा ठूलो सुक्खा पहिरो
Latest NewsJust now

गोरखाको ठाडो भर्‍याङमा ठूलो सुक्खा पहिरो

काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्‍याङको जंगल क्षेत्रमा ठूलो सुक्खा पहिरो गएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार पहिरो खसेको स्थान फराकिलो पाखा क्षेत्रमा रहेकाले पहिरोबाट कुनै मानवीय क्षति भएको छैन । बूढीगण्डकी नदी थुनिने अवस्था पनि छैन । हाल पहिरो खसेको ठाउँमा प्रहरीको टोली परिचालन भएको छ । ...

केन्द्रबिन्दु
मन्त्री चौधरी र चिनियाँ समकक्षी रुनछ्युबिच छलफल, हिमाली चुनौतीमा सहकार्यको जोड
Latest NewsJust now

मन्त्री चौधरी र चिनियाँ समकक्षी रुनछ्युबिच छलफल, हिमाली चुनौतीमा सहकार्यको जोड

अन्ताल्या (टर्की) । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा नेपाल र चीनका वातावरणमन्त्रीबिच द्विपक्षीय भेटवार्ता भएको छ । टर्कीको अन्ताल्यामा कृषि, वन तथा पर्यावरणमन्त्री... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play