Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

च्याटजीपीटीमा च्याट र वर्क सुविधालाई एउटै प्रणालीमा एकीकृत गर्दै ओपनएआई

Share:WhatsAppFacebookX (Twitter)Telegram
च्याटजीपीटीमा च्याट र वर्क सुविधालाई एउटै प्रणालीमा एकीकृत गर्दै ओपनएआई
Photo / Coverage: टेक्नोलोजी खबर

ओपनएआईले च्याटजीपीटीमा च्याट र वर्क सुविधालाई एउटै प्रणालीमा एकीकृत गर्ने प्रक्रिया केही प्रयोगकर्ताका लागि सुरु गरेको छ। तर, यो एकीकरणले आफ्नो प्रयोगमा सीमा लगाउन सक्ने भन्दै केही सदस्यता लिएका प्रयोगकर्ताले असन्तुष्टि जनाएका छन्। उत्पादन प्रमुख थिबो ‘टिबो’ सोतियोक्सले मंगलबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै केही प्रो सदस्यका लागि यो अपडेट लागू गर्न थालिएको जानकारी दिएका छन्। यसअघि ओपनएआईले प्रयोगकर्तालाई पठाएको इमेलमार्फत च्याट र वर्क सुविधा एकीकृत गर्ने घोषणा गरेको थियो। ओपनएआईका प्रवक्ताले टेकक्रन्चलाई बताएअनुसार अधिकांश प्रयोगकर्ताले पहिलेभन्दा छिटो प्रयोग सीमा सकिने समस्या भोग्ने अपेक्षा गरिएको छैन। तर, सबैभन्दा धेरै प्रयोग गर्ने थोरै प्रयोगकर्ताले भने पहिलेको तुलनामा छिट्टै आफ्नो उपयोग सीमा पुग्न सक्नेछन्। हालै सामाजिक सञ्जाल र ओपनएआईको कम्युनिटी फोरममा केही च्याटजीपीटी सदस्यले यस्तै चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार च्याट र वर्क सुविधाको उपयोग सीमा एउटै बनाउँदा अहिलेको तुलनामा उन्नत तर्क क्षमता भएका एआई मोडेलमा पहुँच कम हुन सक्छ। तर, सदस्यता शुल्क भने पहिलेझैँ तिर्नुपर्नेछ। टेकक्रञ्चका अनुसार नयाँ प्रणालीमा च्याटजीपीटीका च्याट र वर्क सुविधाले एउटै उपयोग सीमा साझा गर्ने ओपनएआईका प्रवक्ताले टेकक्रन्चलाई बताएका छन्। यद्यपि, इन्स्ट्यान्ट मोडेल प्रयोग गरेर गरिने कुराकानी असीमित रहनेछन् र साझा उपयोग सीमामा गणना हुने छैनन्। प्रयोगकर्ताले आफ्नो उपयोग सीमा सकिएपछि पनि इन्स्ट्यान्ट मोडेल प्रयोग गर्न सक्नेछन्। ओपनएआईले सदस्यता योजनाबाट प्रयोगकर्ताले अझ बढी लाभ लिन सकून् भनेर सेवा सञ्चालनको दक्षता सुधार गर्ने काम जारी राख्ने प्रवक्ताले बताएका छन्। हाल थोरै प्रयोगकर्ताका लागि मात्र यो सुविधा लागू गर्न थालिएको भए पनि ओपनएआईले आफ्नो सहायता पृष्ठमा उल्लेख गरेअनुसार डिसेम्बरमा साझा उपयोग सीमा व्यापक रूपमा लागू गर्ने योजना बनाएको छ। ओपनएआईको प्रतिस्पर्धी एन्थ्रोपिकले पनि यसअघि सेप्टेम्बरमा आफ्नो संवादमा आधारित एआई सेवा क्लाउड र काममा केन्द्रित कोवर्कलाई एउटै इन्टरफेसमा ल्याएको थियो। एआई कम्पनीहरूले बढ्दो पूर्वाधार खर्च र अझ सक्षम मोडेलको मागका कारण कम्प्युटिङ स्रोत व्यवस्थापनमा दबाब सामना गरिरहेका बेला यी परिवर्तन आएका हुन्। संवाद र कामसम्बन्धी उपकरणलाई एउटै इन्टरफेसमा ल्याउँदा एआई च्याटबट प्रयोग गर्न पनि सजिलो हुन सक्छ। यसले प्रयोगकर्तालाई फरक–फरक ट्याबमा जानुपर्ने झन्झटबिना सामान्य कुराकानीदेखि जटिल कामसम्म एउटै स्थानबाट गर्न सुविधा दिनेछ। The post च्याटजीपीटीमा च्याट र वर्क सुविधालाई एउटै प्रणालीमा एकीकृत गर्दै ओपनएआई appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कृषि विकास बैंक साफा (SAFA) को ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट लगातार दोस्रो वर्ष सम्मानित
TechnologyJust now

कृषि विकास बैंक साफा (SAFA) को ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट लगातार दोस्रो वर्ष सम्मानित

१२ मंसिर, काठमाडौं। कृषि विकास बैंक साफा (SAFA) द्वारा लगातार दोस्रो बर्ष “Certificate of Merit” अवार्ड बाट सम्मानित कृषि विकास बैंक लिमिटेड लगातार दोस्रो वर्ष साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स् (SAFA) द्वारा प्रदान गरिने ‘Certificate of Merit’ अवार्डबाट सम्मानित भएको छ। आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा उत्कृष्ट वित्तीय पारदर्शिता, जवाफदेहिता र संस्थागत सुशासन प्रस्तुत गरेबापत […] The post कृषि विकास ...

आइसिटी फ्रेम
न्युयोर्क राज्यमा इन्टरनेट-सक्षम एआई च्याटबट खेलौनाहरूमा प्रतिबन्ध
TechnologyJust now

न्युयोर्क राज्यमा इन्टरनेट-सक्षम एआई च्याटबट खेलौनाहरूमा प्रतिबन्ध

अमेरिकास्थित न्युयोर्क राज्यकी गभर्नर क्याथी होचुलले राज्यभित्र इन्टरनेटमा जोडिने एआई खेलौनाहरूको उत्पादन, वितरण र बिक्रीमा ५ वर्षका लागि प्रतिबन्ध लगाउने घोषणा गरेकी छिन्। यो विधेयकमा १४ नोभेम्बर २०२६ मा हस्ताक्षर गरिएको थियो र यो ९० दिनपछि लागू हुनेछ। यसले बालबालिकासँग कुराकानी गर्न इन्टरनेटको प्रयोग गर्ने एआई च्याटबट खेलौनाहरू—जस्तै रोबोट, पुतली र जनावरका खेलौनाहरूलाई प्रतिबन्धित गर्छ। यस कानुनअन्तर्गत, न्युयोर्क राज्यभरि उत्पादक र खुद्रा विक्रेताहरूलाई ...

टेक्नोलोजी खबर
‘सिन्दुरे जात्रा’ मा मनछुने प्रेमकथा छ : सरल स्वभाव र जीवन्त अभिनयले नेपाली सिनेमामा नयाँ स्वाद दिएका विजय बराल
TechnologyJust now

‘सिन्दुरे जात्रा’ मा मनछुने प्रेमकथा छ : सरल स्वभाव र जीवन्त अभिनयले नेपाली सिनेमामा नयाँ स्वाद दिएका विजय बराल

१२ मंसिर, काठमाडौं। रङ्गमञ्चको सङ्घर्षदेखि ‘पूर्णबहादुरको सारङ्गी’ र ‘सिन्दुरे जात्रा’ सम्म : अभिनेता विजय बरालको प्रेरक कला यात्रा सर्लाहीको लालबन्दीमा शिक्षकको नक्कल गर्दै रङ्गमञ्च र ‘कबड्डी’ को बिके हुँदै ‘पूर्णबहादुरको सारङ्गी’ बाट ऐतिहासिक सफलता चुमेका अभिनेता विजय बरालको कला यात्रा निकै प्रेरक छ। आगामी मङ्सिर १८ गते प्रदर्शन हुन लागेको पिरियड ड्रामा फिल्म ‘सिन्दुरे जात्रा’ मा […] The post ‘सिन्दुरे जात्रा’ ...

आइसिटी फ्रेम
नेपालमा आइआइटी स्थापना : भारतीय गुणस्तर, सहुलियत शुल्क र स्वायत्त सञ्चालनको चुनौती
TechnologyJust now

नेपालमा आइआइटी स्थापना : भारतीय गुणस्तर, सहुलियत शुल्क र स्वायत्त सञ्चालनको चुनौती

१२ मंसिर, काठमाडौं। नेपालमा आइआइटी : भारतीय गुणस्तर, नेपाली आवश्यकता र स्वायत्त सञ्चालनको चुनौती भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) को शाखा नेपालमा स्थापना गर्ने तयारीसँगै प्रस्तावित संस्थाको सञ्चालन मोडालिटी, शैक्षिक गुणस्तर, शुल्क र नेपालीको सहभागिताबारे बहस सुरु भएको छ । इन्जिनियरिङ क्षेत्रका विज्ञहरूले आइआइटी स्थापना गर्दा नेपाली विज्ञ तथा प्राध्यापकको सहभागिता, संस्थाको स्वायत्तता र नेपालको […] The post नेपालमा आइआइटी ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement